Page:Ek chihan.pdf/22: Difference between revisions
→Not proofread: Created page with "उनीहरूलाई झन् पोल्न थाल्यो । चिन्ताको तापले उनीहरूले ‘अब के गर्नु ?’ भन्दै सल्लाह गर्न थाले । अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही अलिकति चामल, पिठो र आलु बेचेर भए पनि काम चलाउने..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
उनीहरूलाई झन् पोल्न थाल्यो । चिन्ताको तापले उनीहरूले | उनीहरूलाई झन् पोल्न थाल्यो । चिन्ताको तापले उनीहरूले 'अब के गर्नु ?' | ||
भन्दै सल्लाह गर्न थाले । अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही | |||
अलिकति चामल, पीठो र आलु बेचेर भए पनि काम चलाउने सुझाव माहिला | |||
छोरा पुन नारानले दिए । | |||
"कसरी बेच्न जाने ? कसलाई बेच्न पठाउने ? हामी बेच्न जान मिलेन ।" सुस्केरा | "कसरी बेच्न जाने ? कसलाई बेच्न पठाउने ? हामी बेच्न जान | ||
मिलेन ।" सुस्केरा लिँदै शिव नारानले भने । | |||
"हामी बेच्न जान नहुने किन ?" कान्छा | "हामी बेच्न जान नहुने किन ?" कान्छा हर्ष नारानले भने । | ||
"बाबुको | "बाबुको दाह संस्कार नसिद्ध्याई कसरी हामी घरबाट बाहिर जाने ?" | ||
शिव नारानले भने । | |||
"के गर्ने त अब, यस्तै पर्न आयो ।" | "के गर्ने त अब, यस्तै पर्न आयो ।" पुन नारानले भने । | ||
"गुठियारहरू सबै जम्मा | "गुठियारहरू सबै जम्मा भइ सके । उनीहरूले नदेख्ने गरी लैजान | ||
सक्ने चिज होइन खर्पन बोक्नु पर्ने कुरा ! सार्है सर्म र बेइज्जत हुन जान्छ | |||
पुनचा ! के गर्ने ? हाहा नगर्लान् उनीहरूले ?" शिव नारानले भने । | |||
"के लाग्यो, | "के लाग्यो, सहनै पर्यो, अरू थोक उपाय नै के छ त ?" पुन नारानले | ||
भने । | |||
"के गर्ने आमा ! यसै गरौं त ?" | "के गर्ने आमा ! यसै गरौं त ?" शिव नारानले लतमायासँग सोधे । | ||
लतमायाले केही पनि जबाफ दिइनन् । दुवै आँखाबाट बरबरी आँसु | |||
चुहाइ रहिन् । | |||
बरबरती | बरबरती चुहि रहेको आँसु पुछ्तै नानीथकुँले भनिन्– "सबको | ||
अगाडिबाट चामल, पिठो र आलु कसरी बेच्न लैजाने दाजु ? यो त सार्है | |||
नराम्रो लाग्यो मलाई । त्यसै पनि हामीलाई हाहा गर्न खोज्नेहरूले देखे भने | |||
के मात्र नभन्लान् ?" | |||
"अरू के उपाय छ त भन न तिमी नै ?" | "अरू के उपाय छ त भन न तिमी नै ?" शिव नारानले भने । "जुठो | ||
नफुकेसम्म केही काम गर्न जानु हुन्न, आफ्नै बाबु मरेर घरमा परेको जुठो | |||
मान्नै पर्छ । त्यतिन्जेल एक छाक मात्र भए पनि खाएर हामीले ज्यान बचाउनै | |||
पर्छ । अर्को कुरा भाइ भताहाहरूलाई खुवाउनैपर्छ । घरमा भएको अन्नपात | |||
बेइज्जत सहँदै बेचेर फेरि किन्दा टुट्टा खानु पर्ने हुन्छ ।" वेदना सहँदै | |||
गम्भीरतापूर्वक नानीथकुँले भनिन् । | |||
{{nop}} |
Latest revision as of 17:19, 21 June 2025
उनीहरूलाई झन् पोल्न थाल्यो । चिन्ताको तापले उनीहरूले 'अब के गर्नु ?' भन्दै सल्लाह गर्न थाले । अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही अलिकति चामल, पीठो र आलु बेचेर भए पनि काम चलाउने सुझाव माहिला छोरा पुन नारानले दिए ।
"कसरी बेच्न जाने ? कसलाई बेच्न पठाउने ? हामी बेच्न जान मिलेन ।" सुस्केरा लिँदै शिव नारानले भने ।
"हामी बेच्न जान नहुने किन ?" कान्छा हर्ष नारानले भने ।
"बाबुको दाह संस्कार नसिद्ध्याई कसरी हामी घरबाट बाहिर जाने ?" शिव नारानले भने ।
"के गर्ने त अब, यस्तै पर्न आयो ।" पुन नारानले भने ।
"गुठियारहरू सबै जम्मा भइ सके । उनीहरूले नदेख्ने गरी लैजान सक्ने चिज होइन खर्पन बोक्नु पर्ने कुरा ! सार्है सर्म र बेइज्जत हुन जान्छ पुनचा ! के गर्ने ? हाहा नगर्लान् उनीहरूले ?" शिव नारानले भने ।
"के लाग्यो, सहनै पर्यो, अरू थोक उपाय नै के छ त ?" पुन नारानले भने ।
"के गर्ने आमा ! यसै गरौं त ?" शिव नारानले लतमायासँग सोधे । लतमायाले केही पनि जबाफ दिइनन् । दुवै आँखाबाट बरबरी आँसु चुहाइ रहिन् ।
बरबरती चुहि रहेको आँसु पुछ्तै नानीथकुँले भनिन्– "सबको अगाडिबाट चामल, पिठो र आलु कसरी बेच्न लैजाने दाजु ? यो त सार्है नराम्रो लाग्यो मलाई । त्यसै पनि हामीलाई हाहा गर्न खोज्नेहरूले देखे भने के मात्र नभन्लान् ?"
"अरू के उपाय छ त भन न तिमी नै ?" शिव नारानले भने । "जुठो नफुकेसम्म केही काम गर्न जानु हुन्न, आफ्नै बाबु मरेर घरमा परेको जुठो मान्नै पर्छ । त्यतिन्जेल एक छाक मात्र भए पनि खाएर हामीले ज्यान बचाउनै पर्छ । अर्को कुरा भाइ भताहाहरूलाई खुवाउनैपर्छ । घरमा भएको अन्नपात बेइज्जत सहँदै बेचेर फेरि किन्दा टुट्टा खानु पर्ने हुन्छ ।" वेदना सहँदै गम्भीरतापूर्वक नानीथकुँले भनिन् ।