Page:Kavi bhanubhaktako jivancharitra.pdf/20: Difference between revisions
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 23: | Line 23: | ||
कहिँ काल्भरि गल्लि छ दिल्लिसरी ॥ | कहिँ काल्भरि गल्लि छ दिल्लिसरी ॥ | ||
लखनौ पटना मदारस (मदरास) सरी । | लखनौ पटना मदारस (मदरास) सरी । | ||
अलकापुरि कान्तिपुरी नगरी | अलकापुरि कान्तिपुरी नगरी ॥३॥<ref>यस् श्लोकले भानुभक्तलाई भूगोल याद रहेछ भन्ने अनुमान हुन्छ ।</ref> | ||
</b></poem></blockquote> | </b></poem></blockquote> | ||
{{nop}} | {{nop}} |
Latest revision as of 16:42, 20 June 2025
अर्थको चमत्कार र शब्दको अलङ्कार कवि भानुभक्ताचार्यको अपार् छ । एक् त बालाजीको जग्गा, दौस्रो कवि भानुभक्तको बयान् के भन्नुपर्छ । अन्दाजी एक् घडी जति तहाँ बसेर दक्खिन मुहडा गरी काठमाणौतिर कवि भानुभक्त आये । एक घडी पछि पैल्हा कदम् शहर कान्तिपुरमा[1] कविको पर्यो । अठौना घर, देवल, धारा, पाटी, सत्तल, बजार, इनार, सटक, गल्ली, मालताल, देश्देश्का चीजवीज, अनेक भाषाका बोलचाल्, मानिसहरूको पैह्रन, बोली, मिजाइस्, फूलको चलन्, सुन्दरीहरूको रूप, रंग, रस, अलङ्कार हेरी बडा प्रसन्न मन भैकन काठमाणौं नगरको बयान् ई तल लेखियाका ५ श्लोकमा जाहिर हुन्छ–
चपला अबलाहरु एक् सुरमा ।
गुन केसरिको फुल ली शिरमा ॥
हिँडन्या सखि लीकन ओरिपरी ।
अमरावति कान्तिपुरी नगरी ॥१॥
यति छन् भनि गन्नु कहाँ धनिञा ।
खुशि छन् मनमा बहुतै दुनिञा ॥
जनकी यसरी सुखकी सगरी ।
अलकापुरि कान्तिपुरी नगरी ॥२॥
कहिँ भोट र लन्दन चीनसरी ।
कहिँ काल्भरि गल्लि छ दिल्लिसरी ॥
लखनौ पटना मदारस (मदरास) सरी ।
अलकापुरि कान्तिपुरी नगरी ॥३॥[2]