Page:Ek chihan.pdf/45: Difference between revisions
→Not proofread: Created page with "खल्तीबाट एउटा मुद्रित कागज निकाल्दै रामबहादुरले भने- "यो तान चलाउने काइदा यसमा प्रस्ट बुझिने गरी लेखिएको छ ।" नानीथकुंले एक चोटि कागजप्रति पुलुक्क हेरिन्, लतमायाले बिलकुलै दृष्टि..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
खल्तीबाट एउटा मुद्रित कागज निकाल्दै | खल्तीबाट एउटा मुद्रित कागज निकाल्दै राम बहादुरले भने- "यो तान | ||
चलाउने काइदा यसमा प्रस्ट बुझिने गरी लेखिएको छ ।" | |||
नानीथकुँले एक चोटि कागजप्रति पुलुक्क हेरिन्, लतमायाले बिलकुलै | |||
दृष्टिपात गरिनन् । | |||
त्यति भनेपछि | त्यति भनेपछि राम बहादुरले भरियाहरूप्रति हेरेर भने– "लौ जाओ | ||
तिमीहरू, सुब्बा साहेबकहाँ गएर ज्याला लेओ ।" | |||
भरियाहरू फर्कन नपाउँदै लतमायाले | भरियाहरू फर्कन नपाउँदै लतमायाले राम बहादुरतिर हेरेर भनिन्– | ||
"साहेब ! तान पनि फर्काइ दिनु होला ।" | |||
"किन ? हिजो हुन्छ, | "किन ? हिजो हुन्छ, ल्याइ दिनोस् भनेर आज एक्कासि यस्तो कुरा ?" | ||
आश्चर्यका साथै शङ्कालाग्दो भावमा राम बहादुरले भने । | |||
"आफ्नो तान छँदै छ, बिनसित्ति अर्कालाई दुःख दिनु ठीक छैन भन्ने छोराहरूको भनाइ छ ।" लतमायाले भनिन् । | "आफ्नो तान छँदै छ, बिनसित्ति अर्कालाई दुःख दिनु ठीक छैन भन्ने | ||
छोराहरूको भनाइ छ ।" लतमायाले भनिन् । | |||
"समय किफायत भएर कमाउन सजिलो हुने कुरामा मद्दत दिएको पनि नलिनू ? ठुलठुला सामन्तले त मद्दत | "समय किफायत भएर कमाउन सजिलो हुने कुरामा मद्दत दिएको पनि | ||
नलिनू ? ठुलठुला सामन्तले त मद्दत लिनु पर्छ भने तिमी हामी जस्ताको तुजुक | |||
अझ कति दिन टिक्न सक्ला ?" राम बहादुरले भने । | |||
"त्यसो त अहम् भावका कारण छोराहरूले | "त्यसो त अहम् भावका कारण छोराहरूले 'मद्दत लिन्नँ' भनेका | ||
होइनन्, धेरैजसो मद्दतगारहरूले मद्दतको बाटो गरी मद्दत लिनेहरूको जिन्दगीमा | |||
हमला गरेर डराएका मात्रै हुन् ।" लतमायाले भनिन् । | |||
"हाम्रा | "हाम्रा सुब्बा साहेब त्यस कोटिका मानिस हुनु हुन्न । उहाँले त | ||
तिमीहरूलाई मद्दत गर्न धर्म देखेर साथसाथै अनिवार्य पनि भएको हुनाले मात्र | |||
मद्दत दिन खोज्नु भएको हो ।" राम बहादुरले आफन्ती भावमा भने । | |||
"उहाँलाई किन हाम्रो सहायक हुन कर्तव्य भएको ?" लतमायाले सोधिन् । | "उहाँलाई किन हाम्रो सहायक हुन कर्तव्य भएको ?" लतमायाले | ||
सोधिन् । | |||
"ल, तिमीलाई थाहै होला नि । | "ल, तिमीलाई थाहै होला नि । 'आफन्त' भन्ने नै चाहिन्न । 'सम्बन्ध' | ||
भनेको केही कुरा होइन भन्न मानिसले सक्ला ? त्यसैले आफूले सकेको | |||
सहायता उहाँले दिन खोज्नु भयो ।" राम बहादुरले भने । | |||
"तपाईंको भनाइ मैले केही पनि बुझ्न सकिनँ ।" | "तपाईंको भनाइ मैले केही पनि बुझ्न सकिनँ ।" | ||
"त्यसो भए उता हिँड, म तिमीलाई | "त्यसो भए उता हिँड, म तिमीलाई बुझाइ दिउँला ।" | ||
{{nop}} |
Latest revision as of 12:12, 22 June 2025
खल्तीबाट एउटा मुद्रित कागज निकाल्दै राम बहादुरले भने- "यो तान चलाउने काइदा यसमा प्रस्ट बुझिने गरी लेखिएको छ ।"
नानीथकुँले एक चोटि कागजप्रति पुलुक्क हेरिन्, लतमायाले बिलकुलै दृष्टिपात गरिनन् ।
त्यति भनेपछि राम बहादुरले भरियाहरूप्रति हेरेर भने– "लौ जाओ तिमीहरू, सुब्बा साहेबकहाँ गएर ज्याला लेओ ।"
भरियाहरू फर्कन नपाउँदै लतमायाले राम बहादुरतिर हेरेर भनिन्– "साहेब ! तान पनि फर्काइ दिनु होला ।"
"किन ? हिजो हुन्छ, ल्याइ दिनोस् भनेर आज एक्कासि यस्तो कुरा ?" आश्चर्यका साथै शङ्कालाग्दो भावमा राम बहादुरले भने ।
"आफ्नो तान छँदै छ, बिनसित्ति अर्कालाई दुःख दिनु ठीक छैन भन्ने छोराहरूको भनाइ छ ।" लतमायाले भनिन् ।
"समय किफायत भएर कमाउन सजिलो हुने कुरामा मद्दत दिएको पनि नलिनू ? ठुलठुला सामन्तले त मद्दत लिनु पर्छ भने तिमी हामी जस्ताको तुजुक अझ कति दिन टिक्न सक्ला ?" राम बहादुरले भने ।
"त्यसो त अहम् भावका कारण छोराहरूले 'मद्दत लिन्नँ' भनेका होइनन्, धेरैजसो मद्दतगारहरूले मद्दतको बाटो गरी मद्दत लिनेहरूको जिन्दगीमा हमला गरेर डराएका मात्रै हुन् ।" लतमायाले भनिन् ।
"हाम्रा सुब्बा साहेब त्यस कोटिका मानिस हुनु हुन्न । उहाँले त तिमीहरूलाई मद्दत गर्न धर्म देखेर साथसाथै अनिवार्य पनि भएको हुनाले मात्र मद्दत दिन खोज्नु भएको हो ।" राम बहादुरले आफन्ती भावमा भने ।
"उहाँलाई किन हाम्रो सहायक हुन कर्तव्य भएको ?" लतमायाले सोधिन् ।
"ल, तिमीलाई थाहै होला नि । 'आफन्त' भन्ने नै चाहिन्न । 'सम्बन्ध' भनेको केही कुरा होइन भन्न मानिसले सक्ला ? त्यसैले आफूले सकेको सहायता उहाँले दिन खोज्नु भयो ।" राम बहादुरले भने ।
"तपाईंको भनाइ मैले केही पनि बुझ्न सकिनँ ।"
"त्यसो भए उता हिँड, म तिमीलाई बुझाइ दिउँला ।"