Jump to content

Page:Laxmi nibandhasangraha.pdf/25: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "क्रूर लडाइँ गर्दागर्दै उसको चेहरा हेरेर कोमल हुन्छु, मलाई स्वर्गको आगो चोर्न मन लाग्छ, जब उसको नजीक हिड्दै आउन लागेको देख्तछु! म अल्सी हुन सक्तिनँ उसका अगाडि, अनन्तसँग हरहमेशा जवा..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
क्रूर लडाइँ गर्दागर्दै उसको चेहरा हेरेर कोमल हुन्छु, मलाई स्वर्गको
क्रूर लडाइँ गर्दागर्दै उसको चेहरा हेरेर कोमल हुन्छु, मलाई स्वर्गको
आगो चोर्न मन लाग्छ, जब उसको नजीक हिड्दै आउन लागेको
आगो चोर्न मन लाग्छ, जब उसको नजीक हिंड्दै आउन लागेको
 
देख्तछु!
देख्तछु!


म अल्सी हुन सक्तिनँ उसका अगाडि, अनन्तसँग हरहमेशा
म अल्सी हुन सक्तिनँ उसका अगाडि, अनन्तसँग हरहमेशा
जवाफदेही राख्तछु ।
जवाफदेही राख्तछु ।


मलाई आटलास नामको राक्षस बनाएर अनन्त कालसम्म आकाश
मलाई आटलास नामको राक्षस बनाएर अनन्त कालसम्म आकाश
र नक्षत्रका भार बोकेर बस्‌ भने पनि म बस्न सक्तथें-खालि शिशुको
र नक्षत्रका भार बोकेर बस्‌ भने पनि म बस्न सक्तथें–खालि शिशुको
 
लागि । परमेश्वरका अनन्त दुःख बालकले गर्दा परमानन्द बनिरहेछन्‌ ।
लागि । परमेश्वरका अनन्त दुःख बालकले गर्दा परमानन्द बनिरहेछन्‌ ।
यत्रो विश्व बनाउनु, यसलाई पाल्नु, के दु:ख होओइन ? तर परमेश्वर
यत्रो विश्व बनाउनु, यसलाई पाल्नु, के दु:ख होओइन ? तर परमेश्वर
त्यो दुःख सहनुहुन्छ, किनकि बालकसँग परमेश्वरको प्रेम छ । बालक
त्यो दुःख सहनुहुन्छ, किनकि बालकसँग परमेश्वरको प्रेम छ । बालक
नभए पृथ्बी हरियो हुने थिइनन्‌ । ताराहरू त्यति टाढा बसेर सानासाना
नभए पृथ्वी हरियो हुने थिइनन्‌ । ताराहरू त्यति टाढा बसेर सानासाना
केटाकेटी जस्ता नीलो झूलभित्र छुनुमुनु गर्ने थिएनन्‌ । बालक नभए
केटाकेटी जस्ता नीलो झूलभित्र छुनुमुनु गर्ने थिएनन्‌ । बालक नभए
सूर्यको उज्यालो पृथ्वीमा गिर्न सक्ने थिएन । किन यत्रो भार बोक्छौ
सूर्यको उज्यालो पृथ्वीमा गिर्न सक्ने थिएन । किन यत्रो भार बोक्छौ
 
ईश्वर ? 'बालकको लागि ।' किन यति रोएको दुनियाँ ?– 'रक्षा गर्नाको
ईश्वर ? 'बालकको लागि ।' किन यति रोएको दुनियाँ ?- 'रक्षा गर्नाको
लागि ।' हामी यत्रो त्रिताप खप्तछौं किन ?– बालकको शिशुलाई रक्षा
 
लागि ।' हामी यत्रो त्रिताप खप्तछौं किन ?- बालकको शिशुलाई रक्षा
 
गर्न, पाल्न, पोस्न ।' बालक हाम्रा देवता हुन्‌ । दुनियाँको सारा कर्म
गर्न, पाल्न, पोस्न ।' बालक हाम्रा देवता हुन्‌ । दुनियाँको सारा कर्म
उनलाई पूजा गरिरहेछन्‌ । पृथ्वी अन्न उमार्छिन्‌ मनुष्यका छोरा-छोरी
उनलाई पूजा गरिरहेछन्‌ । पृथ्वी अन्न उमार्छिन्‌ मनुष्यका छोरा-छोरी
पाल्नाका निम्ति । 'तेरो सबभन्दा ठूलो धन के मान्छे ?'- 'मेरो नाबालक ।'
पाल्नाका निम्ति । 'तेरो सबभन्दा ठूलो धन के मान्छे ?'– 'मेरो नाबालक ।'
मर्दा के चाहन्छस्‌ तुल
मर्दा के चाहन्छस् मनुष्य ?– 'मेरो नाबालकको संरक्षण र तिनको भलाई।'
 
