Page:Ek chihan.pdf/21: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{Left|{{larger|'''आठ'''}}}} | {{Left|{{larger|'''आठ'''}}}} | ||
अष्ट नारानको मृत्युको समाचार सुनेर टोलमा सनसनी फैलियो र सबै | |||
शोक विह्वल भएको बेला सम्झाउन आउने मानिस आफैँ शोक सन्तप्त भए । | |||
जसका कारण अष्ट नारानको परिवार, अझ विशेषतः लतमायालाई सम्झाउन | |||
आएका उनीहरूको घरमा धेरै बेर रुवाबासी | आएका उनीहरूको घरमा धेरै बेर रुवाबासी चलि रह्यो | ||
अष्ट नारानको शोक सन्तप्त परिवारलाई सान्त्वना दिएर छिमेकी र | |||
टोलियाहरू आआफ्ना घर फर्के । | टोलियाहरू आआफ्ना घर फर्के । दाह संस्कारको कामका लागि गुठियारहरू | ||
पनि फाटफुट रूपमा | पनि फाटफुट रूपमा आइ सकेका थिए । तर शिव नारानलाई भने पिताको | ||
मृत्युले भएको | मृत्युले भएको वेदना भन्दा पनि अर्कै तापले दु:ख दिन थाल्यो । 'अब कसरी | ||
दाह संस्कारको काम सिद्ध्याउने ?’ यस चिन्ताले शिव नारानलाई सर्पले डसे | |||
झैँ डस्न थाल्यो । | झैँ डस्न थाल्यो । शिव नारान जेठा छोरा भएका हुनाले धन्दा सुर्ता सबै उनैले | ||
नबोकी भएन । घरमा फुटेको पैसा थिएन । यहाँसम्म कि कात्रो किन्नलाई | नबोकी भएन । घरमा फुटेको पैसा थिएन । यहाँसम्म कि कात्रो किन्नलाई | ||
समेत पैसा थिएन । भएको दुई | समेत पैसा थिएन । भएको दुई चार रुपियाँ र एकाध मुरी अन्न पनि अष्ट | ||
नारानको औषधी खर्चमा | नारानको औषधी खर्चमा सिद्धि सकेको थियो । भण्डारमा अन्नको नाउँमा दुई | ||
तीन पाथी चामल र पाँच छ पाथी पीठो अनि बिस पच्चिस धार्नी आलु बाँकी | |||
थियो । कसैसित सापट माग्न पनि उनलाई राम्रो लागेन । दुनियाँ हाँस्ला भन्ने | थियो । कसैसित सापट माग्न पनि उनलाई राम्रो लागेन । दुनियाँ हाँस्ला भन्ने | ||
सोचाइमै उनको सापट माग्ने विचार र ह्याउ मरेर गयो । | सोचाइमै उनको सापट माग्ने विचार र ह्याउ मरेर गयो । | ||
यो कुराको ताप र चिन्ता | यो कुराको ताप र चिन्ता शिव नारानलाई मात्र होइन, उनका अरू | ||
भाइहरू र आमा लतमायालाई पनि | भाइहरू र आमा लतमायालाई पनि भइ रहेको थियो । गुठियारहरूको ताकेताले |
Latest revision as of 17:15, 21 June 2025
अष्ट नारानको मृत्युको समाचार सुनेर टोलमा सनसनी फैलियो र सबै शोक विह्वल भएको बेला सम्झाउन आउने मानिस आफैँ शोक सन्तप्त भए । जसका कारण अष्ट नारानको परिवार, अझ विशेषतः लतमायालाई सम्झाउन आएका उनीहरूको घरमा धेरै बेर रुवाबासी चलि रह्यो
अष्ट नारानको शोक सन्तप्त परिवारलाई सान्त्वना दिएर छिमेकी र टोलियाहरू आआफ्ना घर फर्के । दाह संस्कारको कामका लागि गुठियारहरू पनि फाटफुट रूपमा आइ सकेका थिए । तर शिव नारानलाई भने पिताको मृत्युले भएको वेदना भन्दा पनि अर्कै तापले दु:ख दिन थाल्यो । 'अब कसरी दाह संस्कारको काम सिद्ध्याउने ?’ यस चिन्ताले शिव नारानलाई सर्पले डसे झैँ डस्न थाल्यो । शिव नारान जेठा छोरा भएका हुनाले धन्दा सुर्ता सबै उनैले नबोकी भएन । घरमा फुटेको पैसा थिएन । यहाँसम्म कि कात्रो किन्नलाई समेत पैसा थिएन । भएको दुई चार रुपियाँ र एकाध मुरी अन्न पनि अष्ट नारानको औषधी खर्चमा सिद्धि सकेको थियो । भण्डारमा अन्नको नाउँमा दुई तीन पाथी चामल र पाँच छ पाथी पीठो अनि बिस पच्चिस धार्नी आलु बाँकी थियो । कसैसित सापट माग्न पनि उनलाई राम्रो लागेन । दुनियाँ हाँस्ला भन्ने सोचाइमै उनको सापट माग्ने विचार र ह्याउ मरेर गयो ।
यो कुराको ताप र चिन्ता शिव नारानलाई मात्र होइन, उनका अरू भाइहरू र आमा लतमायालाई पनि भइ रहेको थियो । गुठियारहरूको ताकेताले