Jump to content

Page:Laxmi nibandhasangraha.pdf/189: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
भन्ने.महाशयहरूले शायद यो पाना पल्टाउने छैनन्‌ तर के पशुपतिनाथको
भन्ने महाशयहरुले सायद यो पाना पल्टाउने छैनन् तर के पशुपतिनाथको  
मन्दिरभित्र प्रवेश गर्दा हामी गौरीशङ्करका यात्री हुन चाहँदैनथ्यौं ? के
मन्दिरभित्र प्रवेश गर्दा हामी गौरीशङ्करका यात्री हुन चाहँदैनथ्यौं ? के  
हामीहरू साहित्य, धर्म, ज्ञानको क्षेत्रमा चुलीहरू ताक्तैनौं ? युधिष्ठिर
हामीहरु साहित्य, धर्म, ज्ञानको षेत्रमा चुलीहरु ताक्तैनौं ? युधिष्ठिर  
स्वर्ग जाँदा यतै आए । तर हामीहरू घनिष्ठ परिचयले महत्त्व भुलेका
स्वर्ग जाँदा यतै आए । तर हामीहरु घनिष्ठ परिचयले महत्व भुलेका  
मानिस झैं हिमालयमनि बसेर शिखरहरूको उपासना गर्नामा थोरै
मानिस झैं हिमालयममनि बसेर शिखरहरुको उपासना गर्नामा थोरै  
समय दिन्छौं र बहुत थोरै कर्मजागरूकता देखाउँछौं ।
समय दिन्छौं र बहुत थारै कर्म जागरुकता देखाउँछौं ।


तर प्राप्ति ठूलो कि धैर्य ठूलो ? असफलता र सफलतामा
तर प्राप्ति ठुलो कि धैर्य ठुलो ? असफलता र सफलतामा  
कुनचाहिँ गहकिलो ? मेरो क्षुद्र विचारमा प्राप्तिभन्दा पनि ध्येय नै ठूलो
कुनचाहिं गहकिलो ? मेरो क्षुद्र विचारमा प्राप्तिभन्दा पनि ध्येय नै ठुलो
छ, पुग्नुभन्दा आशा र खोज ठूला छन्‌ । सफलताको ढुङ्गा भएको
छ, पुग्नुभन्दा आशा र खोज ठुला छन् । सफलताको ढुङ्गा भएको  
निर्मोहनीमा अरू ध्येयहरू फेरि झल्केर नआए मनुष्य मुर्दा हुन्थ्यो ।
निर्माहनीमा अरु ध्येयहरु फेरि झल्केर नआए मनुष्य मुर्दा हुन्थ्यो ।  
हामी गर्नुलाई जीवनको सत्य ठान्दछौं, श्रद्वालाई शिखरको सत्य ठान्दछौं;
हामी गर्नुलाई जीवनको सत्य ठान्दछौं, श्रद्धालाई शिखरको सत्य ठान्दछौं;  
मृत्युलाई खतरा मोहनी; असफलतालाई पुनरुद्योगको माधुर्य । भयो
मृत्युलाई खतरा मोहनी; असफलतालाई पुनरुद्योगको माधुर्य । 'भयो  
पुग्यो बाबू ! सफल भइस्‌' भनेपछि त जीवनको जरूरतै छैन । परमेश्वरले
पुग्यो बाबू ! सफल भइस्' भनेपछि त जीवनको जरुरतै छैन । परमेश्वरले  
छातीमा लिइहाले नि ! तर गर्नु-उठ्नु-उक्लनुको सच्चाइमा हामी
छातीमा लिइहाले नि ! तर गर्नु–उठ्नु–उक्लनुको सच्चाइमा हामी  
परमेश्वरका सच्चा पुत्र बन्दछौं । शिखरमा शिवको मन्दिर छ, त्यहाँ
परमेश्वरका सच्चा पुत्र बन्दछौं । शिखरमा शिवको मन्दिर छ, त्यहाँ  
अनन्तताको कारीगरी छ; त्यहाँ विचित्र सुनका घण्टीहरू बज्दछन्‌ । त्यो
अनन्तताको कारीगरी छ, त्यहाँ विचित्र सुनका घण्टीहरु बज्दछन् । त्यो  
उच्चतातिर मानवात्माले हिउँदको निर्मलता लिएर उठ्नुपर्छ ।त्यहाँ देव
उच्चतातिर मानवात्माले हिउँदको निर्मलता लिएर उठ्नुपर्छ । त्यहाँ देव  
देवीहरू हात जोडेर बसिरहेछन्‌-ती, जो पृथ्वीमा सफल भएथे तर जो
देवीहरु हात जोडेर बसिरहेछन्– ती, जो पृथ्वीमा सफल भएथे तर जो  
स्वर्ग पुगे पनि स्वर्गको सिंहासनमा बस्ने सत्यमा अविदितको मोहनी र
स्वर्ग पुगे पनि स्वर्गको सिंहासनमा बस्ने सत्यमा अविदितको मोहनी र  
अनन्तको पूर्णता देखेर अरू जीवनहरूद्वारा त्यहीँ चढ्नको मिठास त्यही
अनन्तको पूर्णता देखेर अरु जीवनहरुद्वारा त्यहीं चढ्नको मिठास त्यही  
आज्ञाकारिता र नवीन-नवीन क्षेत्रमा उड्ने हुक्‌महरू पर्खेर बसिरहेका
आज्ञाकारिता र नवीन–नवीन क्षेत्रमा उड्ने हुकुमहरु पर्खेर बिसरहेका
छन्‌।
छन् ।
{{nop}}
{{nop}}

