Jump to content

Page:Ek chihan.pdf/81: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
हिँड्न सक्तैन, पाउँदैन । त्यसैले जीवनमा अभिभावकहरू हुनु बेसै छ, यो  
हिँड्न सक्तैन, पाउँदैन । त्यसैले जीवनमा अभिभावकहरू हुनु बेसै छ, यो  
सौभाग्यको कुरा हो र अभिभावकहरूले यस कुराको ख्याल विचार राम्ररी  
सौभाग्यको कुरा हो र अभिभावकहरूले यस कुराको ख्याल विचार राम्ररी  
पुऱ्याउनुपर्छ ।" शिवनारानले बडो गम्भीर भएर भने ।
पुऱ्याउनु पर्छ ।" शिव नारानले बडो गम्भीर भएर भने ।


"दाइले ठीक भन्नुभयो, म पनि दाइको यो विचारको स्वागत र समर्थन  
"दाइले ठीक भन्नु भयो, म पनि दाइको यो विचारको स्वागत र समर्थन  
गर्दछु ।" पुननारानले हर्ष प्रकट गर्दै भने । शिवनारानले फेरि हर्षनारान
गर्दछु ।" पुन नारानले हर्ष प्रकट गर्दै भने । शिव नारानले फेरि हर्ष नारानलाई
लाई ताकेर भने- "अहिले तिमीले कसैकी स्वास्नी नबनेकी, प्रेमिका नबनेकी र बुढी  
ताकेर भने– "अहिले तिमीले कसैकी स्वास्नी नबनेकी, प्रेमिका नबनेकी र बुढी  
तथा बच्ची भएर बेजोडा नभएकी जोकोही स्वास्नीमान्छेसित प्रेम गर्न सक्तछौ,  
तथा बच्ची भएर बेजोडा नभएकी जो कोही स्वास्नी मान्छेसित प्रेम गर्न सक्तछौ,  
ल्याउन सक्तछौ, यसमा म कत्ति बिघ्नबाधा नगरीकन तिमीलाई पूरा स्वतन्त्रता  
ल्याउन सक्तछौ, यसमा म कत्ति बिघ्न बाधा नगरीकन तिमीलाई पुरा स्वतन्त्रता  
दिन सक्तछु; तर त्यसो नभईकन तिमीले कसैकी स्वास्नी, आमा, प्रेमिकालाई  
दिन सक्तछु; तर त्यसो नभईकन तिमीले कसैकी स्वास्नी, आमा, प्रेमिकालाई  
फकाएर वा उडाएर ल्यायौ भने त्यसलाई म प्रेम वा स्वतन्त्रता कहिल्यै भन्दिनँ ।  
फकाएर वा उडाएर ल्यायौ भने त्यसलाई म प्रेम वा स्वतन्त्रता कहिल्यै भन्दिनँ ।  
Line 14: Line 14:


दाजुभाइका कुरामा अबेर भएको देखेर आखिरमा लतमायाले यो प्रसङ्ग  
दाजुभाइका कुरामा अबेर भएको देखेर आखिरमा लतमायाले यो प्रसङ्ग  
नै मेटाउन खोजेर भनिन्- "अहो ! हुनसम्मको अबेर भइसक्यो, कुन बेला भात  
नै मेटाउन खोजेर भनिन्– "अहो ! हुनसम्मको अबेर भइ सक्यो, कुन वेला भात  
पकाउने र खाने ? दिनभरि काम गरेर सबै भोकाएका होलान् । भैगो, अब  
पकाउने र खाने ? दिनभरि काम गरेर सबै भोकाएका होलान् । भइगो, अब  
गन्थन बन्द गर । भोलि हाम्रो रोपाइँको दिन पनि हो, भोलिदेखि नानीथकुंलाई
गन्थन बन्द गर । भोलि हाम्रो रोपाइँको दिन पनि हो, भोलिदेखि नानीथकुँलाई
पनि दिनभरि खेतैमा लगी काम गराइराख्ने गर । म एक्लै घरमा बसी तान  
पनि दिनभरि खेतैमा लगी काम गराइ राख्ने गर । म एक्लै घरमा बसी तान  
चलाइरहन्छु, मलाई केही डर छैन । म बुढी मानिसलाई कसले के गर्ला ? अनि  
चलाइ रहन्छु, मलाई केही डर छैन । म बुढी मानिसलाई कसले के गर्ला ? अनि  
डाक्टरसाक्टरको कुरै मेटिएर जान्छ, ‘न रहे बाँस न बजे बाँसुरी ।’
डाक्टरसाक्टरको कुरै मेटिएर जान्छ, 'न रहे बाँस न बजे बाँसुरी ।'


पुननारान, हर्षनारान दुवैले एकै स्वरमा भने- "ठीक छ, आमाले  
पुन नारान, हर्ष नारान दुवैले एकै स्वरमा भने– "ठिक छ, आमाले  
ठीक भन्नुभयो । त्यसै गर्नुपर्ला अनि आफैँ समस्या हल हुन्छ ।"
ठीक भन्नु भयो । त्यसै गर्नु पर्ला अनि आफैँ समस्या हल हुन्छ ।"


