Page:Ek chihan.pdf/90: Difference between revisions
→Not proofread: Created page with ""बडो खुसी लाग्यो, म ईश्वरसँग पुकारा गर्दछु, तिम्रो खेतमा यसपालि राम्रो बाली फलोस् । अरू कामलाई पनि यदि तिमीलाई मद्दतको खाँचो छ भने भन शिवनारान । सुब्बासाहेबसित म बिन्ती गरिदिनेछु ।"..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"बडो खुसी लाग्यो, म ईश्वरसँग पुकारा गर्दछु, तिम्रो खेतमा | "बडो खुसी लाग्यो, म ईश्वरसँग पुकारा गर्दछु, तिम्रो खेतमा यस पालि | ||
राम्रो बाली फलोस् । अरू कामलाई पनि यदि तिमीलाई मद्दतको खाँचो छ भने | |||
भन शिव नारान । सुब्बा साहेबसित म बिन्ती गरि दिने छु ।" स्नेहपूर्ण भावमा | |||
राम बहादुरले भने । | |||
"धन्यवाद छ तपाईंको यो कृपालाई पनि | "धन्यवाद छ तपाईंको यो कृपालाई पनि राम बहादुरजी । अहिले | ||
मलाई केही खाँचो छैन, कुनै कुराको जरुरत परेमा तपाईंहरू भइ हाल्नु हुन्छ | |||
नि भन्ने याद गरी म भरोसा गर्नेछु ।" खुसी मान्दै शिव नारानले भने । | |||
"कति चाँडो तिम्रो खेतमा रोपाइँ सिद्धिएको | "कति चाँडो तिम्रो खेतमा रोपाइँ सिद्धिएको शिव नारान ? सायद | ||
सबभन्दा पहिले रोपाइँ भएको यस पालि तिम्रै खेतमा हो कि ?" राम बहादुरले | |||
भने । | |||
" | "सबभन्दा पहिले मेरै खेतमा रोपाइँ भएकै होला भन्न त म सक्तिनँ | ||
तर यस पालि मेरो रोपाईं चाँडै नै सिद्धियो भन्नु पर्छ ।" हाँस्तै शिव | |||
नारानले भने । | |||
" | "त्यसो भए अहिलेलाई केही मद्दत चाहिँदैन होइन ? सुब्बा साहेबलाई | ||
त्यही बिन्ती चढाइ दिऊँ है त ? हाम्रा सुब्बा साहेबको दिल ज्यादै फराकिलो | |||
छ हगि शिव नारान ? हिजोआज त्यस्ता देउता कहाँ पाउन सकिन्छ ? कत्रो | |||
विवेक हेर उहाँको ! भन त शिव नारान ! तिमीलाई कस्तो लाग्छ सुब्बा | |||
साहेब ?" राम बहादुरले सुब्बा सुरमानको तारिफ गर्दै भने । | |||
" | "अँ, त्यसै भन्नु पर्छ, त्यस्ता मानिस कहाँ पाउनु !" | ||
"ए | "त्यसैले मैले पनि जोर गरेको शिव नारान ! तिमी सधैँ खेतमा हुने | ||
हुनाले तिम्री आमालाई जम्मै कुरा भनेर गएको थिएँ । 'आज पक्का जबाफ | |||
दिन्छु' भनी तिम्री आमाले भनेकीले त्यस कुराका निम्ति म आज यहाँ आएको | |||
हुँ । मेरो भाग्यले झन् आज तिमीलाई नै भेट्न पाएँ ।" सिलसिला मिलाउँदै | |||
राम बहादुरले मौका छोपेर भने । | |||
"ए राम बहादुरजी ! तपाईं नरिसाउनु होला ।" विनम्र भावमा शिव | |||
नारानले भने– "तपाईंले गर्नु भएको कुरा नहुने भयो, तपाईंलाई बिनसित्ति | |||
झुलाएर आशा देखाइ राख्नु मनासिब छैन, मेरो त्यस्तो बानी पनि छैन । सफा | |||
भनि दिन म राम्रो ठान्दछु । कुराको मजबुन यही हो कि तपाईंले गर्नु भएको | |||
कुरा हामीलाई बिलकुल मन्जुर भएन ।" | |||
{{nop}} |
Latest revision as of 15:32, 23 June 2025
"बडो खुसी लाग्यो, म ईश्वरसँग पुकारा गर्दछु, तिम्रो खेतमा यस पालि राम्रो बाली फलोस् । अरू कामलाई पनि यदि तिमीलाई मद्दतको खाँचो छ भने भन शिव नारान । सुब्बा साहेबसित म बिन्ती गरि दिने छु ।" स्नेहपूर्ण भावमा राम बहादुरले भने ।
"धन्यवाद छ तपाईंको यो कृपालाई पनि राम बहादुरजी । अहिले मलाई केही खाँचो छैन, कुनै कुराको जरुरत परेमा तपाईंहरू भइ हाल्नु हुन्छ नि भन्ने याद गरी म भरोसा गर्नेछु ।" खुसी मान्दै शिव नारानले भने ।
"कति चाँडो तिम्रो खेतमा रोपाइँ सिद्धिएको शिव नारान ? सायद सबभन्दा पहिले रोपाइँ भएको यस पालि तिम्रै खेतमा हो कि ?" राम बहादुरले भने ।
"सबभन्दा पहिले मेरै खेतमा रोपाइँ भएकै होला भन्न त म सक्तिनँ तर यस पालि मेरो रोपाईं चाँडै नै सिद्धियो भन्नु पर्छ ।" हाँस्तै शिव नारानले भने ।
"त्यसो भए अहिलेलाई केही मद्दत चाहिँदैन होइन ? सुब्बा साहेबलाई त्यही बिन्ती चढाइ दिऊँ है त ? हाम्रा सुब्बा साहेबको दिल ज्यादै फराकिलो छ हगि शिव नारान ? हिजोआज त्यस्ता देउता कहाँ पाउन सकिन्छ ? कत्रो विवेक हेर उहाँको ! भन त शिव नारान ! तिमीलाई कस्तो लाग्छ सुब्बा साहेब ?" राम बहादुरले सुब्बा सुरमानको तारिफ गर्दै भने ।
"अँ, त्यसै भन्नु पर्छ, त्यस्ता मानिस कहाँ पाउनु !"
"त्यसैले मैले पनि जोर गरेको शिव नारान ! तिमी सधैँ खेतमा हुने हुनाले तिम्री आमालाई जम्मै कुरा भनेर गएको थिएँ । 'आज पक्का जबाफ दिन्छु' भनी तिम्री आमाले भनेकीले त्यस कुराका निम्ति म आज यहाँ आएको हुँ । मेरो भाग्यले झन् आज तिमीलाई नै भेट्न पाएँ ।" सिलसिला मिलाउँदै राम बहादुरले मौका छोपेर भने ।
"ए राम बहादुरजी ! तपाईं नरिसाउनु होला ।" विनम्र भावमा शिव नारानले भने– "तपाईंले गर्नु भएको कुरा नहुने भयो, तपाईंलाई बिनसित्ति झुलाएर आशा देखाइ राख्नु मनासिब छैन, मेरो त्यस्तो बानी पनि छैन । सफा भनि दिन म राम्रो ठान्दछु । कुराको मजबुन यही हो कि तपाईंले गर्नु भएको कुरा हामीलाई बिलकुल मन्जुर भएन ।"