Jump to content

Page:Ek chihan.pdf/46: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
लतमाया र रामबहादुर दुई जना पल्लो कोठामा गए । त्यहाँ पुगेर  
लतमाया र राम बहादुर दुई जना पल्लो कोठामा गए । त्यहाँ पुगेर  
रामबहादुरले भने- "तिमीलाई थाहै होला नि, अष्टनारानले नानीथकुं हाम्रा  
राम बहादुरले भने- "तिमीलाई थाहै होला नि, अष्ट नारानले नानीथकुँ हाम्रा  
सुब्बासाहेबलाई कन्यादान दिने वचन दिइसकेको छ । सुब्बासाहेबलाई
सुब्बा साहेबलाई कन्यादान दिने वचन दिइ सकेको छ । सुब्बा साहेबलाई
नानीथकुं ज्यादै मन परेको पनि रहेछ । उसको हातबाट सुब्बासाहेबले भात  
नानीथकुँ ज्यादै मन परेको पनि रहेछ । उसको हातबाट सुब्बा साहेबले भात  
पनि खान कबुल गर्नुभएको छ । यी सबै कुरा अष्टनारानलाई पनि मन परेर  
पनि खान कबुल गर्नु भएको छ । यी सबै कुरा अष्ट नारानलाई पनि मन परेर  
उसले दिन मन्जुर गरेको थियो ।"
उसले दिन मन्जुर गरेको थियो ।"


"अहँ, मलाई त यो कुरा बिलकुलै थाहा छैन; उहाँले पनि कहिल्यै केही  
"अहँ, मलाई त यो कुरा बिलकुलै थाहा छैन; उहाँले पनि कहिल्यै केही  
भन्नुभएको थिएन ।" अलि आश्चर्यमिश्रित भावमा लतमायाले भनिन् ।
भन्नु भएको थिएन ।" अलि आश्चर्य मिश्रित भावमा लतमायाले भनिन् ।


"हुन सक्छ, अष्टनारानले भनेको थिएन होला, किनभने त्यो गम्भीर  
"हुन सक्छ, अष्ट नारानले भनेको थिएन होला, किनभने त्यो गम्भीर  
मानिस थियो । कसैलाई नभनीकन काम गर्ने उसको बानी थियो । तर जे भए,
मानिस थियो । कसैलाई नभनीकन काम गर्ने उसको बानी थियो । तर जे भए  
पनि लोग्ने हुन्, ‘मलाई बताएनन्’ भनेर रिसले लोग्नेको विरोधमा जानु  
पनि लोग्ने हुन्, 'मलाई बताएनन्' भनेर रिसले लोग्नेको विरोधमा जानु  
स्वास्नीमानिसको धर्म होइन, यसलाई सम्झीबुझी तिमीले लोग्नेको वचन खेर  
स्वास्नी मानिसको धर्म होइन, यसलाई सम्झी बुझी तिमीले लोग्नेको वचन खेर  
नजाने गरी कर्तव्य पालन गर्नुपर्छ ।" रामबहादुरले भने ।
नजाने गरी कर्तव्य पालन गर्नु पर्छ ।" राम बहादुरले भने ।


"होला र उहाँले वचन दिनुभएको ? त्यत्तिको उमेर फरक छ ।"  
"होला र उहाँले वचन दिनु भएको ? त्यत्तिको उमेर फरक छ ।"  
लतमायाले अलि अविश्वासको भावमा भनिन् ।
लतमायाले अलि अविश्वासको भावमा भनिन् ।


"सत्ते हो हेर ! आज एकादशीको दिन, त्यसमाथि निधारमा पशुपतिको  
"सत्ते हो हेर ! आज एकादशीको दिन, त्यसमाथि निधारमा पशुपतिको  
चन्दन र टाउकोमा गुह्येश्वरीको फूल लाइराखेको छु, इमानदार मान्छेले  
चन्दन र टाउकोमा गुह्येश्वरीको फूल लाइ राखेको छु, इमानदार मान्छेले  
झुटो बोलेर नरकमा जाने साहस गर्न सक्ला र ? म त मामुली कारिन्दा  
झुटो बोलेर नरकमा जाने साहस गर्न सक्ला र ? म त मामुली कारिन्दा  
भनुंला, त्यत्रो दर्जामा पुगिरहेका सुब्बासाहेबजस्ताले यस्तो कुरामा झुटो  
भनुँला, त्यत्रो दर्जामा पुगि रहेका सुब्बा साहेब जस्ताले यस्तो कुरामा झुटो  
बोल्नुहोला ?" विश्वासलाग्दो भावमा रामबहादुरले भने ।
बोल्नु होला ?" विश्वास लाग्दो भावमा राम बहादुरले भने ।


