Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/47: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''दशैँ'''}}}} {{c|'''गजल'''}} {{start center block}} <poem> हट्यो सारा हिलो-मैलो हरायो पानिको वर्षा, भवानीको भयो पूजा, चल्यो साऽऽनन्दको वर्षा ॥ जता जाऊ उतै भन्छन्‌ दशैँ आयो ! दशैँ आयो ! यही आनन्द-चर्चाले सबै स..."
 
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated

Latest revision as of 13:46, 21 June 2025

This page has been validated
दशैँ
गजल

हट्यो सारा हिलो-मैलो हरायो पानिको वर्षा,
भवानीको भयो पूजा, चल्यो साऽऽनन्दको वर्षा ॥

जता जाऊ उतै भन्छन्‌ दशैँ आयो ! दशैँ आयो !
यही आनन्द-चर्चाले सबै सङकष्ट बिर्सायो ॥

ठुला साना सबैलाई दशैँ अत्यन्त राम्रो छ,
चलेको चाडमा ज्यादा यही उत्कृष्ट हाम्रो छ ॥

गरी दुर्गाऽऽर्चना भारी प्रसाद प्रेमले धारी,
ठुला साना सबै रैती बने साऽऽनन्द शृङ्गारी ॥