Page:Kavi bhanubhaktako jivancharitra.pdf/9: Difference between revisions
→Not proofread: Created blank page |
|||
(3 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पं. नरनाथ शर्माको 'भानुभक्त आचार्यको सच्चा जीवनचरित्र' निस्केपछि | |||
कतिपय काल्पनिक अथवा अनुमानित कुराहरू खण्डित भई सन्देह निवारण | |||
गर्न त्यसले आधार दिएको छ । तर पनि मोतीराम भट्टको जीवनी लेखनमा | |||
एउटा विशिष्ट दृष्टिकोण रहेको छ, साहित्यको पहिचान छ, जसले ऐतिहासिक | |||
पृष्ठभूमिमा भानुभक्तको कृतित्व र व्यक्तित्वलाई गरिमामय बनाइदिएको | |||
छ । यसले गर्दा पनि प्रस्तुत जीवनीको पुनर्मुद्रण हुनुपर्ने देखिन्छ । साझा | |||
प्रकाशनले यो महत्ता सम्झेर पाठकसमक्ष ल्याइदिएकोसम्म हो । | |||
यहाँ पहिलो संस्करणको स्वरूपलाई यथावत् राख्ने चेष्टा गरिएको छ । | |||
ह्रस्व-दीर्घ तथा श, ष, स, ब, व र पदयोग पदवियोग जस्ता शुद्ध्याउने- | |||
बाहेक अन्यान्य भाषागत मूल स्वरूपमा असर पर्ने कुनै परिवर्तन गरिएको | |||
छैन । आशा छ– सम्बन्धित विषयका खोजीनिती गर्नेहरूका लागि थोरै | |||
भए पनि भरथेग हुनेछ । | |||
१७ असार ०२९८ | |||
{{right|साझा प्रकाशन}} |
Latest revision as of 13:25, 20 June 2025
पं. नरनाथ शर्माको 'भानुभक्त आचार्यको सच्चा जीवनचरित्र' निस्केपछि कतिपय काल्पनिक अथवा अनुमानित कुराहरू खण्डित भई सन्देह निवारण गर्न त्यसले आधार दिएको छ । तर पनि मोतीराम भट्टको जीवनी लेखनमा एउटा विशिष्ट दृष्टिकोण रहेको छ, साहित्यको पहिचान छ, जसले ऐतिहासिक पृष्ठभूमिमा भानुभक्तको कृतित्व र व्यक्तित्वलाई गरिमामय बनाइदिएको छ । यसले गर्दा पनि प्रस्तुत जीवनीको पुनर्मुद्रण हुनुपर्ने देखिन्छ । साझा प्रकाशनले यो महत्ता सम्झेर पाठकसमक्ष ल्याइदिएकोसम्म हो ।
यहाँ पहिलो संस्करणको स्वरूपलाई यथावत् राख्ने चेष्टा गरिएको छ । ह्रस्व-दीर्घ तथा श, ष, स, ब, व र पदयोग पदवियोग जस्ता शुद्ध्याउने- बाहेक अन्यान्य भाषागत मूल स्वरूपमा असर पर्ने कुनै परिवर्तन गरिएको छैन । आशा छ– सम्बन्धित विषयका खोजीनिती गर्नेहरूका लागि थोरै भए पनि भरथेग हुनेछ ।
१७ असार ०२९८
साझा प्रकाशन