Page:Laxmi nibandhasangraha.pdf/44: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
होला । जलभन्दा सुन्दर चीज हामी साधारण जीवनमा पाउँदैनौं । अरू | होला । जलभन्दा सुन्दर चीज हामी साधारण जीवनमा पाउँदैनौं । अरू | ||
चीज | चीज यत्तिकै बोल्न सक्तैनन्, न त चराहरू नै यत्तिका मधुरभाषी देखिन्छन् । | ||
यहाँ एक अधर मात्रै | यहाँ एक अधर मात्रै छैन । यहाँ भाषा गद्यमा रहन्न । प्रवाहशील, | ||
तरङ्गशील, सूचनाशील सौन्दर्य यिनै नागबेली ध्वनिहरूमा | तरङ्गशील, सूचनाशील सौन्दर्य यिनै नागबेली ध्वनिहरूमा पाइन्छन् । | ||
पहाडहरू बोलेको सुन्ने इच्छा यहीं तृप्तिको नजीक | पहाडहरू बोलेको सुन्ने इच्छा यहीं तृप्तिको नजीक आउँछ । यस ध्वनिको | ||
सौन्दर्य कहीं फूल भएर फुट्छ, कहीं जमीन भएर लहलहाउँछ, कहीं | सौन्दर्य कहीं फूल भएर फुट्छ, कहीं जमीन भएर लहलहाउँछ, कहीं | ||
चराले | चराले टिपेझैं बोली भन्दछ । यो प्राण-स्पृश्य छ– विशेष गरेर गर्मीका | ||
दिनमा । हाम्रो जीवन वीणा भए सरस्वती खोलाहरू हुन् । हाम्रा शिराहरू | |||
सुर मिल्दै आउँछन् | सुर मिल्दै आउँछन्– जीवन बन्दछ, तब हाम्रा पहिला कविताहरू नदी- | ||
किनारमा निस्कन्छन्। | किनारमा निस्कन्छन्। | ||
कलकलमा चिच्याटलाग्दोपना हुँदैन । पाटनका शब्दबाट यिनीहरू | कलकलमा चिच्याटलाग्दोपना हुँदैन । पाटनका शब्दबाट यिनीहरू | ||
ध्रुव दूर छन्, यहाँ अविरलतासँग नवीनता हरहमेशा गाँसिइरहेको | ध्रुव दूर छन्, यहाँ अविरलतासँग नवीनता हरहमेशा गाँसिइरहेको छ । | ||
यो ध्वनि एकै किसिमको जस्तो भए पनि विभिन्नता लिइरहेको जस्तो | यो ध्वनि एकै किसिमको जस्तो भए पनि विभिन्नता लिइरहेको जस्तो | ||
विदित हुन्छ । उहाँ लहर आउँदछन्, तर उनै होइनन्, उस्तै रेखाहरू | विदित हुन्छ । उहाँ लहर आउँदछन्, तर उनै होइनन्, उस्तै रेखाहरू | ||
बन्दछन्, तर भिन्न- | बन्दछन्, तर भिन्न-भिन्नै । ध्वनि उही किसिमसँग निक्लन्छ तर नित्य | ||
नवीनको अनन्तको बोलीमा | नवीनको अनन्तको बोलीमा दोहर्यावटविना एकै सत्य मुखरित भइरहेको | ||
जस्तो | जस्तो बुझिन्छ । हाम्रो हृदयले छन्द र लयको पहिलो आभास ज्यादाजसो | ||
यहीं पाउँछ अनि कवितको विकासक्रममा उही ध्वनि रूखका जरामा | यहीं पाउँछ अनि कवितको विकासक्रममा उही ध्वनि रूखका जरामा | ||
घुम्दछ, फूलमा गएर | घुम्दछ, फूलमा गएर रङ्गिन्छ, सूर्यको किरणसँग मितेरी लाउँछ, मोती र | ||
मुगाहरूसँग गाँसिन्छ, पन्नाहरूमा फुट्तछ, कोइलीले | मुगाहरूसँग गाँसिन्छ, पन्नाहरूमा फुट्तछ, कोइलीले पक्रिन्छ र भाषामा | ||
