Page:Ek chihan.pdf/82: Difference between revisions
→Not proofread: Created page with "तेइस आज शिवनारानको खेतमा रोपाइँ भइरहेको छ । रोपाइँको दिन हुनाले पुननारान र हर्षनारान पनि अर्काको काममा नगई खेतमा रोपाइँ गर्न जुटिरहेका छन् । लतमाया र नानीथकुं पनि रोपाइँमा लागिर..." |
|||
(3 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
तेइस | {{right|{{larger|'''तेइस'''}}}} | ||
आज | |||
आज शिव नारानको खेतमा रोपाइँ भइ रहेको छ । आज आफ्नो | |||
खेतको रोपाइँको दिन हुनाले पुन नारान र हर्ष नारान पनि आफ्नो सिकर्मी र | |||
ज्यामीको काममा नगई खेतमा रोपाइँ गर्न जुटि रहेका छन् । लतमाया र | |||
नानीथकुँ पनि रोपाइँमा लागिरहेका छन् । आज शिव नारानको परिवारका | |||
सारा सदस्य सोपाइँको काममा मग्नमस्त छन् । सब खुसी, दङ्ग भएर, नाचेर | |||
रोपाइँ गरि रहेका छन् । नानीथकुँ उपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको | |||
थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा | |||
समस्या अल्झि रहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी | |||
सदस्यहरू सरह नै नानीथकुँ पनि खुसी छिन्, दङ्ग छिन्, आनन्दमा मस्त | |||
छिन् । उनी पनि अरू सरह नाच्तै गाउँदै मस्तानामा कुदि रहेकी छिन् किनभने | |||
नानीथकुँलाई राम्ररी थाहा छ, उनका बाबु अष्ट नारानलाई रोपाइँको दिनमा | |||
जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई | |||
त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि । | |||
रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्म आह्वान गरेको दिन | |||
सम्झन्थे । यस कारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन | |||
भए तापनि 'आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको | |||
आत्मालाई आघात पुऱ्याउनु हो' भन्ने सम्झेर नानीथकुँ दुःखमा पनि सुखको | |||
अनुभव, अनुभूति गरी हर्ष मनाइ रहेकी हुन् । | |||
{{nop}} |
Latest revision as of 22:41, 22 June 2025
तेइस
आज शिव नारानको खेतमा रोपाइँ भइ रहेको छ । आज आफ्नो खेतको रोपाइँको दिन हुनाले पुन नारान र हर्ष नारान पनि आफ्नो सिकर्मी र ज्यामीको काममा नगई खेतमा रोपाइँ गर्न जुटि रहेका छन् । लतमाया र नानीथकुँ पनि रोपाइँमा लागिरहेका छन् । आज शिव नारानको परिवारका सारा सदस्य सोपाइँको काममा मग्नमस्त छन् । सब खुसी, दङ्ग भएर, नाचेर रोपाइँ गरि रहेका छन् । नानीथकुँ उपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा समस्या अल्झि रहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी सदस्यहरू सरह नै नानीथकुँ पनि खुसी छिन्, दङ्ग छिन्, आनन्दमा मस्त छिन् । उनी पनि अरू सरह नाच्तै गाउँदै मस्तानामा कुदि रहेकी छिन् किनभने नानीथकुँलाई राम्ररी थाहा छ, उनका बाबु अष्ट नारानलाई रोपाइँको दिनमा जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि । रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्म आह्वान गरेको दिन सम्झन्थे । यस कारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन भए तापनि 'आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको आत्मालाई आघात पुऱ्याउनु हो' भन्ने सम्झेर नानीथकुँ दुःखमा पनि सुखको अनुभव, अनुभूति गरी हर्ष मनाइ रहेकी हुन् ।