Latest revision as of 10:23, 21 June 2025

This page has not been proofread

भन्ने महाशयहरुले सायद यो पाना पल्टाउने छैनन् तर के पशुपतिनाथको मन्दिरभित्र प्रवेश गर्दा हामी गौरीशङ्करका यात्री हुन चाहँदैनथ्यौं ? के हामीहरु साहित्य, धर्म, ज्ञानको षेत्रमा चुलीहरु ताक्तैनौं ? युधिष्ठिर स्वर्ग जाँदा यतै आए । तर हामीहरु घनिष्ठ परिचयले महत्व भुलेका मानिस झैं हिमालयममनि बसेर शिखरहरुको उपासना गर्नामा थोरै समय दिन्छौं र बहुत थारै कर्म जागरुकता देखाउँछौं ।

तर प्राप्ति ठुलो कि धैर्य ठुलो ? असफलता र सफलतामा कुनचाहिं गहकिलो ? मेरो क्षुद्र विचारमा प्राप्तिभन्दा पनि ध्येय नै ठुलो छ, पुग्नुभन्दा आशा र खोज ठुला छन् । सफलताको ढुङ्गा भएको निर्माहनीमा अरु ध्येयहरु फेरि झल्केर नआए मनुष्य मुर्दा हुन्थ्यो । हामी गर्नुलाई जीवनको सत्य ठान्दछौं, श्रद्धालाई शिखरको सत्य ठान्दछौं; मृत्युलाई खतरा मोहनी; असफलतालाई पुनरुद्योगको माधुर्य । 'भयो पुग्यो बाबू ! सफल भइस्' भनेपछि त जीवनको जरुरतै छैन । परमेश्वरले छातीमा लिइहाले नि ! तर गर्नु–उठ्नु–उक्लनुको सच्चाइमा हामी परमेश्वरका सच्चा पुत्र बन्दछौं । शिखरमा शिवको मन्दिर छ, त्यहाँ अनन्तताको कारीगरी छ, त्यहाँ विचित्र सुनका घण्टीहरु बज्दछन् । त्यो उच्चतातिर मानवात्माले हिउँदको निर्मलता लिएर उठ्नुपर्छ । त्यहाँ देव र देवीहरु हात जोडेर बसिरहेछन्– ती, जो पृथ्वीमा सफल भएथे तर जो स्वर्ग पुगे पनि स्वर्गको सिंहासनमा बस्ने सत्यमा अविदितको मोहनी र अनन्तको पूर्णता देखेर अरु जीवनहरुद्वारा त्यहीं चढ्नको मिठास त्यही आज्ञाकारिता र नवीन–नवीन क्षेत्रमा उड्ने हुकुमहरु पर्खेर बिसरहेका छन् ।