Jump to content

Page:Ek chihan.pdf/95: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{left|{{larger|'''पच्चीस'''}}}}
{{left|{{larger|'''पच्चीस'''}}}}


शिव नारान आज साबिक समयमा खेतमा गए । आजदेखि उनले  
शिव नारान आज साबिक झैँ समयमा खेतमा गए । आजदेखि उनले  
नानीथकुँलाई पनि खेतमा लैजान सुरु गरे । रोपाइँ सकिएकाले खेतको सुरक्षाका  
नानीथकुँलाई पनि खेतमा लैजान सुरु गरे । रोपाइँ सकिएकाले खेतको सुरक्षाका  
लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त  
लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त  
Line 12: Line 12:
कसैले चाहे बाजा नै बजाओस्, सितिमिति उनी चाल पाउँदैनथिन् ।
कसैले चाहे बाजा नै बजाओस्, सितिमिति उनी चाल पाउँदैनथिन् ।


आज पनि हाकुमाया निदाउन निदाउन खोजिरहेकी थिइन्, शिव
आज पनि हाकुमाया निदाउन निदाउन खोजि रहेकी थिइन्, शिव
नारानले ठट्टा गर्दै भने– "छि: कति सुत्नुपर्ने मानिस ! एकछिन ठट्टा त  
नारानले ठट्टा गर्दै भने– "छिः कति सुत्नु पर्ने मानिस ! एक छिन ठट्टा त  
गर, तरुनी नै होइन जस्तो ! बत्ती निभाएर अँध्यारो भइरहेको यो कोठामा  
गर, तरुनी नै होइन जस्तो ! बत्ती निभाएर अँध्यारो भइ रहेको यो कोठामा  
आफ्नो दाँत देखाएर उज्यालो त पार । सुतेको हेरेर बस्नुपयो भने मलाई  
आफ्नो दाँत देखाएर उज्यालो त पार । सुतेको हेरेर बस्नुपर्‍यो भने मलाई  
शुक्ल पक्षका चन्द्रमालाई कालो कपडाले छोपिराखेको जस्तो लाग्छ ।"
शुक्ल पक्षका चन्द्रमालाई कालो कपडाले छोपि राखेको जस्तो लाग्छ ।"


"छि: बुढो भएर पनि कति ठट्टा गर्नुपर्ने !" हाकुमाया मुसुक्क हाँसिन्
"छिः बुढो भइ सकेर पनि कति ठट्टा गर्नु पर्ने अझ !" मुसुक्क हाँसेर
हाकुमायाले भनिन् ।  


"तिम्रो यौवनमा खेलिरहेका तिम्रा ती दुवै हाँस्ता आँखा र हिसी परेका  
"तिम्रो यौवनमा खेलि रहेका तिम्रा ती दुवै हाँस्ता आँखा र हिसी परेका  
परेलाका ती दुवै प्वालहरूले उत्तिकै तान्दै छन्, कहाँ तिमी मलाई बुढो  
परेलाका ती दुवै प्वालहरूले उत्तिकै तान्दै छन्, कहाँ तिमी मलाई बुढो  
भन्छ्यौ ?" शिव नारानले पनि हाँसेर भने ।
भन्छ्यौ ?" शिव नारानले पनि हाँसेर भने ।
{{nop}}
{{nop}}

Latest revision as of 15:52, 23 June 2025

This page has been proofread
पच्चीस

शिव नारान आज साबिक झैँ समयमा खेतमा गए । आजदेखि उनले नानीथकुँलाई पनि खेतमा लैजान सुरु गरे । रोपाइँ सकिएकाले खेतको सुरक्षाका लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त पनि शिव नारानले गरे । खास गरेर शिव नारानको कोठाको एक परिवार खेतैमा बस्न थाल्यो । नानीथकुँ र पुन नारानकी स्वास्नी, अनि उनका दुई केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्किन्थे ।

शिव नारानकी स्वास्नी हाकुमायाको नीद अलि चर्को छ । सुत्नासाथै उनी घुर्रघुर्र घुरेर सिङ्गै रात खान सक्थिन् । उनी सुतेको ठाउँमा आएर कसैले चाहे बाजा नै बजाओस्, सितिमिति उनी चाल पाउँदैनथिन् ।

आज पनि हाकुमाया निदाउन निदाउन खोजि रहेकी थिइन्, शिव नारानले ठट्टा गर्दै भने– "छिः कति सुत्नु पर्ने मानिस ! एक छिन ठट्टा त गर, तरुनी नै होइन जस्तो ! बत्ती निभाएर अँध्यारो भइ रहेको यो कोठामा आफ्नो दाँत देखाएर उज्यालो त पार । सुतेको हेरेर बस्नुपर्‍यो भने मलाई शुक्ल पक्षका चन्द्रमालाई कालो कपडाले छोपि राखेको जस्तो लाग्छ ।"

"छिः बुढो भइ सकेर पनि कति ठट्टा गर्नु पर्ने अझ !" मुसुक्क हाँसेर हाकुमायाले भनिन् ।

"तिम्रो यौवनमा खेलि रहेका तिम्रा ती दुवै हाँस्ता आँखा र हिसी परेका परेलाका ती दुवै प्वालहरूले उत्तिकै तान्दै छन्, कहाँ तिमी मलाई बुढो भन्छ्यौ ?" शिव नारानले पनि हाँसेर भने ।