Jump to content

Page:Ek chihan.pdf/23: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"तिमीले भनेका सबै कुरा मनासिबै छन्, मलाई पनि त्यो गर्न कहाँ मन  
"तिमीले भनेका सबै कुरा मनासिबै छन्, मलाई पनि त्यो गर्न कहाँ मन  
लाग्छ ? तर गर्ने के, तिमी नै सोच !" शिवनारानले अलि लामो सास फेरेर  
लाग्छ ? तर गर्ने के, तिमी नै सोच !" शिव नारानले अलि लामो सास फेरेर  
भने ।
भने ।


"डाक्टर गोदत्तप्रसादले हामीमाथि सहानुभूति प्रकट गरिरहेको
"डाक्टर गोदत्त प्रसादले हामीमाथि सहानुभूति प्रकट गरि रहेको
देखिन्छ । दिएको फिससमेत नलिईकन आफैं आई बालाई उनले त्यत्रो  
देखिन्छ । दिएको फिस समेत नलिईकन आफैँ आई बालाई उनले त्यत्रो  
मिहिनेतसाथ औषधी गरिदिए, उनीसितै बिस-पच्चिस रुपियाँ सापट मागौँ  
मिहिनेत साथ औषधी गरि दिए, उनीसितै बिस पच्चिस रुपियाँ सापट मागौँ  
कि ! मैले हेर्दा त अवश्य उनले मद्दत गर्नेछन् ।" नानीथकुंले भनिन् ।
कि ! मैले हेर्दा त अवश्य उनले मद्दत गर्ने छन् ।" नानीथकुँले भनिन् ।
 
नानीथकुंको यो सल्लाह सुनेर शिवनारान, पुननारान, हर्षनारान,
लतमाया सबैले भुइँतिर निहुरेर एक चोटि गौर गरे । अनि लतमाया बोलिन् –


नानीथकुँको यो सल्लाह सुनेर शिव नारान, पुन नारान, हर्ष नारान,
लतमाया सबैले भुइँतिर निहुरेर एक चोटि गौर गरे । अनि लतमाया बोलिन्–
"उनीसित सापट मागे नदेलान् जस्तो त छैन तर किन हो कुन्नि, तिम्रो बालाई  
"उनीसित सापट मागे नदेलान् जस्तो त छैन तर किन हो कुन्नि, तिम्रो बालाई  
उनको सहानुभूति अलि तितो लागेको थियो ।"
उनको सहानुभूति अलि तितो लागेको थियो ।"


"मलाई पनि अलि कस्तोकस्तो नै लाग्यो !" शिवनारानले भने ।
"मलाई पनि अलि कस्तो कस्तो नै लाग्यो !" शिव नारानले भने ।


"अगाडि नराम्रो मानिस पछि राम्रो भएर आएको बेस कुरा हो । देलान्  
"अगाडि नराम्रो मानिस पछि राम्रो भएर आएको बेस कुरा हो । देलान्  
जस्तो देखिए उनीसित सापट माग्नमा आपत्ति के छ त ? सित्तै खानु छैन, चाँडै  
जस्तो देखिए उनीसित सापट माग्नमा आपत्ति के छ त ? सित्तैँ खानु छैन, चाँडै  
तिरौंला । मैले हेर्दा पनि उनीसित सापट लिएर काम चलाउनु बढिया लाग्यो ।"  
तिरौँला । मैले हेर्दा पनि उनीसित सापट लिएर काम चलाउनु बढिया लाग्यो ।"  
पुननारानले भने ।
पुन नारानले भने ।


"हुन्छ, हुन्छ, सबभन्दा अहिलेलाई यही उपाय नै मलाई पनि राम्रो  
"हुन्छ, हुन्छ; सबभन्दा अहिलेलाई यही उपाय नै मलाई पनि राम्रो  
लाग्यो । ‘भरे भोलि’ भनी पर्खने बेला पनि त अहिले छैन । तैपनि यस्तो ढिलो  
लाग्यो । 'भरे भोलि' भनी पर्खने वेला पनि त अहिले छैन । तैपनि यस्तो ढिलो  
भएर लाज मर्नु भइसक्यो ।" हर्षनारानले भने ।
भएर लाज मर्नु भइ सक्यो ।" हर्ष नारानले भने ।


