Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/41: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} रथ लगि दुइ सैन्य बीच पारी ::सुनि सब अर्जुनका कुरा विचारी । रिपुतिर दिइ नेत्र, आयु उन्को ::सब हरने हरिमा छ भाव मन्को ॥ {{pcn|(५)}} बुझि रिपुदल बन्धुले भरेको ::वध नगरूँ..."
 
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated

Latest revision as of 12:31, 21 June 2025

This page has been validated

(४)
रथ लगि दुइ सैन्य बीच पारी
सुनि सब अर्जुनका कुरा विचारी ।
रिपुतिर दिइ नेत्र, आयु उन्को
सब हरने हरिमा छ भाव मन्को ॥

(५)
बुझि रिपुदल बन्धुले भरेको
वध नगरूँ भनि पापमा डरेको ।
विजयकन बताइ तत्त्व सारा
भ्रम हरने हरिको पर्दै सहारा ॥

(६)
निज कबुल भुली कबूल मेरै
सफल गरी रथ छोडि उत्तिखेरै ।
गजतिर हरि झैँ मतर्फ बढ्दो
कर-बिच चक्र छ, वस्त्र हर्र उड्दो ॥

(७)
शित शर छुटि घातकी मबाट
कवच फुटि चुहि रक्त अङ्गबाट
उसरि मकन मार्नमा सतृष्ण
शरण खडा हुनुहुन्छ नाथ कृष्ण ॥