Page:Laxmi nibandhasangraha.pdf/126: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
तर मगजमा उम्रिने कल्पनाको सानो | तर मगजमा उम्रिने कल्पनाको सानो कल्पद्रुममा फल्ने साना-साना | ||
झिल्काझिल्की मिलाउने एउटा बूटी छ, जो साहित्यको सिर्जनालाई | झिल्काझिल्की मिलाउने एउटा बूटी छ, जो साहित्यको सिर्जनालाई | ||
अत्यावश्यक हन्छ । कोलेरिजले अफीम चढाएर 'प्राचीन जहाजी' र | अत्यावश्यक हन्छ । कोलेरिजले अफीम चढाएर 'प्राचीन जहाजी' र | ||
'कब्लखाँ' लेखेथे तर मादक पदार्थको उत्तेजना कृत्रिम तवरले कहिले | 'कब्लखाँ' लेखेथे तर मादक पदार्थको उत्तेजना कृत्रिम तवरले कहिले | ||
यस्ता सुन्दर काव्यरत्नहरू पैदा गर्न सक्तछ, कोलेरिज जस्ताको | यस्ता सुन्दर काव्यरत्नहरू पैदा गर्न सक्तछ, कोलेरिज जस्ताको | ||
जादूमगजलाई | जादूमगजलाई कुतकुत्याएर, तर मद्यमदिराले मगजलाई हानिसिवाय | ||
लाभ गर्दैन । हामी नन्दनबारीको बोटको गाँजा मल्न चाहन्छौं, हामी | लाभ गर्दैन । हामी नन्दनबारीको बोटको गाँजा मल्न चाहन्छौं, हामी | ||
देवताहरूको अरखबाट मादक उत्तेजना लिन | देवताहरूको अरखबाट मादक उत्तेजना लिन चाहन्छौं र पृथिवीको | ||
प्रेरणाभन्दा उपरका प्रेरणाबाट पृथिवी-पोषणको कलामा लाग्न चाहन्छौं । | प्रेरणाभन्दा उपरका प्रेरणाबाट पृथिवी-पोषणको कलामा लाग्न चाहन्छौं । | ||
Line 15: | Line 15: | ||
जादू छ । परमेश्वरले बनाएको संसार साधुहरू झूटा भन्दछन् किनकि | जादू छ । परमेश्वरले बनाएको संसार साधुहरू झूटा भन्दछन् किनकि | ||
त्यो अविदित, केही वस्तु जो कल्पनामा झल्केला जस्तो हुन्छ, यो | त्यो अविदित, केही वस्तु जो कल्पनामा झल्केला जस्तो हुन्छ, यो | ||
विदितको वास्तविकतामा पाइन्न । सत्य शायद सत्य रहन | विदितको वास्तविकतामा पाइन्न । सत्य शायद सत्य रहन सक्तैन जब | ||
आँखाले देखिन्छ र कानले सुनिन्छ । तीन कालले बाँधिनासाथ सत्यको | आँखाले देखिन्छ र कानले सुनिन्छ । तीन कालले बाँधिनासाथ सत्यको | ||
बोक्रा दुनियाँमा रहन्छ तर भित्री आत्मा उडेर जान्छ । दर्शन विज्ञानको | बोक्रा दुनियाँमा रहन्छ तर भित्री आत्मा उडेर जान्छ । दर्शन विज्ञानको | ||
Line 21: | Line 21: | ||
सत्य देख्नैनौं न सौन्दर्य; दर्शन भ्रम हो, कविता सत्य हो; कल्पनामा | सत्य देख्नैनौं न सौन्दर्य; दर्शन भ्रम हो, कविता सत्य हो; कल्पनामा | ||
सत्यले सजीवता लिन्छ र त्यो सुन्दरता जहाँ सत्य जस्तो देखिन्छ र | सत्यले सजीवता लिन्छ र त्यो सुन्दरता जहाँ सत्य जस्तो देखिन्छ र | ||
सत्य जस्तै रहन्छ । दृश्य-संसारभन्दा मनको दुनियाँ झन् विशाल | सत्य जस्तै रहन्छ । दृश्य-संसारभन्दा मनको दुनियाँ झन् विशाल छ र | ||
यसका स्पर्श र अनुभूतिहरू झन् सत्यका नजीकमा | यसका स्पर्श र अनुभूतिहरू झन् सत्यका नजीकमा पुर्याउँछन् । | ||
तर हामी भन्न चाहन्नौं कि हरएक किसिमको कल्पनामा उपर्युक्त | तर हामी भन्न चाहन्नौं कि हरएक किसिमको कल्पनामा उपर्युक्त | ||
Line 29: | Line 29: | ||
