Page:Ek chihan.pdf/119: Difference between revisions
→Not proofread: Created page with "आएका देखिए । बढ्दै आएको बाढीले आफ्नो छाप्रो पनि घेरिसक्यो । डर, त्रास, भयको कुरा गरी साध्य भएन । शिवनारान, हाकुमाया र दुई छोराछोरी समेत चारै प्राणी ओसारामा उभिई बाढी बगिरहेको भयङ्कर..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
आएका देखिए । बढ्दै आएको बाढीले आफ्नो छाप्रो पनि | आएका देखिए । बढ्दै आएको बाढीले आफ्नो छाप्रो पनि घेरि सक्यो । डर, | ||
त्रास, भयको कुरा गरी साध्य भएन । शिव नारान, हाकुमाया र दुई छोराछोरी | |||
समेत चारै प्राणी ओसारामा उभिई बाढी बगि रहेको भयङ्कर दृश्य हेरी | |||
हेरीकन कोलाहल मच्चाउन थाले । आकाशबाट पानी परि नै रहेको थियो । | |||
घर्रघर्र घरहरू भत्केको आवाज पनि सुनिन थाल्यो । समुच्चा खेत जलमग्न, | |||
विष्णुमती र खेतको कुनै हद छुट्टिएको थिएन । भागेर पनि कहाँ जाने ? | |||
तपतप आँसु चुहि रहेको आँखाले एकबाजि आफ्नो खेतको चारैतिर हेरेर त्रस्त | |||
भावमा शिव नारान सोचि रहेका थिए– 'पोहोरको समेत कुत तिर्नु पर्छ । अब | |||
तल्सिङले के गर्ने हो । उसलाई कसरी रिझाउने ?" | |||
बाढीले असङ्ख्य माल, वस्तु, खेत, घर बगाउँदै ल्याएको | बाढीले असङ्ख्य माल, वस्तु, खेत, घर बगाउँदै ल्याएको देख्ता देख्तै, | ||
हेर्दाहेर्दै बाढीले आफ्नो खेत मात्र होइन, आफूहरू बसि रहेको छाप्रो समेत | |||
बगाउन थाल्यो । दुई छोराछोरी समेत शिव नारान र हाकुमायाहरू एकै | |||
डल्ला भई बाढीको भयङ्करता देखी चीत्कार गरि रहेकै थिए । कराउँदा | |||
कराउँदै गरर्र छाप्रो भत्किन थाल्यो र भँगालोको अँगालोमा बाढीले शिव | |||
नारानहरूलाई छाप्रो समेत हरर्र बगाएर लग्यो । | |||
बाढीमा बग्दै मृत्युको सास फेर्दाफेर्दै | बाढीमा बग्दै मृत्युको सास फेर्दाफेर्दै शिव नारानले चिन्ता लिइ रहेका | ||
थिए– 'घरमा रहेका मेरा भाइहरूलाई यस पालिको कुत समेतको बोझ | |||
लादिने भयो ।' | |||
एकै छिनमा अँगालोमा बाँधिइ रहेका चार प्राणी शिव नारान, हाकुमाया | |||
र दुई सन्तान लास भएर बग्दै बेपत्ता भए । | |||
अब तिनीहरूले तिरो तिर्न पनि ताप मान्नु पर्दैन, अनि तल्सिङले तिनीहरूलाई समात्न पनि सक्तैनन् | अब तिनीहरूले तिरो तिर्न पनि ताप मान्नु पर्दैन, अनि तल्सिङले | ||
तिनीहरूलाई समात्न पनि सक्तैनन् | |||
⬥ | {{c|⬥}} | ||
अष्टनारान ज्यापूको परिवार अब यस दुनियाँमा छैन । उनीहरूको नामसम्म पनि यहाँ रहँदैन । यहाँसम्म कि एघार सालको भयङ्कर बाढीको इतिहासको पानामा समेत पनि उनीहरूको नाम रहँदैन किनभने उनीहरू गरीब थिए, किसान थिए । | अष्टनारान ज्यापूको परिवार अब यस दुनियाँमा छैन । उनीहरूको | ||
नामसम्म पनि यहाँ रहँदैन । यहाँसम्म कि एघार सालको भयङ्कर बाढीको | |||
इतिहासको पानामा समेत पनि उनीहरूको नाम रहँदैन किनभने उनीहरू | |||
गरीब थिए, किसान थिए । | |||
{{nop}} |
Latest revision as of 23:16, 23 June 2025
आएका देखिए । बढ्दै आएको बाढीले आफ्नो छाप्रो पनि घेरि सक्यो । डर, त्रास, भयको कुरा गरी साध्य भएन । शिव नारान, हाकुमाया र दुई छोराछोरी समेत चारै प्राणी ओसारामा उभिई बाढी बगि रहेको भयङ्कर दृश्य हेरी हेरीकन कोलाहल मच्चाउन थाले । आकाशबाट पानी परि नै रहेको थियो । घर्रघर्र घरहरू भत्केको आवाज पनि सुनिन थाल्यो । समुच्चा खेत जलमग्न, विष्णुमती र खेतको कुनै हद छुट्टिएको थिएन । भागेर पनि कहाँ जाने ? तपतप आँसु चुहि रहेको आँखाले एकबाजि आफ्नो खेतको चारैतिर हेरेर त्रस्त भावमा शिव नारान सोचि रहेका थिए– 'पोहोरको समेत कुत तिर्नु पर्छ । अब तल्सिङले के गर्ने हो । उसलाई कसरी रिझाउने ?"
बाढीले असङ्ख्य माल, वस्तु, खेत, घर बगाउँदै ल्याएको देख्ता देख्तै, हेर्दाहेर्दै बाढीले आफ्नो खेत मात्र होइन, आफूहरू बसि रहेको छाप्रो समेत बगाउन थाल्यो । दुई छोराछोरी समेत शिव नारान र हाकुमायाहरू एकै डल्ला भई बाढीको भयङ्करता देखी चीत्कार गरि रहेकै थिए । कराउँदा कराउँदै गरर्र छाप्रो भत्किन थाल्यो र भँगालोको अँगालोमा बाढीले शिव नारानहरूलाई छाप्रो समेत हरर्र बगाएर लग्यो ।
बाढीमा बग्दै मृत्युको सास फेर्दाफेर्दै शिव नारानले चिन्ता लिइ रहेका थिए– 'घरमा रहेका मेरा भाइहरूलाई यस पालिको कुत समेतको बोझ लादिने भयो ।'
एकै छिनमा अँगालोमा बाँधिइ रहेका चार प्राणी शिव नारान, हाकुमाया र दुई सन्तान लास भएर बग्दै बेपत्ता भए ।
अब तिनीहरूले तिरो तिर्न पनि ताप मान्नु पर्दैन, अनि तल्सिङले तिनीहरूलाई समात्न पनि सक्तैनन्
अष्टनारान ज्यापूको परिवार अब यस दुनियाँमा छैन । उनीहरूको नामसम्म पनि यहाँ रहँदैन । यहाँसम्म कि एघार सालको भयङ्कर बाढीको इतिहासको पानामा समेत पनि उनीहरूको नाम रहँदैन किनभने उनीहरू गरीब थिए, किसान थिए ।