Page:Ek chihan.pdf/24: Difference between revisions
→Not proofread: Created page with ""हुन्छ त, तिमीहरू जाओ । गइहाल त, अबेर गर्ने किन ! नदिए रोएर, बिन्तीभाउ गरेर पनि सापट लिएर आओ, अलि छिटोछिटो जाओ ।" शिवनारानले भने । शिवनारानको आज्ञा पाएर हर्षनारान र नानीथकुँ डाक्टर गोद..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"हुन्छ त, तिमीहरू जाओ । | "हुन्छ त, तिमीहरू जाओ । गइ हाल त, अबेर गर्ने किन ! नदिए रोएर, | ||
बिन्तीभाउ गरेर पनि सापट लिएर आओ, अलि छिटो छिटो जाओ ।" शिव | |||
नारानले भने । | |||
शिव नारानको आज्ञा पाएर हर्ष नारान र नानीथकुँ डाक्टर गोदत्त | |||
प्रसादकहाँ रुपियाँ सापट माग्न गए । | |||
⬥ | {{c|⬥}} | ||
मरेको चार घण्टा | मरेको चार घण्टा भइ सक्यो, अझसम्म केही सुरसार नभएको देखेर | ||
एउटा गुठियारले अलि झर्केर भन्यो– "शिव नारान । सार्है अबेर भयो, के गर्न | |||
लाग्नु भएको यो तपाईंहरूले ? कहिले मुर्दा लैजाने, कहिले दाह संस्कारको | |||
काम सिद्ध्याउने ? हुन त यस्तो अवस्थामा केही बोल्न ठीक छैन तर साराको | |||
कामकाज बर्बाद हुन लागि सक्यो, त्यसैले नबोल्न सकिनँ ।" | |||
"सब | "सब ठिक हुन लाग्यो, एक छिन पर्खि दिनोस्, माल सामान जोरिँदै छ । | ||
के लाग्छ, जिउँदो छँदै मर्ने सम्झेर जोरजाम गर्नु भएन ।" शिव नारानले वेदना | |||
भरेको आवाजमा भने । | |||
"मेरो भनाइ त्यस्तो होइन, तर मरेको पनि त धेरै समय | "मेरो भनाइ त्यस्तो होइन, तर मरेको पनि त धेरै समय बिति सक्यो । | ||
यसरी धेरै बेर मुर्दालाई पर्खाइ राख्नु पनि ठीक छैन । यसैले पनि हामीले | |||
ताकिता गरेका हौँ ।" | |||
"तपाईंले | "तपाईंले भन्नु भएको कुरा मनासिब हो । बन्दोबस्त हुँदै छ, एक छिन | ||
तपाईंहरू नरिसाइ दिनु होला ।" | |||
" होइन, कोही पनि रिसाएको छैन । यस्तो | "होइन, कोही पनि रिसाएको छैन । यस्तो वेलामा पनि रिसाउने कस्तो | ||
मूर्ख होला ? अबेर भएर ताकितासम्म गरेका हौँ ।" | |||
"बरु | "बरु अर्थी बनाउनलाई बाँससाँस दिनोस्, दाउरासाउरा पनि ठिक गर्दै | ||
गरौँ ।" अर्को एक जना गुठियारले भने । | |||
घरमा भएका बाँसहरू खोजेर | घरमा भएका बाँसहरू खोजेर दिँदै– "अर्थी बनाउँदै गर्नु होला, दाउरा | ||
किन्न गएका छन्, एकैचोटि सबै तयार हुने छ ।" | |||
गुठियारहरू बाँस काटकुट गरी | गुठियारहरू बाँस काटकुट गरी अर्थी बनाउन थाले । | ||
⬥ | {{c|⬥}} | ||
{{nop}} |
Latest revision as of 17:27, 21 June 2025
"हुन्छ त, तिमीहरू जाओ । गइ हाल त, अबेर गर्ने किन ! नदिए रोएर, बिन्तीभाउ गरेर पनि सापट लिएर आओ, अलि छिटो छिटो जाओ ।" शिव नारानले भने ।
शिव नारानको आज्ञा पाएर हर्ष नारान र नानीथकुँ डाक्टर गोदत्त प्रसादकहाँ रुपियाँ सापट माग्न गए ।
मरेको चार घण्टा भइ सक्यो, अझसम्म केही सुरसार नभएको देखेर एउटा गुठियारले अलि झर्केर भन्यो– "शिव नारान । सार्है अबेर भयो, के गर्न लाग्नु भएको यो तपाईंहरूले ? कहिले मुर्दा लैजाने, कहिले दाह संस्कारको काम सिद्ध्याउने ? हुन त यस्तो अवस्थामा केही बोल्न ठीक छैन तर साराको कामकाज बर्बाद हुन लागि सक्यो, त्यसैले नबोल्न सकिनँ ।"
"सब ठिक हुन लाग्यो, एक छिन पर्खि दिनोस्, माल सामान जोरिँदै छ । के लाग्छ, जिउँदो छँदै मर्ने सम्झेर जोरजाम गर्नु भएन ।" शिव नारानले वेदना भरेको आवाजमा भने ।
"मेरो भनाइ त्यस्तो होइन, तर मरेको पनि त धेरै समय बिति सक्यो । यसरी धेरै बेर मुर्दालाई पर्खाइ राख्नु पनि ठीक छैन । यसैले पनि हामीले ताकिता गरेका हौँ ।"
"तपाईंले भन्नु भएको कुरा मनासिब हो । बन्दोबस्त हुँदै छ, एक छिन तपाईंहरू नरिसाइ दिनु होला ।"
"होइन, कोही पनि रिसाएको छैन । यस्तो वेलामा पनि रिसाउने कस्तो मूर्ख होला ? अबेर भएर ताकितासम्म गरेका हौँ ।"
"बरु अर्थी बनाउनलाई बाँससाँस दिनोस्, दाउरासाउरा पनि ठिक गर्दै गरौँ ।" अर्को एक जना गुठियारले भने ।
घरमा भएका बाँसहरू खोजेर दिँदै– "अर्थी बनाउँदै गर्नु होला, दाउरा किन्न गएका छन्, एकैचोटि सबै तयार हुने छ ।"
गुठियारहरू बाँस काटकुट गरी अर्थी बनाउन थाले ।