Page:Laxmi nibandhasangraha.pdf/15: Difference between revisions
→Not proofread: Created page with "पहाडी जीवन मलाई धेरै दिनदेखि पहाडी जीवन हेर्नाको चाख रहेको थियो । मैले गोसाईंथानयात्रामा पहाडहरू देखेको थिएँ, तर पहाडी जीवन देखेको थिइनँ । बाटामा जो देखियो सो प्रतिबिम्बित थिएन ।..." |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पहाडी जीवन | {{x-larger|'''पहाडी जीवन'''}} | ||
मलाई धेरै दिनदेखि पहाडी जीवन हेर्नाको चाख रहेको थियो । | मलाई धेरै दिनदेखि पहाडी जीवन हेर्नाको चाख रहेको थियो । | ||
मैले गोसाईंथानयात्रामा पहाडहरू देखेको थिएँ, तर पहाडी जीवन देखेको | मैले गोसाईंथानयात्रामा पहाडहरू देखेको थिएँ, तर पहाडी जीवन देखेको | ||
थिइनँ । बाटामा जो देखियो सो प्रतिबिम्बित थिएन । एक दुई झुप्रा, एक | थिइनँ । बाटामा जो देखियो सो प्रतिबिम्बित थिएन । एक दुई झुप्रा, एक | ||
दुई बजार, अरू वन, पहाड, बाटोसिवाय देखिएन । माथिमाथि त मनुष्य | दुई बजार, अरू वन, पहाड, बाटोसिवाय देखिएन । माथिमाथि त मनुष्य | ||
चरो झैं कहिले लेक-बेसी गर्ने जीवन लिंदा रहेछन्, र जहाँ कटेरो र | चरो झैं कहिले लेक-बेसी गर्ने जीवन लिंदा रहेछन्, र जहाँ कटेरो र | ||
भेडाहरू रहन्थे उहाँ हिउँदमा खालि तुसाराको निष्कण्टक राज्य मात्र | भेडाहरू रहन्थे उहाँ हिउँदमा खालि तुसाराको निष्कण्टक राज्य मात्र | ||
रहने हुँदो रहेछ । अर्को ठाउँमा मैले एउटा आलटालले झोपडीमा सिस्नु | रहने हुँदो रहेछ । अर्को ठाउँमा मैले एउटा आलटालले झोपडीमा सिस्नु | ||
पकाएर बच्चालाई खुवाउँदी आमासँग सोधेँ, 'तिमीहरू यहीं बस्तछौ ?' | |||
पकाएर बच्चालाई खुवाउँदी आमासँग सोधेँ, 'तिमीहरू | |||
उसले जवाफ दिई, 'हिउँदमा त यहाँ जमीनै देखिन्न ।' केटाकेटीहरू | उसले जवाफ दिई, 'हिउँदमा त यहाँ जमीनै देखिन्न ।' केटाकेटीहरू | ||
उसिनेको सिस्तासँग ढिँडो खान लागेका थिए, काँढाहरू अलिकति तातोले | उसिनेको सिस्तासँग ढिँडो खान लागेका थिए, काँढाहरू अलिकति तातोले | ||
मर्दा रहेछन् । तैपनि मानव अन्ननलीमा त्यस्तो काँढादार पदार्थले कुकुल्ढुक | मर्दा रहेछन् । तैपनि मानव अन्ननलीमा त्यस्तो काँढादार पदार्थले कुकुल्ढुक | ||
गर्ने ढिंडो घुचेट्दै पुलीसको काम दिएको देख्ता मलाई साह्रै नै दयनीय | |||
गर्ने | दृश्य देखेझैं लाग्यो । ती केटाकेटीहरू दुब्ला, ख्याउटे, रातोमाटे रोगनका, | ||
दृश्य | |||
चिथरादार बाउन्ने जातिका हाडे मान्छेका नमूना झौं अज्ञानका जङ्गली | चिथरादार बाउन्ने जातिका हाडे मान्छेका नमूना झौं अज्ञानका जङ्गली | ||
आश्चर्यदार आँखा उठाएर मलाई हेर्दथे । तिनका निम्ति जीवन दगुर्नु या | आश्चर्यदार आँखा उठाएर मलाई हेर्दथे । तिनका निम्ति जीवन दगुर्नु या | ||
घूलोमा खेल्नु थियो । आमा रहुञ्ज्याल माग्नेभन्दा एक कक्षाउपर | घूलोमा खेल्नु थियो । आमा रहुञ्ज्याल माग्नेभन्दा एक कक्षाउपर रहने-जस्ता थिए । मलाई मनमा लाग्यो कि बिचरा जङ्गली बिरुवाहरूलाई | ||
