Page:Lalitya bhag 1 ra 2.pdf/80: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread |
Latest revision as of 16:10, 22 June 2025
This page has been proofread
(३)
देखिए नद-नदीहरु साफ
घामको घटिसक्यो परिताप ।
पान्थका पनि खुले सब रस्ता
लोकलाइ छ बिछट्ट सुबिस्ता ॥
(४)
अन्न पात घरमा हुलि भारी
पूर्ण पारिकन बाँधि भकारी ।
आफना घरघरै ति किसान
मस्त छन् सब अमीर-समान ॥
(५)
सूर्य दक्षिण कुनातिर लत्रे
खुम्चिए कमलका दल झुत्रे ।
लोकबाट गरमी सब भाग्यो
शीतको प्रबलता हुन लाग्यो ॥
(६)
चञ्चले बिजुलि झैँ गरि चट्ट
देखिएर दबिने दिन झट्ट ।
रात-चाहिँ सब छन् अति लामा
काटनै बहुत पर्दछ धामा ॥