Page:Lalitya bhag 1 ra 2.pdf/121: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''शरणाऽऽगति'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} सबै हेरी जाँची विषय-सुखको चञ्चलपना ::जगत् सारा सम्झी निमिषभरको तुच्छ सपना । झुकी बिन्ती गर्दै रघुवर ! म लोटेँ चरणमा ::अजानै हो भन्ने समझि लिनुहोल..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Latest revision as of 21:17, 24 June 2025
This page has been proofread
शरणाऽऽगति
(१)
सबै हेरी जाँची विषय-सुखको चञ्चलपना
जगत् सारा सम्झी निमिषभरको तुच्छ सपना ।
झुकी बिन्ती गर्दै रघुवर ! म लोटेँ चरणमा
अजानै हो भन्ने समझि लिनुहोला शरणमा ॥
(२ )
दुराचारी व्याधा, अधम गणिका, भिल्ल, शबरी
सबैले पाएथे जुन मधुर कारुण्य-लहरी ।
उही पाऊँ भन्दै रघुवर ! म रुन्छू चरणमा
अजानै हो भन्ने समझि लिनुहोला शरणमा ॥