Jump to content

Page:Ek chihan.pdf/25: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "हर्षनारानका साथै नानीथकुं पनि सहसा अस्पतालमा आएको देखेर गोदत्तप्रसाद एकछिन जिल्ल परे । उनले तुरुन्तै सोधे- "बालाई कस्तो छ ?" डाक्टरको यो प्रश्नले थामिरहेको आँसु नानीथकुंको आँखाबा..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हर्षनारानका साथै नानीथकुं पनि सहसा अस्पतालमा आएको देखेर गोदत्तप्रसाद एकछिन जिल्ल परे । उनले तुरुन्तै सोधे- "बालाई कस्तो छ ?"
हर्ष नारानका साथै नानीथकुँ पनि सहसा अस्पतालमा आएको देखेर  
गोदत्त प्रसाद एक छिन जिल्ल परे । उनले तुरुन्तै सोधे– "बालाई कस्तो छ ?"


डाक्टरको यो प्रश्नले थामिरहेको आँसु नानीथकुंको आँखाबाट फेरि बग्न थाल्यो । उनी धुरुधुरु रुन थालिन् । हर्षनारानले तत्क्षणात् भने- "बा त गइसक्नुभयो ।"
डाक्टरको यो प्रश्नले थामि रहेको आँसु नानीथकुँको आँखाबाट फेरि  
बग्न थाल्यो । उनी धुरुधुरु रुन थालिन् । हर्ष नारानले तत्क्षणात् भने– "बा  
गइ सक्नु भयो ।"


"हँ ! राम ! राम !! कुन बेला ?" डाक्टर गोदत्तप्रसादले आश्चर्यचकित भएर शोकयुक्त स्वरमा सोधे ।
"हँ ! राम ! राम !! कुन वेला ?" डाक्टर गोदत्त प्रसादले आश्चर्य
चकित भएर शोकयुक्त स्वरमा सोधे ।


"अगि एघार बजेतिर ।"
"अगि एघार बजेतिर ।"


"मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ । संसार यस्तै हो, मर्नु र जन्मनु संसारको गति हो । उमेर नपुगेको भन्नु पनि छैन ।" यहाँ किन आउनुभएको त तपाईंहरू ? मबाट अझै कुनै सेवा हुन सक्छ भने भन्नोस्, हाजिरै छु । दागबत्तीको काम सबै ठीकठाक भइसक्यो ?"
"मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ । संसार यस्तै हो, मर्नु  
र जन्मनु संसारको गति हो । उमेर नपुगेको भन्नु पनि छैन ।" यहाँ किन  
आउनु भएको त तपाईंहरू ? मबाट अझै कुनै सेवा हुन सक्छ भने भन्नोस्,  
हाजिरै छु । दागबत्तीको काम सबै ठीकठाक भइ सक्यो ?"


हर्षनारान नानीथकं दुवै अनकनाएको देखेर डाक्टर गोदत्तप्रसादले फेरि भने- "भन्नुहोस्, केही भन्नु छ मसित ?"
हर्ष नारान नानीथकुँ दुवै जना अनकनाएको भाव देखेर डाक्टर  
गोदत्त प्रसादले फेरि भने– "भन्नु होस्, केही भन्नु छ मसित ?"


हर्षनारानले बोल्न इसारा गरेपछि नानीथकुंले भन्ने साहस गरिन् तर बोल्न खोजेको कुरा सर्मले गर्दा घाँटीमै अड्कियो । उनको मुखमा सर्मको लालीपना छाउन थाल्यो । अनि डाक्टर गोदत्तप्रसादले आश्वासनको भावमा भने- "भन न नानी ! किन लजाएकी ? मलाई भन्नलाई पनि केको लाज ? मलाई आफन्तै सम्झे हुन्छ ।"
हर्ष नारानले बोल्न इसारा गरे पछि नानीथकुँले भन्ने साहस गरिन् तर  
बोल्न खोजेको कुरा सर्मले गर्दा घाँटीमै अड्कियो । उनको मुखमा सर्मको  
लालीपना छाउन थाल्यो । अनि डाक्टर गोदत्त प्रसादले आश्वासनको भावमा  
भने– "भन न नानी ! किन लजाएकी ? मलाई भन्नलाई पनि केको लाज ?  
मलाई आफन्तै सम्झे हुन्छ ।"


डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानीथकुंले बोल्न साहस गरिन् तर यो पटक पनि लज्जाले घाँटी नै समाइदियो
डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानीथकुँले
बोल्न साहस गरिन् तर यो पटक पनि लज्जाले घाँटी नै समाइ दियो अनि
डाक्टर गोदत्त प्रसादले अझै आफन्तको भावमा भने– "किन लजाउनु पर्छ
भन्या, मलाई परचक्री सम्झेकी ?"


