Jump to content

Page:Ek chihan.pdf/85: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
उभिरहेको आकाशमाथि हिलेपानीको वृष्टि गराउन थाले । डाक्टर गोदत्त
उभि रहेको आकाशमाथि हिले पानीको वृष्टि गराउन थाले । डाक्टर गोदत्त
प्रसाद यताउति भाग्दै थिए । मस्त भएर नानीथकुँ उनलाई हात समाएर तानी  
प्रसाद यताउति भाग्दै थिए । मस्त भएर नानीथकुँ उनलाई हात समाएर तानी  
खेतमा खसाल्न पुगिन् । यो देखेर खेतालाहरू झन् मस्त भएर हाँस्न थाले ।
खेतमा खसाल्न पुगिन् । यो देखेर खेतालाहरू झन् मस्त भएर हाँस्न थाले ।
Line 8: Line 8:


डाक्टर गोदत्त प्रसाद रोपाइँ राम्रै सिद्ध्याएर मात्र घर फर्के । उनी  
डाक्टर गोदत्त प्रसाद रोपाइँ राम्रै सिद्ध्याएर मात्र घर फर्के । उनी  
फर्कंदा खेतालाहरूले बडो सत्कारसाथ अभिवादन गरेका थिए । नानीथकुँका  
फर्कंदा खेतालाहरूले बडो सत्कार साथ अभिवादन गरेका थिए । नानीथकुँका  
अरू दाजुहरूले पनि डाक्टरलाई सत्कारसाथ अभिवादन गरे । त्यस दिन  
अरू दाजुहरूले पनि डाक्टरलाई सत्कार साथ अभिवादन गरे । त्यस दिन  
शिव नारान पनि उनलाई अभिवादन नगरिरहन सकेनन् ।
शिव नारान पनि उनलाई अभिवादन नगरिरहन सकेनन् ।
{{nop}}
{{nop}}

Latest revision as of 22:53, 22 June 2025

This page has been proofread

उभि रहेको आकाशमाथि हिले पानीको वृष्टि गराउन थाले । डाक्टर गोदत्त प्रसाद यताउति भाग्दै थिए । मस्त भएर नानीथकुँ उनलाई हात समाएर तानी खेतमा खसाल्न पुगिन् । यो देखेर खेतालाहरू झन् मस्त भएर हाँस्न थाले ।

नानीथकुँको यो काम रोपाइँको मस्तीमा मस्त भएर पनि शिव नारानलाई खट्कन थाल्यो । अनि नानीथकुँमाथि आँखा तरेर अलि रिसाएको भावमा शिव नारानले भने– "नानीथकुँ ! यो बढ्ता भयो, धेरै वाहियाती नबन ।"

डाक्टर गोदत्त प्रसाद रोपाइँ राम्रै सिद्ध्याएर मात्र घर फर्के । उनी फर्कंदा खेतालाहरूले बडो सत्कार साथ अभिवादन गरेका थिए । नानीथकुँका अरू दाजुहरूले पनि डाक्टरलाई सत्कार साथ अभिवादन गरे । त्यस दिन शिव नारान पनि उनलाई अभिवादन नगरिरहन सकेनन् ।