Page:Kavi bhanubhaktako jivancharitra.pdf/23: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
इन् ताक कवि भानुभक्ताचार्यजी स्वस्तिश्रीमद्राजकुमार | |||
कमारात्मज श्री ३ | कमारात्मज श्री ३ कम्यान्डर-इन-चीफ् जनरल कृष्णबहादुर जङ्ग | ||
राणाको चाकरी गर्दथे र विक्रमीय सम्बत् १९०७ सालका बैशाख | राणाको चाकरी गर्दथे र विक्रमीय सम्बत् १९०७ सालका बैशाख | ||
मासमा मदेश् (तराई को जागीर पाई गये तर भानुभक्त कवि | मासमा मदेश् (तराई को जागीर पाई गये तर भानुभक्त कवि ऐं | ||
सम्वत् १९०९ मा खोस्सिये | सम्वत् १९०९ मा खोस्सिये र कागत्पत्र बुझाउन भनी नेपाल् | ||
कुमारीचोक्मा आई कागतपत्र आफूले २ वर्ष काम् गरेको खर्चा | |||
आम्दानी समेत्को स्याह बुझाउंदा केही बांकी सर्कारिया लागेछ र ५ | |||
मैन्हासम्म कुमारीचोकमा थुनियेछन् । | मैन्हासम्म कुमारीचोकमा थुनियेछन् । प्रायः यस् सन्सारमा जहाँ जति | ||
प्रसिद्ध कवि हुन्छन् इनीहरूका जीवन कथामा एक् न एक् कलङ्क | प्रसिद्ध कवि हुन्छन् इनीहरूका जीवन कथामा एक् न एक् कलङ्क | ||
नलागी रहँदैन । फेरि ईश्वरका सृष्टिमा जो असल | नलागी रहँदैन । फेरि ईश्वरका सृष्टिमा जो असल हुंछन् उनीहरूमा | ||
पनि एक् न एक् कलङ्क लागी रहेकै | पनि एक् न एक् कलङ्क लागी रहेकै हुंछ, जस्तो- चन्द्रमाको कलङ्क, | ||
साक्षात् ईश्वरांश रूपधारी विष्णुका छातीको | साक्षात् ईश्वरांश रूपधारी विष्णुका छातीको भृगुलान्छन्, सदाशिव | ||
महादेवको | महादेवको नीलकंठ, ब्रह्माको पूजा नहनु; लक्ष्मीको चंचला हुनु । | ||
यस् सन्सारमा स्वतंत्र रहनुजत्तिको आनन्द केही छैन । परतंत्रमा | यस् सन्सारमा स्वतंत्र रहनुजत्तिको आनन्द केही छैन । परतंत्रमा | ||
रहनुजत्तिको दुक्ख केही छैन, उस्माथि पनि प्रायः कविहरू ता धन् | |||
जन् मान् मर्यादा क्यै पनि नलिई केवल स्वतन्त्रतामा रहन खोज्दछन् । | जन् मान् मर्यादा क्यै पनि नलिई केवल स्वतन्त्रतामा रहन खोज्दछन् । | ||
भानुभक्तले यसरी ५ मैह्नासम्म थुनिदा निज कविजीका मनमा कस्तो | भानुभक्तले यसरी ५ मैह्नासम्म थुनिदा निज कविजीका मनमा कस्तो | ||
भयो होला, यस्को दुरुस्त बयान् | भयो होला, यस्को दुरुस्त बयान् कलम्ले लेख्न सकिदैन । कदाचित् | ||
एक २ घडी युग् जस्ता भये | एक २ घडी युग् जस्ता भये हुनन्; भर्दिन कोठाका दलिन् गनी | ||
काट्नुपर्यो होला । कसै सित बोल्चाल् होला कि भन्ने आशा सपनामा | |||
पनि भयेन होला, कैह्लै बोल्चाल् होस् तपनि केवल बहीपत्र बुझाउँदा | पनि भयेन होला, कैह्लै बोल्चाल् होस् तपनि केवल बहीपत्र बुझाउँदा | ||
भयो होला । तेस् बखतको | भयो होला । तेस् बखतको बोल्चाल् के बोल्चाल्; बहीपत्र स्याह | ||
कागत् बुझ्नेहरूको जो मिजाज् हुंछ म के लेखूँ । यसरी एक्लै बस्ता | |||
बस्ता बडा | बस्ता बडा दिक्दारीमा परी श्री ३ कम्यान्डर् इन्चीफ जनरल | ||
कृष्णबहादुरका | कृष्णबहादुरका हजूरमा कवि भानुभक्ताचार्यले लेखी चढाई पठाकको | ||
श्लोक् यो हो। | |||
{{nop}} |
Latest revision as of 16:13, 20 June 2025
इन् ताक कवि भानुभक्ताचार्यजी स्वस्तिश्रीमद्राजकुमार कमारात्मज श्री ३ कम्यान्डर-इन-चीफ् जनरल कृष्णबहादुर जङ्ग राणाको चाकरी गर्दथे र विक्रमीय सम्बत् १९०७ सालका बैशाख मासमा मदेश् (तराई को जागीर पाई गये तर भानुभक्त कवि ऐं सम्वत् १९०९ मा खोस्सिये र कागत्पत्र बुझाउन भनी नेपाल् कुमारीचोक्मा आई कागतपत्र आफूले २ वर्ष काम् गरेको खर्चा आम्दानी समेत्को स्याह बुझाउंदा केही बांकी सर्कारिया लागेछ र ५ मैन्हासम्म कुमारीचोकमा थुनियेछन् । प्रायः यस् सन्सारमा जहाँ जति प्रसिद्ध कवि हुन्छन् इनीहरूका जीवन कथामा एक् न एक् कलङ्क नलागी रहँदैन । फेरि ईश्वरका सृष्टिमा जो असल हुंछन् उनीहरूमा पनि एक् न एक् कलङ्क लागी रहेकै हुंछ, जस्तो- चन्द्रमाको कलङ्क, साक्षात् ईश्वरांश रूपधारी विष्णुका छातीको भृगुलान्छन्, सदाशिव महादेवको नीलकंठ, ब्रह्माको पूजा नहनु; लक्ष्मीको चंचला हुनु ।
यस् सन्सारमा स्वतंत्र रहनुजत्तिको आनन्द केही छैन । परतंत्रमा रहनुजत्तिको दुक्ख केही छैन, उस्माथि पनि प्रायः कविहरू ता धन् जन् मान् मर्यादा क्यै पनि नलिई केवल स्वतन्त्रतामा रहन खोज्दछन् । भानुभक्तले यसरी ५ मैह्नासम्म थुनिदा निज कविजीका मनमा कस्तो भयो होला, यस्को दुरुस्त बयान् कलम्ले लेख्न सकिदैन । कदाचित् एक २ घडी युग् जस्ता भये हुनन्; भर्दिन कोठाका दलिन् गनी काट्नुपर्यो होला । कसै सित बोल्चाल् होला कि भन्ने आशा सपनामा पनि भयेन होला, कैह्लै बोल्चाल् होस् तपनि केवल बहीपत्र बुझाउँदा भयो होला । तेस् बखतको बोल्चाल् के बोल्चाल्; बहीपत्र स्याह कागत् बुझ्नेहरूको जो मिजाज् हुंछ म के लेखूँ । यसरी एक्लै बस्ता बस्ता बडा दिक्दारीमा परी श्री ३ कम्यान्डर् इन्चीफ जनरल कृष्णबहादुरका हजूरमा कवि भानुभक्ताचार्यले लेखी चढाई पठाकको श्लोक् यो हो।