Jump to content

Page:Ek chihan.pdf/79: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "रहनोस् ! दिनहुँ डाक्टर आएर कोठामा ख्यालठट्टा, नाचगान गरेर जान्छ, तपाईं छोरीलाई कपाल दुखेको निको होस् भनी यहाँ बसीबसी द्यौता भाकल गरिरहनोस् । हिजो पनि यहाँबाट ओर्लिरहेको देखें, आज आ..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
रहनोस् !
रहनोस् ! दिनहुँ डाक्टर आएर कोठामा ख्यालठट्टा, नाचगान गरेर जान्छ,
तपाईं छोरीलाई कपाल दुखेको निको होस् भनी यहाँ बसी बसी द्यौता भाकल
गरि रहनोस् । हिजो पनि यहाँबाट ओर्लि रहेको देखेँ, आज आउँदा पनि फर्कि
रहेको भेट्टाएँ । कस्तो चाला हो यो ? म त बाँकी राख्तिनँ । आज म त जात्रा
नदेखाईकन छोड्दिनँ ।" अग्नि शर्मा भएर शिव नारानले भने ।


दिनहुँ डाक्टर आएर कोठामा ख्यालठट्टा, नाचगान गरेर जान्छ, तपाईं छोरीलाई कपाल दुखेको निको होस् भनी यहाँ बसीबसी द्यौता भाकल गरिरहनोस् हिजो पनि यहाँबाट ओर्लिरहेको देखें, आज आउँदा पनि फर्किरहेको भेट्टाएँ । कस्तो चाला हो यो ? म त बाँकी राख्तिनँ । आज म त जात्रा नदेखाईकन छोड्दिनँ ।" अग्नि शर्मा भएर शिवनारानले भने
सधैँ रात परेपछि आउने छोरो आज यसरी सबेरै आएर एकाएक
यस्तरी रिसाउन थालेकाले लतमाया जिल्ल परी मुख बिगारेर तान पनि
नचलाईकन त्यसै बसेको बस्यै गरि रहिन् उनी केही पनि बोलिनन्


सधैं रात परेपछि आउने छोरो आज यसरी सबेरै आएर एकाएक यस्तरी रिसाउन थालेकाले लतमाया जिल्ल परी मुख बिगारेर तान पनि नचलाईकन त्यसै बसेको बस्यै गरिरहिन् । उनी केही पनि बोलिनन् ।
लतमायालाई तानमा त्यसै बसि रहेको देखेर झन् रिसाएर शिव नारानले
भने– "छोरीले पट्ठा खेलाइ रहेको कुरा तपाईंलाई मिठो लाग्छ कि क्या हो ?
पट्ठा भए पनि एउटा कुरा, पट्ठासित पट्ठी खेली भनेर सन्तोष पनि गर्न
सकिएला, तीन तीन छोराछोरीका बाबु, अर्काका पोइसित त्यसरी खेलिरहन
लाज छैन रे त्यसलाई ? सरम छैन ? बोलाउनोस् त्यस नकचरीलाई, आज पूजा
नगरी छाड्दिनँ ! बाबु मरेको छ महिना भएको छैन, उसको यो लीला !"


लतमायालाई तानमा त्यसै बसिरहेको देखेर झन् रिसाएर शिवनारानले भने- "छोरीले पट्ठा खेलाइरहेको कुरा तपाईंलाई मिठो लाग्छ कि क्या हो ? पट्ठा भए पनि एउटा कुरा, पट्ठासित पट्ठी खेली भनेर सन्तोष पनि गर्न सकिएला, तीनतीन छोराछोरीका बाबु, अर्काका पोइसित त्यसरी खेलिरहन लाज छैन रे त्यसलाई ? सरम छैन ? बोलाउनोस् त्यस नकचरीलाई, आज पूजा नगरी छाड्दिनँ ! बाबु मरेको छ महिना भएको छैन, उसको यो लीला !"
"भइगो, नकरा बाबू ! अरूले सुन्लान् । म उसलाई राम्ररी सम्झाएर
ठिक गर्ने छु ।" सान्त्वनापूर्ण भावमा लतमायाले भनिन् ।


