Page:Lalitya bhag 1 ra 2.pdf/40: Difference between revisions
Appearance
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 8: | Line 8: | ||
अब मति सब यो वितृष्ण गर्छु | अब मति सब यो वितृष्ण गर्छु | ||
::विभु भगवान् यदुनाथमा म धर्छु । | ::विभु भगवान् यदुनाथमा म धर्छु । | ||
प्रकृतिसित | प्रकृतिसित हुँदा कुनै विहार- | ||
::जुन विभुको सब सृष्टि भो तयार ॥ | ::जुन विभुको सब सृष्टि भो तयार ॥ | ||
Latest revision as of 11:42, 21 June 2025
This page has been validated
शरशय्यामा लडेका भीष्मपितामहले
गरेको श्रीकृष्ण-स्तुति
(अनुवाद)
(१)
अब मति सब यो वितृष्ण गर्छु
विभु भगवान् यदुनाथमा म धर्छु ।
प्रकृतिसित हुँदा कुनै विहार-
जुन विभुको सब सृष्टि भो तयार ॥
(२)
रवि-कर सरि गौर वस्त्रधारी
त्रिभुवन-मोहन, शामलो तयारी ।
मुख पनि अलकाऽऽवली खुलेको
नरहरिमा मन होस सधैँ भुलेको ॥
(३)
मुख सब रण-रङ्गमा उडेको
रज पसिनामय केशले खुलेको ।
कवच-बिच मदीय बाण खास
गडि अति घायल कृष्णको म दास ॥