हे महायुद्धहो ! हे धर्मसमरहो ! किन तिमीहरू धरातललाई हल्लाउँछौ ?
हे महायुद्धहो ! हे
 
मेरो नाबालकको संरक्षण र तिनको भलाइ ।'
 
! किन तिमीहरू घरातललाई हल्लाउँछौ ?
 
'बालकको लागि ।' तब, जुन दिनदेखि म पिता बनेँ, म परमेश्वरको अंश
'बालकको लागि ।' तब, जुन दिनदेखि म पिता बनेँ, म परमेश्वरको अंश
 
लिएर संसारमा दुःख पाउन थालें । मेरा सब सांसारिक क्लेश शिशुका
लिएर संसारमा दुःख पाउन थालें । मेरा सब सोसारिक क्लेश शिशुका
प्रेमले आनन्द बनिरहेछन्‌ । म दुनियाँ बनाउन चाहन्छु, बिगार्न चाहन्नँ,
प्रेमले आनन्द बनिरहेछन्‌ । म दुनियाँ बनाउन चाहन्छु, बिगार्न चाहन्नँ,
किनभने म बालकहरूको प्रेमी छु ।
किनभने म बालकहरूको प्रेमी छु ।
१६८लक्ष्मी निबन्ध-संग्रह

Latest revision as of 13:32, 30 January 2025

This page has been proofread

क्रूर लडाइँ गर्दागर्दै उसको चेहरा हेरेर कोमल हुन्छु, मलाई स्वर्गको आगो चोर्न मन लाग्छ, जब उसको नजीक हिंड्दै आउन लागेको देख्तछु!

म अल्सी हुन सक्तिनँ उसका अगाडि, अनन्तसँग हरहमेशा जवाफदेही राख्तछु ।

मलाई आटलास नामको राक्षस बनाएर अनन्त कालसम्म आकाश र नक्षत्रका भार बोकेर बस्‌ भने पनि म बस्न सक्तथें–खालि शिशुको लागि । परमेश्वरका अनन्त दुःख बालकले गर्दा परमानन्द बनिरहेछन्‌ । यत्रो विश्व बनाउनु, यसलाई पाल्नु, के दु:ख होओइन ? तर परमेश्वर त्यो दुःख सहनुहुन्छ, किनकि बालकसँग परमेश्वरको प्रेम छ । बालक नभए पृथ्वी हरियो हुने थिइनन्‌ । ताराहरू त्यति टाढा बसेर सानासाना केटाकेटी जस्ता नीलो झूलभित्र छुनुमुनु गर्ने थिएनन्‌ । बालक नभए सूर्यको उज्यालो पृथ्वीमा गिर्न सक्ने थिएन । किन यत्रो भार बोक्छौ ईश्वर ? 'बालकको लागि ।' किन यति रोएको दुनियाँ ?– 'रक्षा गर्नाको लागि ।' हामी यत्रो त्रिताप खप्तछौं किन ?– बालकको शिशुलाई रक्षा गर्न, पाल्न, पोस्न ।' बालक हाम्रा देवता हुन्‌ । दुनियाँको सारा कर्म उनलाई पूजा गरिरहेछन्‌ । पृथ्वी अन्न उमार्छिन्‌ मनुष्यका छोरा-छोरी पाल्नाका निम्ति । 'तेरो सबभन्दा ठूलो धन के मान्छे ?'– 'मेरो नाबालक ।' मर्दा के चाहन्छस् मनुष्य ?– 'मेरो नाबालकको संरक्षण र तिनको भलाई।' हे महायुद्धहो ! हे धर्मसमरहो ! किन तिमीहरू धरातललाई हल्लाउँछौ ? 'बालकको लागि ।' तब, जुन दिनदेखि म पिता बनेँ, म परमेश्वरको अंश लिएर संसारमा दुःख पाउन थालें । मेरा सब सांसारिक क्लेश शिशुका प्रेमले आनन्द बनिरहेछन्‌ । म दुनियाँ बनाउन चाहन्छु, बिगार्न चाहन्नँ, किनभने म बालकहरूको प्रेमी छु ।