"भैगो, नकरा बाबू ! अरूले सुन्लान् । म उसलाई राम्ररी सम्झाएर ठीक गर्नेछु ।" सान्त्वनापूर्ण भावमा लतमायाले भनिन्
"अरूले सुन्ला ? अरूले सुन्ला, थाहा पाउला र नराम्रो होला भन्ने डर
मान्ने भए यस्तो नकाम गरिएला ? अझसम्म अरूले थाहा पाएको छैन भनी
ढुक्क भइ रहनु भएको तपाईं ? अरूले सुन्ला र थाहा पाउला भन्ने तपाईंलाई
डर ? अरूबाट नै मैले थाहा पाएको हुँ अब फेरि अरूले सुन्ला, थाहा पाउला
भन्ठान्नु भएको ?" रिसको आवेशमा शिव नारानले भने


"अरूले सुन्ला ? अरूले सुन्ला, थाहा पाउला र नराम्रो होला भन्ने डर मान्ने भए यस्तो नकाम गरिएला ? अझसम्म अरूले थाहा पाएको छैन भनी ढुक्क भइरहनुभएको तपाईं ? अरूले सुन्ला र थाहा पाउला भन्ने तपाईंलाई डर ? अरूबाट नै मैले थाहा पाएको हुँ अब फेरि अरूले सुन्ला, थाहा पाउला भन्ठान्नुभएको ?" रिसको आवेशमा शिवनारानले भने ।
'योसित अहिले नबोल्नु बेस' भन्ने विचार गरी लतमाया चुप लागिन् ।
शिव नारान रिसमा वेद पढी नै रहेका थिए। रिसाउँदारिसाउँदै 'आज म
छ्यास्नसम्म नछ्यासी छोड्दिनँ' भन्ने विचार गरी नानीथकुँलाई शिव नारानले
नै बोलाए । दुई तीन बोलावटसम्मलाई नानीथकुँले वास्तै नगरीकन सुन्या नसुन्यै
गरेकी थिइन् तर लगातार बोलाइ रहेपछि केही सिप नलागेर नानीथकुँ डराई
डराईकन कपाल दुखेको स्वाङ गर्दै माथि आइन् । नानीथकुँ तानकोठामा
पुग्नासाथै शिव नारानले एटम बम छोडि हाले– "क्या हो, क्या हो यो ? डाक्टर
गोदत्त प्रसाद दिनदिनै किन आइ रहेको, किन आउँछ, त्यो दिनदिनै ?"


‘योसित अहिले नबोल्नु बेस’ भन्ने विचार गरी लतमाया चुप लागिन् । शिवनारान रिसमा वेद पढी नै रहेका थिए। रिसाउँदारिसाउँदै ‘आज म छ्यास्नसम्म नछ्यासी छोड्दिनँ’ भन्ने विचार गरी नानीथकुंलाई शिवनारानले नै बोलाए । दुई-तीन बोलावटसम्मलाई नानीथकुंले वास्तै नगरीकन सुन्यानसुन्यै गरेकी थिइन् तर लगातार बोलाइरहेपछि केही सिप नलागेर नानीथकुं डराईडराईकन कपाल दुखेको स्वाङ गर्दै माथि आइन् । नानीथकुं तानकोठामा पुग्नासाथै शिवनारानले एटम बम छोडिहाले- "क्या हो, क्या हो यो ? डाक्टर गोदत्तप्रसाद दिनदिनै किन आइरहेको, किन आउँछ, त्यो दिनदिनै ?"
"म के थाहा पाऊँ ?" बडो साहस गरेर नानीथकुँले भनिन् ।
 
