Jump to content

Page:Ek chihan.pdf/22: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
उनीहरूलाई झन् पोल्न थाल्यो । चिन्ताको तापले उनीहरूले ‘अब के गर्नु ?
उनीहरूलाई झन् पोल्न थाल्यो । चिन्ताको तापले उनीहरूले 'अब के गर्नु ?'
भन्दै सल्लाह गर्न थाले । अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही  
भन्दै सल्लाह गर्न थाले । अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही  
अलिकति चामल, पिठो र आलु बेचेर भए पनि काम चलाउने सुझाव माहिला  
अलिकति चामल, पीठो र आलु बेचेर भए पनि काम चलाउने सुझाव माहिला  
छोरा पुननारानले दिए ।
छोरा पुन नारानले दिए ।


"कसरी बेच्न जाने ? कसलाई बेच्न पठाउने ? हामी बेच्न जान  
"कसरी बेच्न जाने ? कसलाई बेच्न पठाउने ? हामी बेच्न जान  
मिलेन ।" सुस्केरा लिंदै शिवनारानले भने ।
मिलेन ।" सुस्केरा लिँदै शिव नारानले भने ।


"हामी बेच्न जान नहुने किन ?" कान्छा हर्षनारानले भने ।
"हामी बेच्न जान नहुने किन ?" कान्छा हर्ष नारानले भने ।


"बाबुको दाहसंस्कार नसिद्ध्याई कसरी हामी घरबाट बाहिर जाने ?"
"बाबुको दाह संस्कार नसिद्ध्याई कसरी हामी घरबाट बाहिर जाने ?"
शिवनारानले भने ।
शिव नारानले भने ।


"के गर्ने त अब, यस्तै पर्न आयो ।" पुननारानले भने ।
"के गर्ने त अब, यस्तै पर्न आयो ।" पुन नारानले भने ।


"गुठियारहरू सबै जम्मा भइसके । उनीहरूले नदेख्ने गरी लैजान  
"गुठियारहरू सबै जम्मा भइ सके । उनीहरूले नदेख्ने गरी लैजान  
सक्ने चिज होइन खर्पन बोक्नुपर्ने कुरा ! साह्रै सर्म र बेइज्जत हुन जान्छ  
सक्ने चिज होइन खर्पन बोक्नु पर्ने कुरा ! सार्‍है सर्म र बेइज्जत हुन जान्छ  
पुनचा ! के गर्ने ? हाहा नगर्लान् उनीहरूले ?" शिवनारानले भने ।
पुनचा ! के गर्ने ? हाहा नगर्लान् उनीहरूले ?" शिव नारानले भने ।


"के लाग्यो, सहनैपर्यो, अरू थोक उपाय नै के छ त ?" पुननारानले
"के लाग्यो, सहनै पर्‍यो, अरू थोक उपाय नै के छ त ?" पुन नारानले
भने ।
भने ।


"के गर्ने आमा ! यसै गरौं त ?" शिवनारानले लतमायासँग सोधे ।  
"के गर्ने आमा ! यसै गरौं त ?" शिव नारानले लतमायासँग सोधे ।  
लतमायाले केही पनि जबाफ दिइनन् । दुवै आँखाबाट बरबरी आँसु  
लतमायाले केही पनि जबाफ दिइनन् । दुवै आँखाबाट बरबरी आँसु  
चुहाइरहिन्
चुहाइ रहिन्


बरबरती चुहिरहेको आँसु पुछ्तै नानीथकुंले भनिन्- "सबको  
बरबरती चुहि रहेको आँसु पुछ्तै नानीथकुँले भनिन्– "सबको  
अगाडिबाट चामल, पिठो र आलु कसरी बेच्न लैजाने दाजु ? यो त साह्रै
अगाडिबाट चामल, पिठो र आलु कसरी बेच्न लैजाने दाजु ? यो त सार्‍है
नराम्रो लाग्यो मलाई । त्यसै पनि हामीलाई हाहा गर्न खोज्नेहरूले देखे भने  
नराम्रो लाग्यो मलाई । त्यसै पनि हामीलाई हाहा गर्न खोज्नेहरूले देखे भने  
के मात्र नभन्लान् ?"
के मात्र नभन्लान् ?"


