Jump to content

Page:Laxmi nibandhasangraha.pdf/31: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "नेपाली साहित्यको इतिहासमा सर्वश्चेष्ठ पुरुष साहित्यिक श्रेष्ठताको नाप जनतामा परेको प्रभाव र सर्वकालीन हृदयस्पर्शितामा निर्भर रहन्छ । नेपाली साहित्यको इतिहास हेर्दा हामीलाई..."
 
No edit summary
 
(4 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
नेपाली साहित्यको इतिहासमा
{{x-larger|'''नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष'''}}
 
सर्वश्चेष्ठ पुरुष


साहित्यिक श्रेष्ठताको नाप जनतामा परेको प्रभाव र सर्वकालीन
साहित्यिक श्रेष्ठताको नाप जनतामा परेको प्रभाव र सर्वकालीन
हृदयस्पर्शितामा निर्भर रहन्छ । नेपाली साहित्यको इतिहास हेर्दा हामीलाई
हृदयस्पर्शितामा निर्भर रहन्छ । नेपाली साहित्यको इतिहास हेर्दा हामीलाई
त्यत्तिको प्रभावकारी र सर्वप्रिय रचनाहरू अरू जँच्तैन, जत्तिको भानुभक्त
त्यत्तिको प्रभावकारी र सर्वप्रिय रचनाहरू अरू जँच्तैन, जत्तिको भानुभक्त
कविको नेपाली रामायण । धेरै यस रचनालाई हेला पनि गर्छन्‌ तर
कविको नेपाली रामायण । धेरै यस रचनालाई हेला पनि गर्छन्‌ तर
उनीहरू सम्झँदैनन्‌-यो रचना आफ्नै हृदयको कति नजीक छ ।
उनीहरू सम्झँदैनन्‌-यो रचना आफ्नै हृदयको कति नजीक छ ।


हामीहरू ज्यादाजसो साहित्यलाई खालि श्ङ्गार देख्तछौँ; शब्दलाई
हामीहरू ज्यादाजसो साहित्यलाई खालि शृङ्गार देख्तछौं; शब्दलाई
 
फा लगाएको, लाली चढाएको, आधुनिकता निकालेको, अथवा कालिदासको
फा लगाएको, लाली चढाएको, आधुनिकता निकालेको, अथवा कालिदासको
झैं उपमाहरूले झल्लरी-मल्लरी बनाएको एउटा रङ्गिलो आडम्बर, एउटा
झैं उपमाहरूले झल्लरी-मल्लरी बनाएको एउटा रङ्गिलो आडम्बर, एउटा
रसगोले माधुर्य, अथवा संस्कृतको आडम्बर, या खिंचातानी चमत्कार ।
रसगोले माधुर्य, अथवा संस्कृतको आडम्बर, या खिंचातानी चमत्कार ।
हामी 'अलङ्कार-चन्द्रोदय'लाई साहित्य सम्झन चाहन्छौं । हामी बौद्धिक
हामी 'अलङ्कार-चन्द्रोदय'लाई साहित्य सम्झन चाहन्छौं । हामी बौद्धिक
र बोक्रे रुचि देखाउँछ । हामीहरू अनुप्रासलाई किताप भन्दछौं र भडकलाई
र बोक्रे रुचि देखाउँछ । हामीहरू अनुप्रासलाई किताप भन्दछौं र भडकलाई
 
आधुनिकता । हाम्रो माग रुग्णको रुचि जस्तो छ । निःसारमा हामी सार
आधुनिकता । हाम्रो माग रुगणको रुचि जस्तो छ । निःसारमा हामी सार
देख्तछौं, हाम्रो बीसौं शताब्दी ज्यादाजसो कृत्रिमतामै रमाउँछ । हामी
देख्तछौं, हाम्रो बीसौं शताब्दी ज्यादाजसो कृत्रिमतामै रमाउँछ । हामी
मुद्‌ चाहँदैनौ, भुलभुलाबटको जरूरत छैन, सच्चा हृदयको स्वदेशी
मुद्‌ चाहँदैनौं, भुलभुलावटको जरूरत छैन, सच्चा हृदयको स्वदेशी
सौस्दर्यको कदर गर्न सक्ने शक्तिको न्यूनता हामीहरूमा अरू सबै
सौन्दर्यको कदर गर्न सक्ने शक्तिको न्यूनता हामीहरूमा अरू सबै
दोषभन्दा ज्यादा टड्कारो छ।
दोषभन्दा ज्यादा टड्कारो छ।