प्रवाहशील बनेर बग्दै | प्रवाहशील बनेर बग्दै आउँछ । ज्यादा-जसो पहाडीहरू प्राकृत कवि | ||
हुन्छन् र लयदार भाषामा गीत गाएर डोकोलाई संगीतमय बनाउँछन् । | हुन्छन् र लयदार भाषामा गीत गाएर डोकोलाई संगीतमय बनाउँछन् । | ||
मलाई यस्तो लाग्छ कि पहाडहरूले यिनीहरूलाई कविता | मलाई यस्तो लाग्छ कि पहाडहरूले यिनीहरूलाई कविता सिकाए । | ||
कल्पनामा लयदार ध्वनि पैदा गर्नलाई | कल्पनामा लयदार ध्वनि पैदा गर्नलाई पहाड र सरिताको कलकलभन्दा | ||
प्रबल उत्तेजना मैले कतै | प्रबल उत्तेजना मैले कतै देखिनँ । | ||
{{nop}} |
Latest revision as of 16:52, 7 February 2025
होला । जलभन्दा सुन्दर चीज हामी साधारण जीवनमा पाउँदैनौं । अरू चीज यत्तिकै बोल्न सक्तैनन्, न त चराहरू नै यत्तिका मधुरभाषी देखिन्छन् । यहाँ एक अधर मात्रै छैन । यहाँ भाषा गद्यमा रहन्न । प्रवाहशील, तरङ्गशील, सूचनाशील सौन्दर्य यिनै नागबेली ध्वनिहरूमा पाइन्छन् । पहाडहरू बोलेको सुन्ने इच्छा यहीं तृप्तिको नजीक आउँछ । यस ध्वनिको सौन्दर्य कहीं फूल भएर फुट्छ, कहीं जमीन भएर लहलहाउँछ, कहीं चराले टिपेझैं बोली भन्दछ । यो प्राण-स्पृश्य छ– विशेष गरेर गर्मीका दिनमा । हाम्रो जीवन वीणा भए सरस्वती खोलाहरू हुन् । हाम्रा शिराहरू सुर मिल्दै आउँछन्– जीवन बन्दछ, तब हाम्रा पहिला कविताहरू नदी- किनारमा निस्कन्छन्।
कलकलमा चिच्याटलाग्दोपना हुँदैन । पाटनका शब्दबाट यिनीहरू ध्रुव दूर छन्, यहाँ अविरलतासँग नवीनता हरहमेशा गाँसिइरहेको छ । यो ध्वनि एकै किसिमको जस्तो भए पनि विभिन्नता लिइरहेको जस्तो विदित हुन्छ । उहाँ लहर आउँदछन्, तर उनै होइनन्, उस्तै रेखाहरू बन्दछन्, तर भिन्न-भिन्नै । ध्वनि उही किसिमसँग निक्लन्छ तर नित्य नवीनको अनन्तको बोलीमा दोहर्यावटविना एकै सत्य मुखरित भइरहेको जस्तो बुझिन्छ । हाम्रो हृदयले छन्द र लयको पहिलो आभास ज्यादाजसो यहीं पाउँछ अनि कवितको विकासक्रममा उही ध्वनि रूखका जरामा घुम्दछ, फूलमा गएर रङ्गिन्छ, सूर्यको किरणसँग मितेरी लाउँछ, मोती र मुगाहरूसँग गाँसिन्छ, पन्नाहरूमा फुट्तछ, कोइलीले पक्रिन्छ र भाषामा प्रवाहशील बनेर बग्दै आउँछ । ज्यादा-जसो पहाडीहरू प्राकृत कवि हुन्छन् र लयदार भाषामा गीत गाएर डोकोलाई संगीतमय बनाउँछन् । मलाई यस्तो लाग्छ कि पहाडहरूले यिनीहरूलाई कविता सिकाए । कल्पनामा लयदार ध्वनि पैदा गर्नलाई पहाड र सरिताको कलकलभन्दा प्रबल उत्तेजना मैले कतै देखिनँ ।