"अरू के उपाय छ त भन न तिमी नै ?" शिवनारानले भने । "जुठो  
"अरू के उपाय छ त भन न तिमी नै ?" शिव नारानले भने । "जुठो  
नफुकेसम्म केही काम गर्न जानु हुन्न, आफ्नै बाबु मरेर घरमा परेको जुठो  
नफुकेसम्म केही काम गर्न जानु हुन्न, आफ्नै बाबु मरेर घरमा परेको जुठो  
मान्नैपर्छ । त्यतिन्जेल एकछाक मात्र भए पनि खाएर हामीले ज्यान बचाउनै
मान्नै पर्छ । त्यतिन्जेल एक छाक मात्र भए पनि खाएर हामीले ज्यान बचाउनै
पर्छ । अर्को कुरा भाइभताहाहरूलाई खुवाउनैपर्छ । घरमा भएको अन्नपात  
पर्छ । अर्को कुरा भाइ भताहाहरूलाई खुवाउनैपर्छ । घरमा भएको अन्नपात  
बेइज्जत सहँदै बेचेर फेरि किन्दा टुट्टा खानुपर्ने हुन्छ ।" वेदना सहँदै  
बेइज्जत सहँदै बेचेर फेरि किन्दा टुट्टा खानु पर्ने हुन्छ ।" वेदना सहँदै  
गम्भीरतापूर्वक नानीथकुंले भनिन् ।
गम्भीरतापूर्वक नानीथकुँले भनिन् ।
{{nop}}
{{nop}}

Latest revision as of 17:19, 21 June 2025

This page has been proofread

उनीहरूलाई झन् पोल्न थाल्यो । चिन्ताको तापले उनीहरूले 'अब के गर्नु ?' भन्दै सल्लाह गर्न थाले । अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही अलिकति चामल, पीठो र आलु बेचेर भए पनि काम चलाउने सुझाव माहिला छोरा पुन नारानले दिए ।

"कसरी बेच्न जाने ? कसलाई बेच्न पठाउने ? हामी बेच्न जान मिलेन ।" सुस्केरा लिँदै शिव नारानले भने ।

"हामी बेच्न जान नहुने किन ?" कान्छा हर्ष नारानले भने ।

"बाबुको दाह संस्कार नसिद्ध्याई कसरी हामी घरबाट बाहिर जाने ?" शिव नारानले भने ।

"के गर्ने त अब, यस्तै पर्न आयो ।" पुन नारानले भने ।

"गुठियारहरू सबै जम्मा भइ सके । उनीहरूले नदेख्ने गरी लैजान सक्ने चिज होइन खर्पन बोक्नु पर्ने कुरा ! सार्‍है सर्म र बेइज्जत हुन जान्छ पुनचा ! के गर्ने ? हाहा नगर्लान् उनीहरूले ?" शिव नारानले भने ।

"के लाग्यो, सहनै पर्‍यो, अरू थोक उपाय नै के छ त ?" पुन नारानले भने ।

"के गर्ने आमा ! यसै गरौं त ?" शिव नारानले लतमायासँग सोधे । लतमायाले केही पनि जबाफ दिइनन् । दुवै आँखाबाट बरबरी आँसु चुहाइ रहिन् ।

बरबरती चुहि रहेको आँसु पुछ्तै नानीथकुँले भनिन्– "सबको अगाडिबाट चामल, पिठो र आलु कसरी बेच्न लैजाने दाजु ? यो त सार्‍है नराम्रो लाग्यो मलाई । त्यसै पनि हामीलाई हाहा गर्न खोज्नेहरूले देखे भने के मात्र नभन्लान् ?"

"अरू के उपाय छ त भन न तिमी नै ?" शिव नारानले भने । "जुठो नफुकेसम्म केही काम गर्न जानु हुन्न, आफ्नै बाबु मरेर घरमा परेको जुठो मान्नै पर्छ । त्यतिन्जेल एक छाक मात्र भए पनि खाएर हामीले ज्यान बचाउनै पर्छ । अर्को कुरा भाइ भताहाहरूलाई खुवाउनैपर्छ । घरमा भएको अन्नपात बेइज्जत सहँदै बेचेर फेरि किन्दा टुट्टा खानु पर्ने हुन्छ ।" वेदना सहँदै गम्भीरतापूर्वक नानीथकुँले भनिन् ।