Page:Laxmi nibandhasangraha.pdf/7: Difference between revisions
→Not proofread: Created page with "एक किसिमको धूर्त बदमाश ठिटो हो- जो सडकमा हिंड्दा कहिले- कहिले ढुङ्गा हान्छ, कतै-कतै आनन्दले फुलेर हेर्दछ, तर घोरिँदैन-पाठघोकुवा, 'हलन्ते'को मिजाजले । यो एक किसिमको मनको जालीले जगत्मा..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
एक किसिमको धूर्त बदमाश ठिटो हो | एक किसिमको धूर्त बदमाश ठिटो हो– जो सडकमा हिंड्दा कहिले- | ||
कहिले ढुङ्गा हान्छ, कतै-कतै आनन्दले फुलेर हेर्दछ, तर घोरिदैन-पाठघोकुवा, | |||
कहिले ढुङ्गा हान्छ, कतै-कतै आनन्दले फुलेर हेर्दछ, तर | 'हलन्ते'को मिजाजले । यो एक किसिमको मनको जालीले जगत्मा | ||
'हलन्ते'को मिजाजले । यो एक किसिमको मनको जालीले | |||
लहडी माछा मार्ने कला हो । यो टेबिल-गफ हो, चश्मादार अध्यापकको | लहडी माछा मार्ने कला हो । यो टेबिल-गफ हो, चश्मादार अध्यापकको | ||
व्याख्यान होइन, न त वमन-वेदान्त । यसमा ठर्रोपना हुँदैन, यो लच्किन्छ | व्याख्यान होइन, न त वमन-वेदान्त । यसमा ठर्रोपना हुँदैन, यो लच्किन्छ | ||
र घनिष्ठतातिर ओर्लिन्छ । चुरोट खाँदै साथीभाइसँग चुट्किलो जेहेन | र घनिष्ठतातिर ओर्लिन्छ । चुरोट खाँदै साथीभाइसँग चुट्किलो जेहेन | ||
देखाउने ताश गञ्जिफा गफजस्तो यो प्रबन्ध हलुका क्षणको | देखाउने ताश गञ्जिफा गफजस्तो यो प्रबन्ध हलुका क्षणको शृङ्गार हो । | ||
रमरम बुद्धि मात्रको दावा राख्तछ । यो मूर्ख हुनुमा घिनाउँदैन यदि | रमरम बुद्धि मात्रको दावा राख्तछ । यो मूर्ख हुनुमा घिनाउँदैन यदि | ||
मूर्खतामा पनि एक किसिमको साहित्यक रस भरिएर विनोदकारी बनोस् । | |||
यस किसिमको रचना नेपालीमा प्रचलित नभएकोले मैले यसतर्फ | यस किसिमको रचना नेपालीमा प्रचलित नभएकोले मैले यसतर्फ | ||
हातको कुतकुती नोकदार कलमले | हातको कुतकुती नोकदार कलमले चुट्किलो तवरसँग मार्ने एउटा मीठो | ||
प्रयत्न गर्न खोजेको | प्रयत्न गर्न खोजेको हुँ । म कति मात्रामा सफल बनेको छु, त्यो ता | ||
पाठकवर्गको युग-युगको समालोचनाले अन्दाज | पाठकवर्गको युग-युगको समालोचनाले अन्दाज दिंदै जाला, तर म | ||
हरएक दिन आफूसँग मीठो गफ गर्दै तृप्त भएको थिएँ– त्यस ठाउँमा | |||
हरएक दिन आफूसँग मीठो गफ गर्दै तृप्त भएको थिएँ | जहाँ चिसो मेचमा ठण्डा कलम कोरेर मानिसहरू साहित्य लेख्ने गर्दछन्– | ||
याने भाषानुवाद-परिषद् अड्डामा । तर यी विषय अड्डाका थिएनन्, म | |||
जहाँ चिसो मेचमा ठण्डा कलम कोरेर मानिसहरू साहित्य लेख्ने गर्दछन् | |||
याने भाषानुवाद-परिषद् अड्डामा । तर यी विषय | |||
स्वतन्त्रताको बगदादी कारपेटमा बसेर प्रबन्धरानीलाई हावामा उडाइरहेको | स्वतन्त्रताको बगदादी कारपेटमा बसेर प्रबन्धरानीलाई हावामा उडाइरहेको | ||
थिएँ । अनुभवबाट अतीत तथा वर्तमान मैले छानवीन गर्दै रसिला | थिएँ । अनुभवबाट अतीत तथा वर्तमान मैले छानवीन गर्दै रसिला | ||
चीजहरूको नाश्ता बनाएँ- या चमेना- अल्छी कोठरीमा हलुका | चीजहरूको नाश्ता बनाएँ- या चमेना- अल्छी कोठरीमा हलुका | ||
पाठकवर्गका डफ्फा बोलाएँ– केही छैन सादा आलु-तामा । | |||
{{Right|'''लक्ष्मीप्रसाद'''}} | |||
लक्ष्मीप्रसाद |
Latest revision as of 21:52, 7 February 2025
एक किसिमको धूर्त बदमाश ठिटो हो– जो सडकमा हिंड्दा कहिले- कहिले ढुङ्गा हान्छ, कतै-कतै आनन्दले फुलेर हेर्दछ, तर घोरिदैन-पाठघोकुवा, 'हलन्ते'को मिजाजले । यो एक किसिमको मनको जालीले जगत्मा लहडी माछा मार्ने कला हो । यो टेबिल-गफ हो, चश्मादार अध्यापकको व्याख्यान होइन, न त वमन-वेदान्त । यसमा ठर्रोपना हुँदैन, यो लच्किन्छ र घनिष्ठतातिर ओर्लिन्छ । चुरोट खाँदै साथीभाइसँग चुट्किलो जेहेन देखाउने ताश गञ्जिफा गफजस्तो यो प्रबन्ध हलुका क्षणको शृङ्गार हो । रमरम बुद्धि मात्रको दावा राख्तछ । यो मूर्ख हुनुमा घिनाउँदैन यदि मूर्खतामा पनि एक किसिमको साहित्यक रस भरिएर विनोदकारी बनोस् ।
यस किसिमको रचना नेपालीमा प्रचलित नभएकोले मैले यसतर्फ हातको कुतकुती नोकदार कलमले चुट्किलो तवरसँग मार्ने एउटा मीठो प्रयत्न गर्न खोजेको हुँ । म कति मात्रामा सफल बनेको छु, त्यो ता पाठकवर्गको युग-युगको समालोचनाले अन्दाज दिंदै जाला, तर म हरएक दिन आफूसँग मीठो गफ गर्दै तृप्त भएको थिएँ– त्यस ठाउँमा जहाँ चिसो मेचमा ठण्डा कलम कोरेर मानिसहरू साहित्य लेख्ने गर्दछन्– याने भाषानुवाद-परिषद् अड्डामा । तर यी विषय अड्डाका थिएनन्, म स्वतन्त्रताको बगदादी कारपेटमा बसेर प्रबन्धरानीलाई हावामा उडाइरहेको थिएँ । अनुभवबाट अतीत तथा वर्तमान मैले छानवीन गर्दै रसिला चीजहरूको नाश्ता बनाएँ- या चमेना- अल्छी कोठरीमा हलुका पाठकवर्गका डफ्फा बोलाएँ– केही छैन सादा आलु-तामा ।
लक्ष्मीप्रसाद