Jump to content

Page:Laxmi nibandhasangraha.pdf/29: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 7: Line 7:
इच्छाले यो प्रकृतिको जडताले सत्यका झल्का मनाइरहोस्‌ तापनि
इच्छाले यो प्रकृतिको जडताले सत्यका झल्का मनाइरहोस्‌ तापनि
आत्माले आफ्नो ढिपी छाड्दैन, र सत्य खोज्दाखोज्दै भूलभुलैया पसे पनि
आत्माले आफ्नो ढिपी छाड्दैन, र सत्य खोज्दाखोज्दै भूलभुलैया पसे पनि
उसलाई आफ्नो ध्येयको प्राप्तिमा करोडौं अँधैरा कोठरीका उल्झनमा र
उसलाई आफ्नो ध्येयको प्राप्तिमा करोडौं अँधेरा कोठरीका उल्झनमा र
ठक्करमा च्याँद्ठिदै र सेलाउँदै हिंड्नैपर्छ ! यसकारण विचारको ठुँगाइ
ठक्करमा च्याँठ्ठिदै र सेलाउँदै हिंड्नैपर्छ ! यसकारण विचारको ठुँगाइ
थाहा हुने पुरुषहरू पनि विचारको खेतीमा लाग्दछन्‌ र विलासका
थाहा हुने पुरुषहरू पनि विचारको खेतीमा लाग्दछन्‌ र विलासका
सामग्रीहरू पञ्छाएर बिचरा मासु र हाडको जीवनलाई सङ्ष्ट दिन्छन्‌ ।
सामग्रीहरू पञ्छाएर बिचरा मासु र हाडको जीवनलाई सङ्कष्ट दिन्छन्‌ ।
म एक जनाकै दुःखहरू मेरा निमित्त प्रशस्त छँदै थिए, मेरा घाउ, मेरा
म एक जनाकै दुःखहरू मेरा निमित्त प्रशस्त छँदै थिए, मेरा घाउ, मेरा
नूकचूकहरू, अभावको ऐँडीले नूनतेल खोज्नलाई खुट्टा दौडाउनको काम
नूकचूकहरू, अभावको ऐंडीले नूनतेल खोज्नलाई खुट्टा दौडाउनको काम
प्रशस्त छँदै थियो र हजारौं कुराको क्षेत्रमा पसेर तकलीफ पाउन किन
प्रशस्त छँदै थियो र हजारौं कुराको क्षेत्रमा पसेर तकलीफ पाउन किन
मन लाग्यो म भन्न सक्तिनँ । उसलाई अरू मनुष्यको स्वभाव, कर्म र
मन लाग्यो म भन्न सक्तिनँ । उसलाई अरू मनुष्यको स्वभाव, कर्म र
सुखदु:ख विचार गरेर गौर गर्नामा किन चाख लाग्यो, त्यसको बुझाइ
सुखदुःख विचार गरेर गौर गर्नामा किन चाख लाग्यो, त्यसको बुझाइ
छैन । संसारको स्वभाव, यसका दर्शन र आनन्द, यसका वियोग र
छैन । संसारको स्वभाव, यसका दर्शन र आनन्द, यसका वियोग र
संयोग, उल्झन र गडबड, त्यसको अतीत र भविष्य, यसका वर्तमान
संयोग, उल्झन र गडबड, त्यसको अतीत र भविष्य, यसका वर्तमान
समस्याहरू र तिनका हल इत्यादिमा चाख लिएर अनन्त दु:खकाण्डको
समस्याहरू र तिनका हल इत्यादिमा चाख लिएर अनन्त दुःखकाण्डको
अध्ययन गर्न खोज्नामा के मोहनीले मेरो आत्मा अग्रसर भयो भन्न म
अध्ययन गर्न खोज्नामा के मोहनीले मेरो आत्मा अग्रसर भयो भन्न म
सक्तिनँ । तर वास्तवमा क्रा त्यही छँदैछ-यो आत्मा खान चाहन्न, सुत्न
सक्तिनँ । तर वास्तवमा क्रा त्यही छँदैछ–यो आत्मा खान चाहन्न, सुत्न
चाहन्न, पढ्न चाहन्न, सहानुभूतिले डसिन चाहन्छ र अनन्तको वेदना
चाहन्न, पढ्न चाहन्न, सहानुभूतिले डसिन चाहन्छ र अनन्तको वेदना
उठाउन चाहन्छ ।
उठाउन चाहन्छ ।
Line 30: Line 30:
निस्केको छैन, न निस्किएला, तर सूक्ष्म कलाहरू अलिकति त्यसतर्फ
निस्केको छैन, न निस्किएला, तर सूक्ष्म कलाहरू अलिकति त्यसतर्फ
मद्दत गर्नेमा नाम लिइन सक्तछन्‌ । खालि प्रध्यातिको प्रेमले
मद्दत गर्नेमा नाम लिइन सक्तछन्‌ । खालि प्रध्यातिको प्रेमले
मानवआत्मालाई मतको[को पारसम्म पुन्याउन सक्तैन, न त ती जीवनका
मानवआत्मालाई मृत्युको पारसम्म पुर्याउन सक्तैन, न त ती जीवनका
मीठा प्रलोभनहरू सबै विजय गर्नामा सामर्थ्य दिन्छन्‌- जसको विजय
मीठा प्रलोभनहरू सबै विजय गर्नामा सामर्थ्य दिन्छन्‌– जसको विजय

