Jump to content

Page:Ek chihan.pdf/78: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{left|{{larger|'''बाइस'''}}}}
{{left|{{larger|'''बाइस'''}}}}
आफ्नो खेतको काममा अलमलिँदा पनि शिव नारानले नानीथकुँ र  
आफ्नो खेतको काममा अलमलिँदा पनि शिव नारानले नानीथकुँ र  
डाक्टर गोदत्त प्रसादमाथि उठेको रिस बिर्सिन सकेका थिएनन् । काम गर्दा पनि  
डाक्टर गोदत्त प्रसादमाथि उठेर रिस बिर्सिन सकेका थिएनन् । काम गर्दा पनि  
मनमा फनक्क रिस उठ्थ्यो। त्यस कारण आज शिव नारान पाँच बज्दानबज्दै
मनमा झनक्क रिस उठ्थ्यो। त्यस कारण आज शिव नारान पाँच बज्दा नबज्दै
घर फर्केका थिए । आज पनि आफ्नै घरबाट गोदत्त प्रसाद फर्कंदै गरेको देख्ता  
घर फर्केका थिए । आज पनि आफ्नै घरबाट गोदत्त प्रसाद फर्कंदै गरेको देख्ता  
डाक्टर गोदत्त प्रसादलाई समातेर निमोठिहानूँजस्तो उनलाई भयो । डाक्टर  
डाक्टर गोदत्त प्रसादलाई समातेर निमोठि हालूँ जस्तो उनलाई भयो । डाक्टर  
गोदत्त प्रसादलाई पनि एकाएक शिव नारान भेट हुँदा हुनसम्मको अप्ठ्यारो  
गोदत्त प्रसादलाई पनि एकाएक शिव नारान भेट हुँदा हुनसम्मको अप्ठ्यारो  
भएको थियो, सहसा सङ्कोच भावले छोपेको थियो, के गरूँ, के गरूँ भएर  
भएको थियो, सहसा सङ्कोच भावले छोपेको थियो, के गरूँ, के गरूँ भएर  
एकदम अतासिइसकेका थिए । तर उनले तुरुन्तै केही नभएको जस्तो भाव  
एकदम अतासिइ सकेका थिए । तर उनले तुरुन्तै केही नभएको जस्तो भाव  
गरी शिव नारानसँग भने– "किन हँ, निकै चाँडै फर्क्यौ नि शिव नारान ? तिम्रो  
गरी शिव नारानसँग भने– "किन हँ, निकै चाँडै फर्क्यौ नि शिव नारान ? तिम्रो  
खेतमा रोपाईं सिद्धियो ?"
खेतमा रोपाईं सिद्धियो ?"


डाक्टर गोदत्त प्रसादले पनि बोलिदिँदा त शिव नारान झन् रिसले  
डाक्टर गोदत्त प्रसादले पनि बोलि दिँदा त शिव नारान झन् रिसले  
भुतुक्क भए । जबाफ दिने सभ्यताको पनि उनलाई केही ख्याल भएन । खालि  
भुतुक्क भए । जबाफ दिने सभ्यताको पनि उनलाई केही ख्याल भएन । खालि  
क्वारक्वारती हेरेर केही पनि जबाफ नदिईकन सरासर घरभित्र पसे । भेट्ता  
क्वारक्वारती हेरेर केही पनि जबाफ नदिईकन सरासर घरभित्र पसे । भेट्ता  
'नमस्ते' सम्म पनि गरेका थिएनन् ।
'नमस्ते' सम्म पनि गरेका थिएनन् ।


उनी सरासर तानकोठामा गए । झन् नानीथकुँलाई नदेख्ता उनको  
उनी सरासर तान कोठामा गए । झन् नानीथकुँलाई नदेख्ता उनको  
रिसको मात्रा अझ बढ्यो । कोठामा पाइला टेक्नासाथ शिव नारानले क्रुद्ध  
रिसको मात्रा अझ बढ्यो । कोठामा पाइला टेक्नासाथ शिव नारानले क्रुद्ध  
भावमा भने– "नानीथकुँ खोइ नि ?"
भावमा भने– "नानीथकुँ खोइ नि ?"


"कपाल दुखेर कोठामा पल्टिरहेकी छ ।" स्वाभाविक स्वरमा  
"कपाल दुखेर कोठामा पल्टि रहेकी छ ।" स्वाभाविक स्वरमा  
लतमायाले भनिन् ।
लतमायाले भनिन् ।


"तपाईं छोरीको रखवारी भइरहनुभएको हो कि कुटुनी ? घरमा  
"तपाईं छोरीको रखवारी भइ रहनु भएको हो कि कुटुनी ? घरमा  
गुन्डा नाचेर गइसक्यो, तपाईं छोरीलाई कपाल दुखिरहेको छ भनी यहाँ सुति
गुन्डा नाचेर गइ सक्यो, तपाईं छोरीलाई कपाल दुखि रहेको छ भनी यहाँ सुति

Latest revision as of 22:26, 22 June 2025

This page has been proofread
बाइस

आफ्नो खेतको काममा अलमलिँदा पनि शिव नारानले नानीथकुँ र डाक्टर गोदत्त प्रसादमाथि उठेर रिस बिर्सिन सकेका थिएनन् । काम गर्दा पनि मनमा झनक्क रिस उठ्थ्यो। त्यस कारण आज शिव नारान पाँच बज्दा नबज्दै घर फर्केका थिए । आज पनि आफ्नै घरबाट गोदत्त प्रसाद फर्कंदै गरेको देख्ता डाक्टर गोदत्त प्रसादलाई समातेर निमोठि हालूँ जस्तो उनलाई भयो । डाक्टर गोदत्त प्रसादलाई पनि एकाएक शिव नारान भेट हुँदा हुनसम्मको अप्ठ्यारो भएको थियो, सहसा सङ्कोच भावले छोपेको थियो, के गरूँ, के गरूँ भएर एकदम अतासिइ सकेका थिए । तर उनले तुरुन्तै केही नभएको जस्तो भाव गरी शिव नारानसँग भने– "किन हँ, निकै चाँडै फर्क्यौ नि शिव नारान ? तिम्रो खेतमा रोपाईं सिद्धियो ?"

डाक्टर गोदत्त प्रसादले पनि बोलि दिँदा त शिव नारान झन् रिसले भुतुक्क भए । जबाफ दिने सभ्यताको पनि उनलाई केही ख्याल भएन । खालि क्वारक्वारती हेरेर केही पनि जबाफ नदिईकन सरासर घरभित्र पसे । भेट्ता 'नमस्ते' सम्म पनि गरेका थिएनन् ।

उनी सरासर तान कोठामा गए । झन् नानीथकुँलाई नदेख्ता उनको रिसको मात्रा अझ बढ्यो । कोठामा पाइला टेक्नासाथ शिव नारानले क्रुद्ध भावमा भने– "नानीथकुँ खोइ नि ?"

"कपाल दुखेर कोठामा पल्टि रहेकी छ ।" स्वाभाविक स्वरमा लतमायाले भनिन् ।

"तपाईं छोरीको रखवारी भइ रहनु भएको हो कि कुटुनी ? घरमा गुन्डा नाचेर गइ सक्यो, तपाईं छोरीलाई कपाल दुखि रहेको छ भनी यहाँ सुति