Page:Lalitya bhag 1 ra 2.pdf/82: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''नारद र विज्ञान'''}}}} {{start center block}} <poem> '''नारद'''- यस्तो नील अनन्त शून्य पथमा यो लम्कने कौन हो ? '''विज्ञान'''- मेरो नाम मुनीन्द्र ! विश्वभरमा विख्यात विज्ञान हो । '''नारद'''- लम्कन्छौ किन दूर-दूर नभ..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Latest revision as of 14:32, 23 June 2025
This page has been proofread
नारद र विज्ञान
नारद- यस्तो नील अनन्त शून्य पथमा यो लम्कने कौन हो ?
विज्ञान- मेरो नाम मुनीन्द्र ! विश्वभरमा विख्यात विज्ञान हो ।
नारद- लम्कन्छौ किन दूर-दूर नभमा ?
विज्ञान- बस्ती नयाँ खोजन ।
नारद- आँट्यौ के ग्रह-गोलमा पनि कुनै उत्पात मच्चाउन ?
विज्ञान- चाँडै पुग्न सके अहा !! ग्रह सबै खाने थिए ठक्कर ।
नारद- ज्योतिश्चक्र पनी मनुष्य पशु झैँ स्वार्थी र अन्धो छ र ?
विज्ञान- बन्छन् अन्ध सबै पर्यो यदि भने मेरो प्रभा भासुर ।
नारद- यस्मा के छ सबूत ?
विज्ञान- के भुलनुभो, सङ्ग्राम देवाऽसुर ?