म चाहन्छु हृदय । कविको छन्द भुलभुलावट होस्‌, न कि तगण
म चाहन्छु हृदय । कविको छन्द भुलभुलावट होस्‌, न कि तगण
र औंलागनाइ । प्रसिद्धिप्रेमको प्रेरणा मलाई निको लाग्दैन । म चाहन्छु
र औंलागनाइ । प्रसिद्धिप्रेमको प्रेरणा मलाई निको लाग्दैन । म चाहन्छु
हृदयको एँडी । कविलाई त्यहाँबाट लेख्न मन लागोस्‌, जहाँ मानबआँसुहरू
हृदयको ऐंडी । कविलाई त्यहाँबाट लेख्न मन लागोस्‌, जहाँ मानवआँसुहरू
प्राकृतिक भावमा पग्लिन्छन्‌, जहाँ सत्यको आमन्त्रण आत्मामा सुन्दरको
प्राकृतिक भावमा पग्लिन्छन्‌, जहाँ सत्यको आमन्त्रण आत्मामा सुन्दरको
ध्वनिमा स्पष्टीकृत हुन्छ । कवि बोलोस्‌-जसरी चराहरू बोल्दछन्‌, न
ध्वनिमा स्पष्टीकृत हुन्छ । कवि बोलोस्‌-जसरी चराहरू बोल्दछन्‌, न
कि जसरी वस्तादहरू कसरत गर्दछन्‌, हृदयले हृदयलाई बोलाओस्‌
कि जसरी वस्तादहरू कसरत गर्दछन्‌, हृदयले हृदयलाई बोलाओस्‌
२२/लक्ष्मी निबन्ध-संँग्रह

Latest revision as of 13:56, 3 February 2025

This page has been proofread

नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष

साहित्यिक श्रेष्ठताको नाप जनतामा परेको प्रभाव र सर्वकालीन हृदयस्पर्शितामा निर्भर रहन्छ । नेपाली साहित्यको इतिहास हेर्दा हामीलाई त्यत्तिको प्रभावकारी र सर्वप्रिय रचनाहरू अरू जँच्तैन, जत्तिको भानुभक्त कविको नेपाली रामायण । धेरै यस रचनालाई हेला पनि गर्छन्‌ तर उनीहरू सम्झँदैनन्‌-यो रचना आफ्नै हृदयको कति नजीक छ ।

हामीहरू ज्यादाजसो साहित्यलाई खालि शृङ्गार देख्तछौं; शब्दलाई फा लगाएको, लाली चढाएको, आधुनिकता निकालेको, अथवा कालिदासको झैं उपमाहरूले झल्लरी-मल्लरी बनाएको एउटा रङ्गिलो आडम्बर, एउटा रसगोले माधुर्य, अथवा संस्कृतको आडम्बर, या खिंचातानी चमत्कार । हामी 'अलङ्कार-चन्द्रोदय'लाई साहित्य सम्झन चाहन्छौं । हामी बौद्धिक र बोक्रे रुचि देखाउँछ । हामीहरू अनुप्रासलाई किताप भन्दछौं र भडकलाई आधुनिकता । हाम्रो माग रुग्णको रुचि जस्तो छ । निःसारमा हामी सार देख्तछौं, हाम्रो बीसौं शताब्दी ज्यादाजसो कृत्रिमतामै रमाउँछ । हामी मुद्‌ चाहँदैनौं, भुलभुलावटको जरूरत छैन, सच्चा हृदयको स्वदेशी सौन्दर्यको कदर गर्न सक्ने शक्तिको न्यूनता हामीहरूमा अरू सबै दोषभन्दा ज्यादा टड्कारो छ।

म चाहन्छु हृदय । कविको छन्द भुलभुलावट होस्‌, न कि तगण र औंलागनाइ । प्रसिद्धिप्रेमको प्रेरणा मलाई निको लाग्दैन । म चाहन्छु हृदयको ऐंडी । कविलाई त्यहाँबाट लेख्न मन लागोस्‌, जहाँ मानवआँसुहरू प्राकृतिक भावमा पग्लिन्छन्‌, जहाँ सत्यको आमन्त्रण आत्मामा सुन्दरको ध्वनिमा स्पष्टीकृत हुन्छ । कवि बोलोस्‌-जसरी चराहरू बोल्दछन्‌, न कि जसरी वस्तादहरू कसरत गर्दछन्‌, हृदयले हृदयलाई बोलाओस्‌