भावनाहरू भिन्नै किसिमका हुन्छन् तर प्रतिभासंपन्न पुरुषहरूको | भावनाहरू भिन्नै किसिमका हुन्छन् तर प्रतिभासंपन्न पुरुषहरूको | ||
कल्पनामा सत्य आउँछ, जीवनको रङ्ग लिन्छ र लयदार झिलिमिलीमा | कल्पनामा सत्य आउँछ, जीवनको रङ्ग लिन्छ र लयदार झिलिमिलीमा | ||
फुटेर निस्कन्छ । सच्चा प्रतिभा कल्पनाको क्रियामा देखिन्छे | फुटेर निस्कन्छ । सच्चा प्रतिभा कल्पनाको क्रियामा देखिन्छे र सच्चा | ||
क्रियामा उच्च कक्षाको कल्पना संगति, साम्य, मिलाप, आकृति र | क्रियामा उच्च कक्षाको कल्पना संगति, साम्य, मिलाप, आकृति र | ||
अनन्द लिएर काम गरिरहेकी देखिन्छे । सच्चा कविले भावनाहरू | अनन्द लिएर काम गरिरहेकी देखिन्छे । सच्चा कविले भावनाहरू |
Latest revision as of 14:22, 25 February 2025
तर मगजमा उम्रिने कल्पनाको सानो कल्पद्रुममा फल्ने साना-साना झिल्काझिल्की मिलाउने एउटा बूटी छ, जो साहित्यको सिर्जनालाई अत्यावश्यक हन्छ । कोलेरिजले अफीम चढाएर 'प्राचीन जहाजी' र 'कब्लखाँ' लेखेथे तर मादक पदार्थको उत्तेजना कृत्रिम तवरले कहिले यस्ता सुन्दर काव्यरत्नहरू पैदा गर्न सक्तछ, कोलेरिज जस्ताको जादूमगजलाई कुतकुत्याएर, तर मद्यमदिराले मगजलाई हानिसिवाय लाभ गर्दैन । हामी नन्दनबारीको बोटको गाँजा मल्न चाहन्छौं, हामी देवताहरूको अरखबाट मादक उत्तेजना लिन चाहन्छौं र पृथिवीको प्रेरणाभन्दा उपरका प्रेरणाबाट पृथिवी-पोषणको कलामा लाग्न चाहन्छौं ।
हामीलाई सत्य भनेको चीज कल्पनाभन्दा झूटो लाग्छ, र इन्द्रियग्राह्य वस्तु काल्पनिकभन्दा फोस्रो लाग्छ । खँदिलो भनेको त्यसको नाम हो जो हातले पक्रन सकिदैन । देखिने र बनिसकेका चीजमा त खालि परिचितको निर्मोहनी छ, नभएका र नदेखिएकामा अविदितको जादू छ । परमेश्वरले बनाएको संसार साधुहरू झूटा भन्दछन् किनकि त्यो अविदित, केही वस्तु जो कल्पनामा झल्केला जस्तो हुन्छ, यो विदितको वास्तविकतामा पाइन्न । सत्य शायद सत्य रहन सक्तैन जब आँखाले देखिन्छ र कानले सुनिन्छ । तीन कालले बाँधिनासाथ सत्यको बोक्रा दुनियाँमा रहन्छ तर भित्री आत्मा उडेर जान्छ । दर्शन विज्ञानको जेठो दाज्यू हो, र विवेकको बीजगणित हो; हामी दर्शनका दार्शनिकतामा सत्य देख्नैनौं न सौन्दर्य; दर्शन भ्रम हो, कविता सत्य हो; कल्पनामा सत्यले सजीवता लिन्छ र त्यो सुन्दरता जहाँ सत्य जस्तो देखिन्छ र सत्य जस्तै रहन्छ । दृश्य-संसारभन्दा मनको दुनियाँ झन् विशाल छ र यसका स्पर्श र अनुभूतिहरू झन् सत्यका नजीकमा पुर्याउँछन् ।
तर हामी भन्न चाहन्नौं कि हरएक किसिमको कल्पनामा उपर्युक्त भनाइहरू घटित हुन सक्तछन् । हामी उच्च कक्षाका सत्याभासित कल्पनाका बारेमा मात्र ध्यान दिइरहेछौं । पागलका कल्पना र विकृतका भावनाहरू भिन्नै किसिमका हुन्छन् तर प्रतिभासंपन्न पुरुषहरूको कल्पनामा सत्य आउँछ, जीवनको रङ्ग लिन्छ र लयदार झिलिमिलीमा फुटेर निस्कन्छ । सच्चा प्रतिभा कल्पनाको क्रियामा देखिन्छे र सच्चा क्रियामा उच्च कक्षाको कल्पना संगति, साम्य, मिलाप, आकृति र अनन्द लिएर काम गरिरहेकी देखिन्छे । सच्चा कविले भावनाहरू