Page:Ek chihan.pdf/37: Difference between revisions
→Not proofread: Created page with ""टुम्टुम् छयाँय् !" हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त हाँसेर नानीथकुंले बोलिन् । "अँ भन न लौ साँच्ची, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म रिसाउँदिनँ ।" "के ?" "’नानीथकुं’ को स..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
" | "टुम्टुम् छ्याँय् !" हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त | ||
हाँसेर नानीथकुँले बोलिन् । | |||
"अँ भन न लौ | "अँ भन न लौ साँच्चि, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म | ||
रिसाउँदिनँ ।" | |||
"के ?" | "के ?" | ||
" | "'नानीथकुं' को सट्टा मैले तिमीलाई 'नानी' भन्न चाहे झैँ तिमीले | ||
मलाई के भन्न चाहेको ?" | |||
"हो त ? रिसाउन पाइन्न नि ?" | "हो त ? रिसाउन पाइन्न नि ?" | ||
Line 11: | Line 14: | ||
"हो हो लौ, रिसाउँदिनँ ।" | "हो हो लौ, रिसाउँदिनँ ।" | ||
"नाइँ, तपाईं | "नाइँ, तपाईं रिसाउनु हुन्छ ।" | ||
"रिसाउँदिनँ | "रिसाउँदिनँ भन्या तिमी मारे हत्या ।" | ||
" | "भइगो लौ, अरू कुरा गर्नोस् ।" | ||
"नभने म मारे हत्या ।" | "नभने म मारे हत्या ।" | ||
Line 21: | Line 24: | ||
"भनिहालूँ त ? तपाईंलाई…?" | "भनिहालूँ त ? तपाईंलाई…?" | ||
यती भनेर नानीथकुँले मुस्कुराउँदै अलि लजाएको पनि भावमा डाक्टर | |||
गोदत्त प्रसादको मुख वाल्ल परेर हेरि रहिन् । | |||
"अँ मलाई ?" डाक्टर | "अँ मलाई ?" डाक्टर गोदत्त प्रसादले फेरि कोट्ट्यए । | ||
"तपाईंलाई !" लज्जापूर्ण भावमा डाक्टर गोदत्त प्रसादको अनुहार | |||
पुलुक्क हेरी अलि खिस्स हाँसेर– "तिमी भन्छु" नानीथकुँले भनिन् । | |||
"मोरी !" अँगाल्न हात बढाउँदै डाक्टर गोदत्त प्रसादले भने । | |||
"नकच्चरा !" फुत्केर पछि हट्तै मुसुक्क मुस्कुराएर नानीथकुँ छुट्टिइन् । | |||
"नबिर्सीकन !" अतृप्त आँखाले हेर्दै | डाक्टर गोदत्त प्रसाद मस्त भएर नानीथकुँको अनुहार हेर्दै हाँसि रहे । | ||
यत्तिकैमा माथिबाट "नानीथकुँ ! भात खान आऊ" भन्ने सम्बोधन सुनियो । | |||
"लौ जाऊ भात खान आजलाई, भोलि त बिदाको दिन छ दिउँसै | |||
आउँला है ?" नानीथकुँको हातको हर्थुङ्गामा चुम्बन गर्दै डाक्टर गोदत्त | |||
प्रसादले भने । | |||
"नबिर्सीकन !" अतृप्त आँखाले हेर्दै नानीथकुँले भनिन् । | |||
{{nop}} |
Latest revision as of 19:53, 21 June 2025
"टुम्टुम् छ्याँय् !" हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त हाँसेर नानीथकुँले बोलिन् ।
"अँ भन न लौ साँच्चि, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म रिसाउँदिनँ ।"
"के ?"
"'नानीथकुं' को सट्टा मैले तिमीलाई 'नानी' भन्न चाहे झैँ तिमीले मलाई के भन्न चाहेको ?"
"हो त ? रिसाउन पाइन्न नि ?"
"हो हो लौ, रिसाउँदिनँ ।"
"नाइँ, तपाईं रिसाउनु हुन्छ ।"
"रिसाउँदिनँ भन्या तिमी मारे हत्या ।"
"भइगो लौ, अरू कुरा गर्नोस् ।"
"नभने म मारे हत्या ।"
"भनिहालूँ त ? तपाईंलाई…?"
यती भनेर नानीथकुँले मुस्कुराउँदै अलि लजाएको पनि भावमा डाक्टर गोदत्त प्रसादको मुख वाल्ल परेर हेरि रहिन् ।
"अँ मलाई ?" डाक्टर गोदत्त प्रसादले फेरि कोट्ट्यए । "तपाईंलाई !" लज्जापूर्ण भावमा डाक्टर गोदत्त प्रसादको अनुहार पुलुक्क हेरी अलि खिस्स हाँसेर– "तिमी भन्छु" नानीथकुँले भनिन् ।
"मोरी !" अँगाल्न हात बढाउँदै डाक्टर गोदत्त प्रसादले भने ।
"नकच्चरा !" फुत्केर पछि हट्तै मुसुक्क मुस्कुराएर नानीथकुँ छुट्टिइन् ।
डाक्टर गोदत्त प्रसाद मस्त भएर नानीथकुँको अनुहार हेर्दै हाँसि रहे । यत्तिकैमा माथिबाट "नानीथकुँ ! भात खान आऊ" भन्ने सम्बोधन सुनियो ।
"लौ जाऊ भात खान आजलाई, भोलि त बिदाको दिन छ दिउँसै आउँला है ?" नानीथकुँको हातको हर्थुङ्गामा चुम्बन गर्दै डाक्टर गोदत्त प्रसादले भने ।
"नबिर्सीकन !" अतृप्त आँखाले हेर्दै नानीथकुँले भनिन् ।