Page:Lalitya bhag 1 ra 2.pdf/39: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''महाकाली'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} दन्केको त्यो श्मशानाऽनल-नगिच महारौद्र अट्टाऽट्टहास ::गर्दै भर्दै त्यसैले गगन-कुहर वा शून्य विश्वाऽवकाश । उत्तानू भै लडेको अचल उस महाकालको छातिम..." |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated |
Latest revision as of 11:41, 21 June 2025
This page has been validated
महाकाली
(१)
दन्केको त्यो श्मशानाऽनल-नगिच महारौद्र अट्टाऽट्टहास
गर्दै भर्दै त्यसैले गगन-कुहर वा शून्य विश्वाऽवकाश ।
उत्तानू भै लडेको अचल उस महाकालको छातिमाथि
कुल्ची सारा समेटी नियतिमय कुनै कोषमा जीव-जाति ॥
(२)
लम्बा जिभ्रो पसारी वर, अभय तथा कर्तरी, मुण्ड धारी
झप्पे झाँक्रो फिँजारी, कटिबिच रसना पाँसुलाको लतारी ।
घाँटीमा मुण्डमाला, श्रवणयुगलमा कुण्डलाऽऽकार मुर्दा
पैह्री नाचीरहेकी स्मरण गर महाकालिका कष्ट पर्दा ॥