Page:Ek chihan.pdf/63: Difference between revisions
→Not proofread: Created page with ""क्याजुयल बिदा छँदै छ नि, वर्षदिनमा पाइने पन्ध्र क्याजुयल बिदामा एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि पूजा गरुँला ।" हाँस्तै डाक्टर गोदत्तप्रसादले भने । डाक्..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"क्याजुयल बिदा छँदै छ नि, | "क्याजुयल बिदा छँदै छ नि, वर्ष दिनमा पाइने पन्ध्र क्याजुयल बिदामा | ||
एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि | |||
पूजा गरुँला ।" हाँस्तै डाक्टर गोदत्त प्रसादले भने । | |||
डाक्टर | डाक्टर गोदत्त प्रसादको यो अन्तिम वाक्यले झन् प्रभावित भएर | ||
नानीथकुँले भनिन्– "मलाई त घर जानै मन लागेन डाक्टर साहेब !" | |||
"तिमी मदेखि | "तिमी मदेखि सार्है खुसी भएको सुअवसरमा तिमीसित आज म एक | ||
थोक माग्ने बिन्ती बिसाऊँ है त नानीथकुँ ?" प्रेमपूर्ण भावमा डाक्टर गोदत्त | |||
प्रसादले भने । | |||
"नाइँ, यसरी तपाईंले मलाई सम्मान | "नाइँ, यसरी तपाईंले मलाई सम्मान गर्नु भयो भने प्रेम गरि रहनु | ||
भएको छ भन्ने मलाई विश्वास हुन गार्हो हुन्छ । प्रेमको दुनियाँमा बिन्तीसिन्तीको | |||
अदबले ठाउँ नपाओस् डाक्टर साहेब !" मुस्काउँदै नानीथकुँले भनिन् । | |||
"बातपिच्छे | "बातपिच्छे 'डाक्टर साहेब, डाक्टर साहेब' को धुवाँ र अदबले उल्टो | ||
तिमी नै उपाध्याय भएर अझ मलाई उपदेश दिन्छ्यौ ?" व्यङ्ग्यमय भावमा | |||
डाक्टर गोदत्त प्रसादले भने । | |||
आफ्नो छेडले आफैँ लडी | आफ्नो छेडले आफैँ लडी नानीथकुँ सर्मिन्दा भइन् । लाजले उनी | ||
केवल मुसुक्क हाँसिन् अनि ओठ टोकेर फर्किन् । | |||
"किन उता फर्केकी | "किन उता फर्केकी नानीथकुँ ! हारेको कबुल गर्छ्यौ भने हर्जाना तिर | ||
र जित्न चाहन्छ्यौ भने बोल, फेरि के भन्न चाहन्छयौ ?" डाक्टर गोदत्त | |||
प्रसादले व्यङ्ग्य हानेर भने । | |||
"हारेको हर्जाना के तिर्ने नि ?" मन्द मुस्कानमा | "हारेको हर्जाना के तिर्ने नि ?" मन्द मुस्कानमा नानीथकुँले भनिन् । | ||
"हारेकोमा हर्जाना ?" | "हारेकोमा हर्जाना ?" | ||
Line 19: | Line 31: | ||
"अँ ।" | "अँ ।" | ||
"मैले | "मैले भने जस्तो एक चोटि हाँस न त ।" | ||
" | "छिः भैगो डाक्टर साहेब ! धेरै नजिस्क्याउनु होस् ।" अलि नखराएको | ||
भावमा नानीथकुँले भनिन् । | |||
ल, फेरि | ल, फेरि 'डाक्टर साहेब ?' कति 'डाक्टर साहेब', 'डाक्टरसाहेब ?' | ||
ठट्यौलो अनुहारमा डाक्टर गोदत्त प्रसादले भने । | |||
"के भन्ने त ?" ठट्यौलो अनुहारले | "के भन्ने त ?" ठट्यौलो अनुहारले नानीथकुँले पनि सोधिन् । | ||
{{nop}} |
Latest revision as of 15:05, 22 June 2025
"क्याजुयल बिदा छँदै छ नि, वर्ष दिनमा पाइने पन्ध्र क्याजुयल बिदामा एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि पूजा गरुँला ।" हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।
डाक्टर गोदत्त प्रसादको यो अन्तिम वाक्यले झन् प्रभावित भएर नानीथकुँले भनिन्– "मलाई त घर जानै मन लागेन डाक्टर साहेब !"
"तिमी मदेखि सार्है खुसी भएको सुअवसरमा तिमीसित आज म एक थोक माग्ने बिन्ती बिसाऊँ है त नानीथकुँ ?" प्रेमपूर्ण भावमा डाक्टर गोदत्त प्रसादले भने ।
"नाइँ, यसरी तपाईंले मलाई सम्मान गर्नु भयो भने प्रेम गरि रहनु भएको छ भन्ने मलाई विश्वास हुन गार्हो हुन्छ । प्रेमको दुनियाँमा बिन्तीसिन्तीको अदबले ठाउँ नपाओस् डाक्टर साहेब !" मुस्काउँदै नानीथकुँले भनिन् ।
"बातपिच्छे 'डाक्टर साहेब, डाक्टर साहेब' को धुवाँ र अदबले उल्टो तिमी नै उपाध्याय भएर अझ मलाई उपदेश दिन्छ्यौ ?" व्यङ्ग्यमय भावमा डाक्टर गोदत्त प्रसादले भने ।
आफ्नो छेडले आफैँ लडी नानीथकुँ सर्मिन्दा भइन् । लाजले उनी केवल मुसुक्क हाँसिन् अनि ओठ टोकेर फर्किन् ।
"किन उता फर्केकी नानीथकुँ ! हारेको कबुल गर्छ्यौ भने हर्जाना तिर र जित्न चाहन्छ्यौ भने बोल, फेरि के भन्न चाहन्छयौ ?" डाक्टर गोदत्त प्रसादले व्यङ्ग्य हानेर भने ।
"हारेको हर्जाना के तिर्ने नि ?" मन्द मुस्कानमा नानीथकुँले भनिन् ।
"हारेकोमा हर्जाना ?"
"अँ ।"
"मैले भने जस्तो एक चोटि हाँस न त ।"
"छिः भैगो डाक्टर साहेब ! धेरै नजिस्क्याउनु होस् ।" अलि नखराएको भावमा नानीथकुँले भनिन् ।
ल, फेरि 'डाक्टर साहेब ?' कति 'डाक्टर साहेब', 'डाक्टरसाहेब ?' ठट्यौलो अनुहारमा डाक्टर गोदत्त प्रसादले भने ।
"के भन्ने त ?" ठट्यौलो अनुहारले नानीथकुँले पनि सोधिन् ।