Jump to content

Page:Prometheus.pdf/121: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
पिँजराको फंशायाली उग्रबली सिंहसदश
लाचार ओहोर-दोहोरमा चल्दछ अस्थिर !
शवासहीन एकान्तमा भुटिई, भसभस
जल्दछ यौ आत्मप्रकाशन ! मुख बन्द छ यसको !
विश्ब भुटाउँदछ सत्यको आत्मा यो अवरुद्ध !
अति भो शासन हो ! अति भो क्रर, करेर शासन !

{{pcn|(३८)}}
"आत्मप्रकाशन मलाई देङ अन्धकारमा
है विश्वका शक्तिहरूहो ! म हुँ वेदना,
महावेदना द्विजको आत्माको, सानो पिंजरामा !
मलाई दे आबाज, मलाई देङ सत्यघ्वनि !
पिल्सिदो कोटि कोटि जनताको हृदयको
खहरिएको क्रर आवाज हुँ म, प्रमिथस !
{{pcn|(३९)}}
"अ बोल्दछ- बोल्न देङ- ताराहरूमा नित
फल्किरहेको विश्वभाषा ! पर्वतहरूको पार्श्वमा
नील मसीले अङ्टिति वाणी ! जलका लहर, लहरमा
आन्दोलित ध्बनि ! म बोल्छु, बोल्छु, दे बोल्न ।
फंशाहरू बोल्न सकेनन्‌, वृक्ष, वृक्षका प्रभंजन,
जीउदार्‌ पंखका प्रबल ती उडन्ताले, त्यो वाणी,
जो म उच्चारण गर्न चाहन्छु आज निखिल विश्वमा ।
प्रकृति पुष्पाधरा तडपी तड्पी प्रतिप्रसूनमा
रोइरहिछन्‌ प्रात, प्रात यस उच्चारण निम्ति ।
विहगहरू उडी सुबर्ण प्रभातको सुन्दर देश
खोज्छन्‌ उद्गारन येही बोल ! यही दिव्य महाघोष !
जो मेरो हृदयमा उर्लन्छ ज्वारहरूको जोडले
नित्य ढकेली चिर्दछ मेरो टनाटन भरिएको
विशाल उर ! ओह, आत्मप्रकाशन, आटमप्रकाशन !
फोरिदे बरु यो छातीको दीवार ! आत्मप्रकाशन !
{{pcn|(४०)}}
"सुन ए स्वर्गशीर्ष पर्वत-माला भूका ।
सुन क्षीरसागर ज्वारभाटायुत सब !
सुन ढीपपुंज, ुंड, सुँह सागरका सब !
सुन बीत्चि ! सुन रेणुतट सब सागरका ।
सुन सर्वदेशचारी यात्री प्रवात !
यही छ महारहस्य मेरो, यही मंत्र ।
छोपिनेख सत्य, हराउनेख सत्य,
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 16:51, 22 June 2025

This page has not been proofread

पिँजराको फंशायाली उग्रबली सिंहसदश
लाचार ओहोर-दोहोरमा चल्दछ अस्थिर !
शवासहीन एकान्तमा भुटिई, भसभस
जल्दछ यौ आत्मप्रकाशन ! मुख बन्द छ यसको !
विश्ब भुटाउँदछ सत्यको आत्मा यो अवरुद्ध !
अति भो शासन हो ! अति भो क्रर, करेर शासन !

(३८)
"आत्मप्रकाशन मलाई देङ अन्धकारमा
है विश्वका शक्तिहरूहो ! म हुँ वेदना,
महावेदना द्विजको आत्माको, सानो पिंजरामा !
मलाई दे आबाज, मलाई देङ सत्यघ्वनि !
पिल्सिदो कोटि कोटि जनताको हृदयको
खहरिएको क्रर आवाज हुँ म, प्रमिथस !

(३९)

(४०)
"सुन ए स्वर्गशीर्ष पर्वत-माला भूका ।
सुन क्षीरसागर ज्वारभाटायुत सब !
सुन ढीपपुंज, ुंड, सुँह सागरका सब !
सुन बीत्चि ! सुन रेणुतट सब सागरका ।
सुन सर्वदेशचारी यात्री प्रवात !
यही छ महारहस्य मेरो, यही मंत्र ।
छोपिनेख सत्य, हराउनेख सत्य,