कठ्यांग्रिदो फूल खंग्य्राउने तुषारमय अज्ञान र दारिद्र्यबाट निकालेर | |||
आफ्नो घरमा | आफ्नो घरमा लैजाऊँ र विशाल संसारको सभ्य चमत्कृति र जीवनको | ||
होश अलिकति हालिदिउँ कि । मलाई अक्सर त्यहाँ शिशुहरू बटुल्न या | होश अलिकति हालिदिउँ कि । मलाई अक्सर त्यहाँ शिशुहरू बटुल्न या | ||
तालीम गर्न मन लाग्दछ जो टुहुरा, मरञ्च्याँसे र ज्यादा जङ्गली हुन्छन् । | तालीम गर्न मन लाग्दछ जो टुहुरा, मरञ्च्याँसे र ज्यादा जङ्गली हुन्छन् । | ||
तिनको भविष्य-निर्माणको सम्भावनामा उपन्यास बनेजस्तो देख्तछु र | तिनको भविष्य-निर्माणको सम्भावनामा उपन्यास बनेजस्तो देख्तछु र | ||
मलाई तिनको संस्कृत आत्माहरूले प्रतिभाशील उन्नतिमा देखाउने | मलाई तिनको संस्कृत आत्माहरूले प्रतिभाशील उन्नतिमा देखाउने | ||
कृतज्ञताभन्दा ठूलो प्राप्ति दुनियाँमा अरू लाग्दैन । तर समय र | कृतज्ञताभन्दा ठूलो प्राप्ति दुनियाँमा अरू लाग्दैन । तर समय र | ||
Latest revision as of 16:32, 29 January 2025
पहाडी जीवन
मलाई धेरै दिनदेखि पहाडी जीवन हेर्नाको चाख रहेको थियो । मैले गोसाईंथानयात्रामा पहाडहरू देखेको थिएँ, तर पहाडी जीवन देखेको थिइनँ । बाटामा जो देखियो सो प्रतिबिम्बित थिएन । एक दुई झुप्रा, एक दुई बजार, अरू वन, पहाड, बाटोसिवाय देखिएन । माथिमाथि त मनुष्य चरो झैं कहिले लेक-बेसी गर्ने जीवन लिंदा रहेछन्, र जहाँ कटेरो र भेडाहरू रहन्थे उहाँ हिउँदमा खालि तुसाराको निष्कण्टक राज्य मात्र रहने हुँदो रहेछ । अर्को ठाउँमा मैले एउटा आलटालले झोपडीमा सिस्नु पकाएर बच्चालाई खुवाउँदी आमासँग सोधेँ, 'तिमीहरू यहीं बस्तछौ ?' उसले जवाफ दिई, 'हिउँदमा त यहाँ जमीनै देखिन्न ।' केटाकेटीहरू उसिनेको सिस्तासँग ढिँडो खान लागेका थिए, काँढाहरू अलिकति तातोले मर्दा रहेछन् । तैपनि मानव अन्ननलीमा त्यस्तो काँढादार पदार्थले कुकुल्ढुक गर्ने ढिंडो घुचेट्दै पुलीसको काम दिएको देख्ता मलाई साह्रै नै दयनीय दृश्य देखेझैं लाग्यो । ती केटाकेटीहरू दुब्ला, ख्याउटे, रातोमाटे रोगनका, चिथरादार बाउन्ने जातिका हाडे मान्छेका नमूना झौं अज्ञानका जङ्गली आश्चर्यदार आँखा उठाएर मलाई हेर्दथे । तिनका निम्ति जीवन दगुर्नु या घूलोमा खेल्नु थियो । आमा रहुञ्ज्याल माग्नेभन्दा एक कक्षाउपर रहने-जस्ता थिए । मलाई मनमा लाग्यो कि बिचरा जङ्गली बिरुवाहरूलाई कठ्यांग्रिदो फूल खंग्य्राउने तुषारमय अज्ञान र दारिद्र्यबाट निकालेर आफ्नो घरमा लैजाऊँ र विशाल संसारको सभ्य चमत्कृति र जीवनको होश अलिकति हालिदिउँ कि । मलाई अक्सर त्यहाँ शिशुहरू बटुल्न या तालीम गर्न मन लाग्दछ जो टुहुरा, मरञ्च्याँसे र ज्यादा जङ्गली हुन्छन् । तिनको भविष्य-निर्माणको सम्भावनामा उपन्यास बनेजस्तो देख्तछु र मलाई तिनको संस्कृत आत्माहरूले प्रतिभाशील उन्नतिमा देखाउने कृतज्ञताभन्दा ठूलो प्राप्ति दुनियाँमा अरू लाग्दैन । तर समय र