{{nop}}
"म के थाहा पाऊँ ?" बडो साहस गरेर नानीथकुंले भनिन् ।

Latest revision as of 22:29, 22 June 2025

This page has been proofread

रहनोस् ! दिनहुँ डाक्टर आएर कोठामा ख्यालठट्टा, नाचगान गरेर जान्छ, तपाईं छोरीलाई कपाल दुखेको निको होस् भनी यहाँ बसी बसी द्यौता भाकल गरि रहनोस् । हिजो पनि यहाँबाट ओर्लि रहेको देखेँ, आज आउँदा पनि फर्कि रहेको भेट्टाएँ । कस्तो चाला हो यो ? म त बाँकी राख्तिनँ । आज म त जात्रा नदेखाईकन छोड्दिनँ ।" अग्नि शर्मा भएर शिव नारानले भने ।

सधैँ रात परेपछि आउने छोरो आज यसरी सबेरै आएर एकाएक यस्तरी रिसाउन थालेकाले लतमाया जिल्ल परी मुख बिगारेर तान पनि नचलाईकन त्यसै बसेको बस्यै गरि रहिन् । उनी केही पनि बोलिनन् ।

लतमायालाई तानमा त्यसै बसि रहेको देखेर झन् रिसाएर शिव नारानले भने– "छोरीले पट्ठा खेलाइ रहेको कुरा तपाईंलाई मिठो लाग्छ कि क्या हो ? पट्ठा भए पनि एउटा कुरा, पट्ठासित पट्ठी खेली भनेर सन्तोष पनि गर्न सकिएला, तीन तीन छोराछोरीका बाबु, अर्काका पोइसित त्यसरी खेलिरहन लाज छैन रे त्यसलाई ? सरम छैन ? बोलाउनोस् त्यस नकचरीलाई, आज पूजा नगरी छाड्दिनँ ! बाबु मरेको छ महिना भएको छैन, उसको यो लीला !"

"भइगो, नकरा बाबू ! अरूले सुन्लान् । म उसलाई राम्ररी सम्झाएर ठिक गर्ने छु ।" सान्त्वनापूर्ण भावमा लतमायाले भनिन् ।

"अरूले सुन्ला ? अरूले सुन्ला, थाहा पाउला र नराम्रो होला भन्ने डर मान्ने भए यस्तो नकाम गरिएला ? अझसम्म अरूले थाहा पाएको छैन भनी ढुक्क भइ रहनु भएको तपाईं ? अरूले सुन्ला र थाहा पाउला भन्ने तपाईंलाई डर ? अरूबाट नै मैले थाहा पाएको हुँ अब फेरि अरूले सुन्ला, थाहा पाउला भन्ठान्नु भएको ?" रिसको आवेशमा शिव नारानले भने ।

'योसित अहिले नबोल्नु बेस' भन्ने विचार गरी लतमाया चुप लागिन् । शिव नारान रिसमा वेद पढी नै रहेका थिए। रिसाउँदारिसाउँदै 'आज म छ्यास्नसम्म नछ्यासी छोड्दिनँ' भन्ने विचार गरी नानीथकुँलाई शिव नारानले नै बोलाए । दुई तीन बोलावटसम्मलाई नानीथकुँले वास्तै नगरीकन सुन्या नसुन्यै गरेकी थिइन् तर लगातार बोलाइ रहेपछि केही सिप नलागेर नानीथकुँ डराई डराईकन कपाल दुखेको स्वाङ गर्दै माथि आइन् । नानीथकुँ तानकोठामा पुग्नासाथै शिव नारानले एटम बम छोडि हाले– "क्या हो, क्या हो यो ? डाक्टर गोदत्त प्रसाद दिनदिनै किन आइ रहेको, किन आउँछ, त्यो दिनदिनै ?"

"म के थाहा पाऊँ ?" बडो साहस गरेर नानीथकुँले भनिन् ।