Page:Ek chihan.pdf/23: Difference between revisions
→Not proofread: Created page with ""तिमीले भनेका सबै कुरा मनासिबै छन्, मलाई पनि त्यो गर्न कहाँ मन लाग्छ ? तर गर्ने के, तिमी नै सोच !" शिवनारानले अलि लामो सास फेरेर भने । "डाक्टर गोदत्तप्रसादले हामीमाथि सहानुभूति प्रकट ग..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"तिमीले भनेका सबै कुरा मनासिबै छन्, मलाई पनि त्यो गर्न कहाँ मन लाग्छ ? तर गर्ने के, तिमी नै सोच !" | "तिमीले भनेका सबै कुरा मनासिबै छन्, मलाई पनि त्यो गर्न कहाँ मन | ||
लाग्छ ? तर गर्ने के, तिमी नै सोच !" शिव नारानले अलि लामो सास फेरेर | |||
भने । | |||
"डाक्टर | "डाक्टर गोदत्त प्रसादले हामीमाथि सहानुभूति प्रकट गरि रहेको | ||
देखिन्छ । दिएको फिस समेत नलिईकन आफैँ आई बालाई उनले त्यत्रो | |||
मिहिनेत साथ औषधी गरि दिए, उनीसितै बिस पच्चिस रुपियाँ सापट मागौँ | |||
कि ! मैले हेर्दा त अवश्य उनले मद्दत गर्ने छन् ।" नानीथकुँले भनिन् । | |||
नानीथकुँको यो सल्लाह सुनेर शिव नारान, पुन नारान, हर्ष नारान, | |||
लतमाया सबैले भुइँतिर निहुरेर एक चोटि गौर गरे । अनि लतमाया बोलिन्– | |||
"उनीसित सापट मागे नदेलान् जस्तो त छैन तर किन हो कुन्नि, तिम्रो बालाई | |||
उनको सहानुभूति अलि तितो लागेको थियो ।" | |||
"मलाई पनि अलि | "मलाई पनि अलि कस्तो कस्तो नै लाग्यो !" शिव नारानले भने । | ||
"अगाडि नराम्रो मानिस पछि राम्रो भएर आएको बेस कुरा हो । देलान् जस्तो देखिए उनीसित सापट माग्नमा आपत्ति के छ त ? | "अगाडि नराम्रो मानिस पछि राम्रो भएर आएको बेस कुरा हो । देलान् | ||
जस्तो देखिए उनीसित सापट माग्नमा आपत्ति के छ त ? सित्तैँ खानु छैन, चाँडै | |||
तिरौँला । मैले हेर्दा पनि उनीसित सापट लिएर काम चलाउनु बढिया लाग्यो ।" | |||
पुन नारानले भने । | |||
"हुन्छ, हुन्छ | "हुन्छ, हुन्छ; सबभन्दा अहिलेलाई यही उपाय नै मलाई पनि राम्रो | ||
लाग्यो । 'भरे भोलि' भनी पर्खने वेला पनि त अहिले छैन । तैपनि यस्तो ढिलो | |||
भएर लाज मर्नु भइ सक्यो ।" हर्ष नारानले भने । | |||
एक छिन फेरि सब चुप लागे । अनि मनमन गौर गरि सकेपछि शिव | |||
नारानले भने– "के लाग्यो त, हुन्छ, डाक्टर गोदत्त प्रसादसँग सापट लिऔँ । | |||
तर उनी अहिले घरमा हुँदैनन्, अस्पतालमा होलान् ।" | |||
"अस्पतालमा भए उहीँ गएर सापट मागे के हुन्छ ?" | "अस्पतालमा भए उहीँ गएर सापट मागे के हुन्छ ?" नानीथकुँले | ||
भनिन् । | |||
"हुन्छ लौ, पच्चिस रुपियाँ उनीसित सापट | "हुन्छ लौ, पच्चिस रुपियाँ उनीसित सापट लिऔँ, कसलाई पठाउने ? | ||
हामीमध्येबाट कोही जानु बेस होला ।" शिव नारानले भने । | |||
"हर्ष दाइ र म जाऔँ, दुई जना गएपछि उनको दिल झन् पग्लला ।" | "हर्ष दाइ र म जाऔँ, दुई जना गएपछि उनको दिल झन् पग्लला ।" | ||
नानीथकुँले भनिन् । | |||
{{nop}} |
Latest revision as of 17:23, 21 June 2025
"तिमीले भनेका सबै कुरा मनासिबै छन्, मलाई पनि त्यो गर्न कहाँ मन लाग्छ ? तर गर्ने के, तिमी नै सोच !" शिव नारानले अलि लामो सास फेरेर भने ।
"डाक्टर गोदत्त प्रसादले हामीमाथि सहानुभूति प्रकट गरि रहेको देखिन्छ । दिएको फिस समेत नलिईकन आफैँ आई बालाई उनले त्यत्रो मिहिनेत साथ औषधी गरि दिए, उनीसितै बिस पच्चिस रुपियाँ सापट मागौँ कि ! मैले हेर्दा त अवश्य उनले मद्दत गर्ने छन् ।" नानीथकुँले भनिन् ।
नानीथकुँको यो सल्लाह सुनेर शिव नारान, पुन नारान, हर्ष नारान, लतमाया सबैले भुइँतिर निहुरेर एक चोटि गौर गरे । अनि लतमाया बोलिन्– "उनीसित सापट मागे नदेलान् जस्तो त छैन तर किन हो कुन्नि, तिम्रो बालाई उनको सहानुभूति अलि तितो लागेको थियो ।"
"मलाई पनि अलि कस्तो कस्तो नै लाग्यो !" शिव नारानले भने ।
"अगाडि नराम्रो मानिस पछि राम्रो भएर आएको बेस कुरा हो । देलान् जस्तो देखिए उनीसित सापट माग्नमा आपत्ति के छ त ? सित्तैँ खानु छैन, चाँडै तिरौँला । मैले हेर्दा पनि उनीसित सापट लिएर काम चलाउनु बढिया लाग्यो ।" पुन नारानले भने ।
"हुन्छ, हुन्छ; सबभन्दा अहिलेलाई यही उपाय नै मलाई पनि राम्रो लाग्यो । 'भरे भोलि' भनी पर्खने वेला पनि त अहिले छैन । तैपनि यस्तो ढिलो भएर लाज मर्नु भइ सक्यो ।" हर्ष नारानले भने ।
एक छिन फेरि सब चुप लागे । अनि मनमन गौर गरि सकेपछि शिव नारानले भने– "के लाग्यो त, हुन्छ, डाक्टर गोदत्त प्रसादसँग सापट लिऔँ । तर उनी अहिले घरमा हुँदैनन्, अस्पतालमा होलान् ।"
"अस्पतालमा भए उहीँ गएर सापट मागे के हुन्छ ?" नानीथकुँले भनिन् ।
"हुन्छ लौ, पच्चिस रुपियाँ उनीसित सापट लिऔँ, कसलाई पठाउने ? हामीमध्येबाट कोही जानु बेस होला ।" शिव नारानले भने ।
"हर्ष दाइ र म जाऔँ, दुई जना गएपछि उनको दिल झन् पग्लला ।" नानीथकुँले भनिन् ।