अनि डाक्टर गोदत्तप्रसादले अझै आफन्तको भावमा भने- "किन लजाउनुपर्छ भन्या, मलाई परचक्री सम्झेकी ?"
हर्ष नारान पनि लज्जाले मुन्टो निहुराएर उभिइ रहेका थिए । यसपालि
भने नानीथकुँले बल गरेर भनि हालिन्– "अलिकति रुपियाँ मागौँ भनेर
आएका हौँ ।"


हर्षनारान पनि लज्जाले मुन्टो निहुराएर उभिइरहेका थिए । यसपालि भने नानीथकुंले बल गरेर भनिहालिन्- "अलिकति रुपियाँ मागौं भनेर आएका हौं ।"
पूर्ण सहानुभूतिको भावमा डाक्टर गोदत्त प्रसाद तत्क्षणात् बोले–
 
"कति रुपियाँ चाहियो नानी ?"
पूर्ण सहानुभूतिको भावमा डाक्टर गोदत्तप्रसाद तत्क्षणात् बोले- "कति रुपियाँ चाहियो नानी ?"
{{nop}}

Latest revision as of 17:32, 21 June 2025

This page has been proofread

हर्ष नारानका साथै नानीथकुँ पनि सहसा अस्पतालमा आएको देखेर गोदत्त प्रसाद एक छिन जिल्ल परे । उनले तुरुन्तै सोधे– "बालाई कस्तो छ ?"

डाक्टरको यो प्रश्नले थामि रहेको आँसु नानीथकुँको आँखाबाट फेरि बग्न थाल्यो । उनी धुरुधुरु रुन थालिन् । हर्ष नारानले तत्क्षणात् भने– "बा त गइ सक्नु भयो ।"

"हँ ! राम ! राम !! कुन वेला ?" डाक्टर गोदत्त प्रसादले आश्चर्य चकित भएर शोकयुक्त स्वरमा सोधे ।

"अगि एघार बजेतिर ।"

"मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ । संसार यस्तै हो, मर्नु र जन्मनु संसारको गति हो । उमेर नपुगेको भन्नु पनि छैन ।" यहाँ किन आउनु भएको त तपाईंहरू ? मबाट अझै कुनै सेवा हुन सक्छ भने भन्नोस्, हाजिरै छु । दागबत्तीको काम सबै ठीकठाक भइ सक्यो ?"

हर्ष नारान र नानीथकुँ दुवै जना अनकनाएको भाव देखेर डाक्टर गोदत्त प्रसादले फेरि भने– "भन्नु होस्, केही भन्नु छ मसित ?"

हर्ष नारानले बोल्न इसारा गरे पछि नानीथकुँले भन्ने साहस गरिन् तर बोल्न खोजेको कुरा सर्मले गर्दा घाँटीमै अड्कियो । उनको मुखमा सर्मको लालीपना छाउन थाल्यो । अनि डाक्टर गोदत्त प्रसादले आश्वासनको भावमा भने– "भन न नानी ! किन लजाएकी ? मलाई भन्नलाई पनि केको लाज ? मलाई आफन्तै सम्झे हुन्छ ।"

डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानीथकुँले बोल्न साहस गरिन् तर यो पटक पनि लज्जाले घाँटी नै समाइ दियो । अनि डाक्टर गोदत्त प्रसादले अझै आफन्तको भावमा भने– "किन लजाउनु पर्छ भन्या, मलाई परचक्री सम्झेकी ?"

हर्ष नारान पनि लज्जाले मुन्टो निहुराएर उभिइ रहेका थिए । यसपालि भने नानीथकुँले बल गरेर भनि हालिन्– "अलिकति रुपियाँ मागौँ भनेर आएका हौँ ।"

पूर्ण सहानुभूतिको भावमा डाक्टर गोदत्त प्रसाद तत्क्षणात् बोले– "कति रुपियाँ चाहियो नानी ?"