Page:Shakuntala.pdf/22: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
डराएका उँँचा सुरपति चिहाई तलतिर । | डराएका उँँचा सुरपति चिहाई तलतिर । | ||
:: | ::झुकी सोच्छन् “केले अब म तप भाँडूँ नि प्रखर ! | ||
बढी आई लिन्छन् सुरभवन-साम्राज्य सहज । | बढी आई लिन्छन् सुरभवन-साम्राज्य सहज । | ||
::उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥ | ::उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥ | ||
{{pcn|(४१)}} | {{pcn|(४१)}} | ||
थिए | थिए काला ठूला असर बलिया नित्य झगडे । | ||
:: | ::असत्का जिद्दीमा कुलिशअघि सत्ले सब लडे॥ | ||
न | न बज्नै मान्ने भो यिनसँग त लड्नाकन अब । | ||
::त्यसै काँप्छन् मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥ | ::त्यसै काँप्छन् मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥ | ||
{{pcn|(४२)}} | {{pcn|(४२)}} | ||
Line 15: | Line 15: | ||
छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। - | छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। - | ||
::यहाँ क्वै जित्दैनन् प्रबल तपलाई असिबल ॥ | ::यहाँ क्वै जित्दैनन् प्रबल तपलाई असिबल ॥ | ||
प्रहारीको | प्रहारीको आफैँ थरहर भई काँप्दछ कर । | ||
::अहो | ::अहो धर्माऽऽपत्ति प्रभु ! अब लिनोस् हाल-खबर ॥” | ||
{{pcn|(४३)}} | {{pcn|(४३)}} | ||
लिई आई प्याला मधुर मदवाला जब परी । | लिई आई प्याला मधुर मदवाला जब परी । | ||
::सुनौला प्यालामा अमृतरस | ::सुनौला प्यालामा अमृतरस सेतो सब भरी ॥ | ||
बनी लाली झुक्दी कर अघि दिई माणिक खुली । | बनी लाली झुक्दी कर अघि दिई माणिक खुली । | ||
::पिएनन् | ::पिएनन् बज्रीले सजलनयनी भैकन चली ॥ | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
सभा भो चाँडै नै सुरवर बसे शान्तवदन । | सभा भो चाँडै नै सुरवर बसे शान्तवदन । | ||
::थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ | ::थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ ॥ | ||
जहाँ बत्ती | जहाँ बत्ती बल्थे दिल खुस गरी नागमणिका । | ||
::बसे, | ::बसे, बज्री डोल्थे चमर करले स्वर्गगणिका ॥ | ||
{{pcn|(४५)}} | {{pcn|(४५)}} | ||
Latest revision as of 20:21, 21 June 2025
डराएका उँँचा सुरपति चिहाई तलतिर ।
झुकी सोच्छन् “केले अब म तप भाँडूँ नि प्रखर !
बढी आई लिन्छन् सुरभवन-साम्राज्य सहज ।
उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥
(४१)
थिए काला ठूला असर बलिया नित्य झगडे ।
असत्का जिद्दीमा कुलिशअघि सत्ले सब लडे॥
न बज्नै मान्ने भो यिनसँग त लड्नाकन अब ।
त्यसै काँप्छन् मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥
(४२)
छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। -
यहाँ क्वै जित्दैनन् प्रबल तपलाई असिबल ॥
प्रहारीको आफैँ थरहर भई काँप्दछ कर ।
अहो धर्माऽऽपत्ति प्रभु ! अब लिनोस् हाल-खबर ॥”
(४३)
लिई आई प्याला मधुर मदवाला जब परी ।
सुनौला प्यालामा अमृतरस सेतो सब भरी ॥
बनी लाली झुक्दी कर अघि दिई माणिक खुली ।
पिएनन् बज्रीले सजलनयनी भैकन चली ॥
(४४)
सभा भो चाँडै नै सुरवर बसे शान्तवदन ।
थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ ॥
जहाँ बत्ती बल्थे दिल खुस गरी नागमणिका ।
बसे, बज्री डोल्थे चमर करले स्वर्गगणिका ॥
(४५)
त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू ।
भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥
उनैको दौर्बल्यादिककन जगाए छ पतन ।
अरू व्यर्थै हुन्छन् प्रबल तप त्यौ जित्न जतन ॥
(४६)