Jump to content

Page:Ek chihan.pdf/80: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा  
"म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा  
गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ?  
गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ?  
भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको दिनहुँ इलाज गर्न  
भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको त्यो दिनहुँ इलाज गर्न  
आउँछ ?"
आउँछ ?"


नानीथकुं एक शब्द बोलिनन् । शिवनारानले बोलेका कुरा भित्ताको  
नानीथकुँ एक शब्द बोलिनन् । शिव नारानले बोलेका कुरा भित्ताको  
मयूरले झैं केवल सुनिरहिन् । लतमायाले पनि केही बोलिनन् । यत्तिकैमा पुन
मयूरले झैँ केवल सुनि रहिन् । लतमायाले पनि केही बोलिनन् । यत्तिकैमा पुन
नारान, हर्षनारान, हाकुमाया सब दैनन्दिन काम सकेर घरभित्र पस्न थाले ।  
नारान, हर्ष नारान, हाकुमाया सब दैनन्दिन काम सकेर घरभित्र पस्न थाले ।  
उनीहरू आउँदा पनि शिवनारान कराइ नै रहेका थिए । एकछिन जिल्ल परेर  
उनीहरू आउँदा पनि शिव नारान कराइ नै रहेका थिए । एक छिन जिल्ल परेर  
पुननारानले भने- "किन दाइ ! मामिला के छ ?"
पुन नारानले भने– "किन दाइ ! मामिला के छ ?"


"उही हिजोको कुरा । आज पनि अलि सबेर आएको थिएँ, दसी प्रमाण  
"उही हिजोको कुरा । आज पनि अलि सबेर आएको थिएँ, दसी प्रमाण  
फेला पर्यो । हिजो त्यस्तरी जात्रा गरेको थिएँ पर्बाह गरिनन् ।" शिवनारानले
फेला पर्‍यो । हिजो त्यस्तरी जात्रा गरेको थिएँ पर्वाह गरिनन् ।" शिव नारानले
रन्केर भने ।
रन्केर भने ।


"यो त ज्यादै अचाक्ली भयो, ज्यादै मनपरी ! यसरी गराइराख्न त  
"यो त ज्यादै अचाक्ली भयो, ज्यादै मनपरी ! यसरी गराइ राख्न त  
हुँदैन । यो त म पनि सहन्नँ ।" पुननारानले भने ।
हुँदैन । यो त म पनि सहन्नँ ।" पुन नारानले भने ।


"तिमी चाहन्छौ भने हामी उहीसँग बिहे गराइदिन सक्छौं तर यसरी  
"तिमी चाहन्छ्यौ भने हामी उहीसँग बिहे गराइ दिन सक्छौँ तर यसरी  
लुकीचोरीकन ख्यालठट्टा गरेर भाँडिनु म राम्रो ठान्दिनँ ।" हर्षनारानले भने ।
लुकी चोरीकन ख्यालठट्टा गरेर भाँडिनु म राम्रो ठान्दिनँ ।" हर्ष नारानले भने ।


कान्छो दाजु हर्षनारानको कुरा सुनेर नानीथकुंलाई आश्वासन भयो ।  
कान्छो दाजु हर्ष नारानको कुरा सुनेर नानीथकुँलाई आश्वासन भयो ।  
तर उनले शिवनारानको यो कटु वाक्य सुनेर फेरि निराशाको अनुहारमै  
तर उनले शिव नारानको यो कटु वाक्य सुनेर फेरि निराशाको अनुहारमै  
भौँतारिनुपर्यो- "के भनेर बदमास डाक्टरसँग बिहे गराउन दिन्छु म ! त्यो  
भौँतारिनु पर्‍यो– "के भनेर बदमास डाक्टरसँग बिहे गराउन दिन्छु म ! त्यो  
डाक्टरलाई पाएँ भने म खुट्टा भाँचेर पठाइदिन्छु ।"
डाक्टरलाई पाएँ भने म खुट्टा भाँचेर पठाइ दिन्छु ।"


"तैपनि उनको पसन्दलाई हामीले हेर्नैपर्ला । स्वतन्त्रताको कदर गर्ने  
"तैपनि उनको पसन्दलाई हामीले हेर्नै पर्ला । स्वतन्त्रताको कदर गर्ने  
जमाना आइसकेको छ ।" हर्षनारानले फेरि भने ।
जमाना आइ सकेको छ ।" हर्ष नारानले फेरि भने ।