एकछिन फेरि सब चुप लागे । अनि मनमन गौर गरिसकेपछि शिव
एक छिन फेरि सब चुप लागे । अनि मनमन गौर गरि सकेपछि शिव
नारानले भने- "के लाग्यो त, हुन्छ, डाक्टर गोदत्तप्रसादसँग सापट लिऔं ।  
नारानले भने– "के लाग्यो त, हुन्छ, डाक्टर गोदत्त प्रसादसँग सापट लिऔँ ।  
तर उनी अहिले घरमा हुँदैनन्, अस्पतालमा होलान् ।"
तर उनी अहिले घरमा हुँदैनन्, अस्पतालमा होलान् ।"


"अस्पतालमा भए उहीँ गएर सापट मागे के हुन्छ ?" नानीथकुंले
"अस्पतालमा भए उहीँ गएर सापट मागे के हुन्छ ?" नानीथकुँले
भनिन् ।
भनिन् ।


"हुन्छ लौ, पच्चिस रुपियाँ उनीसित सापट लिऔं, कसलाई पठाउने ?  
"हुन्छ लौ, पच्चिस रुपियाँ उनीसित सापट लिऔँ, कसलाई पठाउने ?  
हामीमध्येबाट कोही जानु बेस होला ।" शिवनारानले भने ।
हामीमध्येबाट कोही जानु बेस होला ।" शिव नारानले भने ।


"हर्ष दाइ र म जाऔँ, दुई जना गएपछि उनको दिल झन् पग्लला ।"  
"हर्ष दाइ र म जाऔँ, दुई जना गएपछि उनको दिल झन् पग्लला ।"  
नानीथकुंले भनिन् ।
नानीथकुँले भनिन् ।
{{nop}}
{{nop}}

Latest revision as of 17:23, 21 June 2025

This page has been proofread

"तिमीले भनेका सबै कुरा मनासिबै छन्, मलाई पनि त्यो गर्न कहाँ मन लाग्छ ? तर गर्ने के, तिमी नै सोच !" शिव नारानले अलि लामो सास फेरेर भने ।

"डाक्टर गोदत्त प्रसादले हामीमाथि सहानुभूति प्रकट गरि रहेको देखिन्छ । दिएको फिस समेत नलिईकन आफैँ आई बालाई उनले त्यत्रो मिहिनेत साथ औषधी गरि दिए, उनीसितै बिस पच्चिस रुपियाँ सापट मागौँ कि ! मैले हेर्दा त अवश्य उनले मद्दत गर्ने छन् ।" नानीथकुँले भनिन् ।

नानीथकुँको यो सल्लाह सुनेर शिव नारान, पुन नारान, हर्ष नारान, लतमाया सबैले भुइँतिर निहुरेर एक चोटि गौर गरे । अनि लतमाया बोलिन्– "उनीसित सापट मागे नदेलान् जस्तो त छैन तर किन हो कुन्नि, तिम्रो बालाई उनको सहानुभूति अलि तितो लागेको थियो ।"

"मलाई पनि अलि कस्तो कस्तो नै लाग्यो !" शिव नारानले भने ।

"अगाडि नराम्रो मानिस पछि राम्रो भएर आएको बेस कुरा हो । देलान् जस्तो देखिए उनीसित सापट माग्नमा आपत्ति के छ त ? सित्तैँ खानु छैन, चाँडै तिरौँला । मैले हेर्दा पनि उनीसित सापट लिएर काम चलाउनु बढिया लाग्यो ।" पुन नारानले भने ।

"हुन्छ, हुन्छ; सबभन्दा अहिलेलाई यही उपाय नै मलाई पनि राम्रो लाग्यो । 'भरे भोलि' भनी पर्खने वेला पनि त अहिले छैन । तैपनि यस्तो ढिलो भएर लाज मर्नु भइ सक्यो ।" हर्ष नारानले भने ।

एक छिन फेरि सब चुप लागे । अनि मनमन गौर गरि सकेपछि शिव नारानले भने– "के लाग्यो त, हुन्छ, डाक्टर गोदत्त प्रसादसँग सापट लिऔँ । तर उनी अहिले घरमा हुँदैनन्, अस्पतालमा होलान् ।"

"अस्पतालमा भए उहीँ गएर सापट मागे के हुन्छ ?" नानीथकुँले भनिन् ।

"हुन्छ लौ, पच्चिस रुपियाँ उनीसित सापट लिऔँ, कसलाई पठाउने ? हामीमध्येबाट कोही जानु बेस होला ।" शिव नारानले भने ।

"हर्ष दाइ र म जाऔँ, दुई जना गएपछि उनको दिल झन् पग्लला ।" नानीथकुँले भनिन् ।