शिवनारानले रिसाएर चुरचुर भइरहेको आफ्नो चेहरामा मुस्कानको  
शिव नारानले रिसाएर चुरचुर भइ रहेको आफ्नो चेहरामा मुस्कानको  
भाव नचाएर यस कुरालाई अभिवादन गरे ।
भाव नचाएर यस कुरालाई अभिवादन गरे ।


अनि सबै आआफ्नो काम र ठाउँमा गए ।
अनि सबै आआफ्नो काम र ठाउँमा गए ।


तर नानीथकुं हृदयमा वेदना बोकेर तानकोठामा त्यसै उभिरहिन् ।  
तर नानीथकुँ हृदयमा वेदना बोकेर तान कोठामा त्यसै उभि रहिन् ।  
त्यहाँ उनी एक्लै थिइन् । साँझ बितेर बेलुकी भइसक्यो, नानीथकुं त्यही  
त्यहाँ उनी एक्लै थिइन् । साँझ बितेर बेलुकी भइ सक्यो, नानीथकुँ त्यही  
अँध्यारो कोठामा बसी आफूमाथि गुज्रिरहेको सबै कुरा मनमनै गुनि
अँध्यारो कोठामा बसी आफूमाथि गुज्रि रहेको सबै कुरा मनमनै गुनि
रहेकी थिइन् ।
रहेकी थिइन् ।
{{nop}}
{{nop}}

Latest revision as of 22:36, 22 June 2025

This page has been proofread

सुपात्र र कुपात्र हुन्छ । यी सब कुरालाई, बाटोलाई, तबरलाई नाघेर मानिस हिँड्न सक्तैन, पाउँदैन । त्यसैले जीवनमा अभिभावकहरू हुनु बेसै छ, यो सौभाग्यको कुरा हो र अभिभावकहरूले यस कुराको ख्याल विचार राम्ररी पुऱ्याउनु पर्छ ।" शिव नारानले बडो गम्भीर भएर भने ।

"दाइले ठीक भन्नु भयो, म पनि दाइको यो विचारको स्वागत र समर्थन गर्दछु ।" पुन नारानले हर्ष प्रकट गर्दै भने । शिव नारानले फेरि हर्ष नारानलाई ताकेर भने– "अहिले तिमीले कसैकी स्वास्नी नबनेकी, प्रेमिका नबनेकी र बुढी तथा बच्ची भएर बेजोडा नभएकी जो कोही स्वास्नी मान्छेसित प्रेम गर्न सक्तछौ, ल्याउन सक्तछौ, यसमा म कत्ति बिघ्न बाधा नगरीकन तिमीलाई पुरा स्वतन्त्रता दिन सक्तछु; तर त्यसो नभईकन तिमीले कसैकी स्वास्नी, आमा, प्रेमिकालाई फकाएर वा उडाएर ल्यायौ भने त्यसलाई म प्रेम वा स्वतन्त्रता कहिल्यै भन्दिनँ । त्यो सरासर बदमासी हो, चोरी हो, डकैती हो ।"

दाजुभाइका कुरामा अबेर भएको देखेर आखिरमा लतमायाले यो प्रसङ्ग नै मेटाउन खोजेर भनिन्– "अहो ! हुनसम्मको अबेर भइ सक्यो, कुन वेला भात पकाउने र खाने ? दिनभरि काम गरेर सबै भोकाएका होलान् । भइगो, अब गन्थन बन्द गर । भोलि हाम्रो रोपाइँको दिन पनि हो, भोलिदेखि नानीथकुँलाई पनि दिनभरि खेतैमा लगी काम गराइ राख्ने गर । म एक्लै घरमा बसी तान चलाइ रहन्छु, मलाई केही डर छैन । म बुढी मानिसलाई कसले के गर्ला ? अनि डाक्टरसाक्टरको कुरै मेटिएर जान्छ, 'न रहे बाँस न बजे बाँसुरी ।'

पुन नारान, हर्ष नारान दुवैले एकै स्वरमा भने– "ठिक छ, आमाले ठीक भन्नु भयो । त्यसै गर्नु पर्ला अनि आफैँ समस्या हल हुन्छ ।"

शिव नारानले रिसाएर चुरचुर भइ रहेको आफ्नो चेहरामा मुस्कानको भाव नचाएर यस कुरालाई अभिवादन गरे ।

अनि सबै आआफ्नो काम र ठाउँमा गए ।

तर नानीथकुँ हृदयमा वेदना बोकेर तान कोठामा त्यसै उभि रहिन् । त्यहाँ उनी एक्लै थिइन् । साँझ बितेर बेलुकी भइ सक्यो, नानीथकुँ त्यही अँध्यारो कोठामा बसी आफूमाथि गुज्रि रहेको सबै कुरा मनमनै गुनि रहेकी थिइन् ।