रामबहादुरको भनाइले लतमायालाई अलि विश्वास पायो । तैपनि  
राम बहादुरको भनाइले लतमायालाई अलि विश्वास पार्‍यो । तैपनि  
लतमायालाई सुरमान सुब्बा बुढा भइसकेको राम्रै थाहा भएकाले अलि चित्त  
लतमायालाई सुरमान सुब्बा बुढा भइ सकेको राम्रै थाहा भएकाले अलि चित्त  
बुझेन र भनिन्- "नानीथकुं साह्रै कलिली छ, भर्खरै सत्रमा टेकेकी ।"
बुझेन र भनिन्– "नानीथकुँ सार्‍है कलिली छ, भर्खरै सत्रमा टेकेकी ।"


"सुब्बासाहेब पनि त बुढै भइसक्नुभएको छैन, सत्तरी होइन, साठी  
"सुब्बा साहेब पनि त बुढै भइ सक्नु भएको छैन, सत्तरी होइन, साठी  
होइन सन्ताउन्न वर्षको भनेको त लोग्नेमानिसका लागि जवानीकै अवस्था  
होइन सन्ताउन्न वर्षको भनेको त लोग्ने मानिसका लागि जवानीकै अवस्था  
छ । मानिसको उमेरमा पच्चिस र पचासको कुरा छैन, जो बलियो हुन्छ उही  
छ । मानिसको उमेरमा पच्चिस र पचासको कुरा छैन, जो बलियो हुन्छ उही  
जवान हो । बल र फुर्ती छैन भने बिस वर्षकै पनि बुढो हुन्छ । म त भन्छु बरु  
जवान हो । बल र फुर्ती छैन भने बिस वर्षकै पनि बुढो हुन्छ । म त भन्छु बरु  
तिम्री छोरी चाँडै बुढी होली तर सुब्बासाहेब अझ बिस वर्षपछि पनि त्यस्तै
तिम्री छोरी चाँडै बुढी होली तर सुब्बा साहेब अझ बिस वर्षपछि पनि त्यस्तै

Latest revision as of 12:19, 22 June 2025

This page has been proofread

लतमाया र राम बहादुर दुई जना पल्लो कोठामा गए । त्यहाँ पुगेर राम बहादुरले भने- "तिमीलाई थाहै होला नि, अष्ट नारानले नानीथकुँ हाम्रा सुब्बा साहेबलाई कन्यादान दिने वचन दिइ सकेको छ । सुब्बा साहेबलाई नानीथकुँ ज्यादै मन परेको पनि रहेछ । उसको हातबाट सुब्बा साहेबले भात पनि खान कबुल गर्नु भएको छ । यी सबै कुरा अष्ट नारानलाई पनि मन परेर उसले दिन मन्जुर गरेको थियो ।"

"अहँ, मलाई त यो कुरा बिलकुलै थाहा छैन; उहाँले पनि कहिल्यै केही भन्नु भएको थिएन ।" अलि आश्चर्य मिश्रित भावमा लतमायाले भनिन् ।

"हुन सक्छ, अष्ट नारानले भनेको थिएन होला, किनभने त्यो गम्भीर मानिस थियो । कसैलाई नभनीकन काम गर्ने उसको बानी थियो । तर जे भए पनि लोग्ने हुन्, 'मलाई बताएनन्' भनेर रिसले लोग्नेको विरोधमा जानु स्वास्नी मानिसको धर्म होइन, यसलाई सम्झी बुझी तिमीले लोग्नेको वचन खेर नजाने गरी कर्तव्य पालन गर्नु पर्छ ।" राम बहादुरले भने ।

"होला र उहाँले वचन दिनु भएको ? त्यत्तिको उमेर फरक छ ।" लतमायाले अलि अविश्वासको भावमा भनिन् ।

"सत्ते हो हेर ! आज एकादशीको दिन, त्यसमाथि निधारमा पशुपतिको चन्दन र टाउकोमा गुह्येश्वरीको फूल लाइ राखेको छु, इमानदार मान्छेले झुटो बोलेर नरकमा जाने साहस गर्न सक्ला र ? म त मामुली कारिन्दा भनुँला, त्यत्रो दर्जामा पुगि रहेका सुब्बा साहेब जस्ताले यस्तो कुरामा झुटो बोल्नु होला ?" विश्वास लाग्दो भावमा राम बहादुरले भने ।

राम बहादुरको भनाइले लतमायालाई अलि विश्वास पार्‍यो । तैपनि लतमायालाई सुरमान सुब्बा बुढा भइ सकेको राम्रै थाहा भएकाले अलि चित्त बुझेन र भनिन्– "नानीथकुँ सार्‍है कलिली छ, भर्खरै सत्रमा टेकेकी ।"

"सुब्बा साहेब पनि त बुढै भइ सक्नु भएको छैन, सत्तरी होइन, साठी होइन सन्ताउन्न वर्षको भनेको त लोग्ने मानिसका लागि जवानीकै अवस्था छ । मानिसको उमेरमा पच्चिस र पचासको कुरा छैन, जो बलियो हुन्छ उही जवान हो । बल र फुर्ती छैन भने बिस वर्षकै पनि बुढो हुन्छ । म त भन्छु बरु तिम्री छोरी चाँडै बुढी होली तर सुब्बा साहेब अझ बिस वर्षपछि पनि त्यस्तै