Latest revision as of 13:46, 3 February 2025

This page has been proofread

उसलाई ठक्कर खानु, च्याँठ पाउनु र तैपनि एकहोरो अन्वेषणमा लागिरहनुसिवाय केही हुँदैन, यद्यपि शरीरका नसा जल्दै-दुट्दै शरीर नै चिता बनोस्‌ ।

तर मानव-आत्माको धुन अनौठो छ । असत्यबाट शान्ति पाउँदैन । अनेक भूलहरूमा पनि सत्यकै खोजमा लागिरहेको हुन्छ । ईश्वरको इच्छाले यो प्रकृतिको जडताले सत्यका झल्का मनाइरहोस्‌ तापनि आत्माले आफ्नो ढिपी छाड्दैन, र सत्य खोज्दाखोज्दै भूलभुलैया पसे पनि उसलाई आफ्नो ध्येयको प्राप्तिमा करोडौं अँधेरा कोठरीका उल्झनमा र ठक्करमा च्याँठ्ठिदै र सेलाउँदै हिंड्नैपर्छ ! यसकारण विचारको ठुँगाइ थाहा हुने पुरुषहरू पनि विचारको खेतीमा लाग्दछन्‌ र विलासका सामग्रीहरू पञ्छाएर बिचरा मासु र हाडको जीवनलाई सङ्कष्ट दिन्छन्‌ । म एक जनाकै दुःखहरू मेरा निमित्त प्रशस्त छँदै थिए, मेरा घाउ, मेरा नूकचूकहरू, अभावको ऐंडीले नूनतेल खोज्नलाई खुट्टा दौडाउनको काम प्रशस्त छँदै थियो र हजारौं कुराको क्षेत्रमा पसेर तकलीफ पाउन किन मन लाग्यो म भन्न सक्तिनँ । उसलाई अरू मनुष्यको स्वभाव, कर्म र सुखदुःख विचार गरेर गौर गर्नामा किन चाख लाग्यो, त्यसको बुझाइ छैन । संसारको स्वभाव, यसका दर्शन र आनन्द, यसका वियोग र संयोग, उल्झन र गडबड, त्यसको अतीत र भविष्य, यसका वर्तमान समस्याहरू र तिनका हल इत्यादिमा चाख लिएर अनन्त दुःखकाण्डको अध्ययन गर्न खोज्नामा के मोहनीले मेरो आत्मा अग्रसर भयो भन्न म सक्तिनँ । तर वास्तवमा क्रा त्यही छँदैछ–यो आत्मा खान चाहन्न, सुत्न चाहन्न, पढ्न चाहन्न, सहानुभूतिले डसिन चाहन्छ र अनन्तको वेदना उठाउन चाहन्छ ।

प्रख्यातिको प्रेम भनेर धेरै मनोवैज्ञानिकहरूले साहित्यप्रेमलाई बुझाउन चाहन्छन्‌, तर जस्तो विज्ञानले पनि वस्तुको सतहसम्म मात्र छोएर बोक्रे बुझावट दिन्छ, त्यस्तै मनोवैज्ञानिक पनि बोक्रे बोधले सन्तोष लिन्छ । मनुष्यका सम्पूर्ण आत्मा बुझाउने विद्या अहिलेसम्म निस्केको छैन, न निस्किएला, तर सूक्ष्म कलाहरू अलिकति त्यसतर्फ मद्दत गर्नेमा नाम लिइन सक्तछन्‌ । खालि प्रध्यातिको प्रेमले मानवआत्मालाई मृत्युको पारसम्म पुर्याउन सक्तैन, न त ती जीवनका मीठा प्रलोभनहरू सबै विजय गर्नामा सामर्थ्य दिन्छन्‌– जसको विजय