"तिमीले उसैको अगाडि यस्तो वाहियात कुरा गरेर बदमासीलाई  
"तिमीले उसैको अगाडि यस्तो वाहियात कुरा गरेर बदमासीलाई  
प्रोत्साहन दिँदै गरे झन् ठीक हुन्छ ?" हर्षनारानदेखि पनि अलि रिसाएर शिव
प्रोत्साहन दिँदै गरे झन् ठीक हुन्छ ?" हर्ष नारानदेखि पनि अलि रिसाएर शिव
नारानले भने ।
नारानले भने ।


"युगको गति हेरेर मैले भनिरहेको हुँ ।’
"युगको गति हेरेर मैले भनि रहेको हुँ ।'


"मलाई पनि थाहा छ युगको गति, स्वतन्त्रताको महत्त्व र मानव
"मलाई पनि थाहा छ युगको गति, स्वतन्त्रताको महत्त्व र मानव

Latest revision as of 22:33, 22 June 2025

This page has been proofread

"म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ? भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको त्यो दिनहुँ इलाज गर्न आउँछ ?"

नानीथकुँ एक शब्द बोलिनन् । शिव नारानले बोलेका कुरा भित्ताको मयूरले झैँ केवल सुनि रहिन् । लतमायाले पनि केही बोलिनन् । यत्तिकैमा पुन नारान, हर्ष नारान, हाकुमाया सब दैनन्दिन काम सकेर घरभित्र पस्न थाले । उनीहरू आउँदा पनि शिव नारान कराइ नै रहेका थिए । एक छिन जिल्ल परेर पुन नारानले भने– "किन दाइ ! मामिला के छ ?"

"उही हिजोको कुरा । आज पनि अलि सबेर आएको थिएँ, दसी प्रमाण फेला पर्‍यो । हिजो त्यस्तरी जात्रा गरेको थिएँ पर्वाह गरिनन् ।" शिव नारानले रन्केर भने ।

"यो त ज्यादै अचाक्ली भयो, ज्यादै मनपरी ! यसरी गराइ राख्न त हुँदैन । यो त म पनि सहन्नँ ।" पुन नारानले भने ।

"तिमी चाहन्छ्यौ भने हामी उहीसँग बिहे गराइ दिन सक्छौँ तर यसरी लुकी चोरीकन ख्यालठट्टा गरेर भाँडिनु म राम्रो ठान्दिनँ ।" हर्ष नारानले भने ।

कान्छो दाजु हर्ष नारानको कुरा सुनेर नानीथकुँलाई आश्वासन भयो । तर उनले शिव नारानको यो कटु वाक्य सुनेर फेरि निराशाको अनुहारमै भौँतारिनु पर्‍यो– "के भनेर बदमास डाक्टरसँग बिहे गराउन दिन्छु म ! त्यो डाक्टरलाई पाएँ भने म खुट्टा भाँचेर पठाइ दिन्छु ।"

"तैपनि उनको पसन्दलाई हामीले हेर्नै पर्ला । स्वतन्त्रताको कदर गर्ने जमाना आइ सकेको छ ।" हर्ष नारानले फेरि भने ।

"तिमीले उसैको अगाडि यस्तो वाहियात कुरा गरेर बदमासीलाई प्रोत्साहन दिँदै गरे झन् ठीक हुन्छ ?" हर्ष नारानदेखि पनि अलि रिसाएर शिव नारानले भने ।

"युगको गति हेरेर मैले भनि रहेको हुँ ।'

"मलाई पनि थाहा छ युगको गति, स्वतन्त्रताको महत्त्व र मानव इच्छाको कुरा । तर म स्वतन्त्रताको नाउँमा जसले जोसँग जस्तो पनि प्रेम गरेर हिँडेको हेर्न चाहन्नँ । प्रेमको पनि महत्त्व हुन्छ, उसका निम्ति पनि फुक्का र बन्धनको लेखाजोखा, मापदण्ड हुन्छ, सीमारेखा हुन्छ, विधान हुन्छ,