Page:Lalitya bhag 1 ra 2.pdf/72: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} चलीरहेको छ सिरीसिरी हवा ::झुलीरहेछन् सब मञ्जु पालुवा । जता दियो दृष्टि उतै सुखी मन ::प्रमोदले पूर्ण नहोस त्यो किन ? {{pcn|(५)}} समीरले पुष्प-परागको झरी ::लगाउँदा त्..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Latest revision as of 16:02, 22 June 2025
This page has been proofread
(४)
चलीरहेको छ सिरीसिरी हवा
झुलीरहेछन् सब मञ्जु पालुवा ।
जता दियो दृष्टि उतै सुखी मन
प्रमोदले पूर्ण नहोस त्यो किन ?
(५)
समीरले पुष्प-परागको झरी
लगाउँदा त्यो रस-रङ्गमा परी ।
झुलीरहेको छ शरीर बेसरी
मुछेर तेही रजमा घरी-घरी ॥
(६)
पिएर साऽऽनन्द रसालको रस
घुमाउँदै नेत्र दुवै मदाऽऽलस ।
सहर्ष खोली सुरिलो गलाकन
घनक्क घन्काउँछ त्यो सबै वन ॥
(७)
घरी घरी भुर्र उडी अलीकति
घुमेर शाखान्तरमा यताउति ।
बडो बहाडी रसिकै बनी तहाँ
ढलीमली गर्दछ पालुवामहाँ ॥