Jump to content

Page:Champa.pdf/54: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
बुहारी मुर्मरिंदै आफ्नो कोठाभित्र पसिन् ।
बुहारी मुर्मरिँदै आफ्नो कोठाभित्र पसिन् ।


तब आए खिसीटेप्लीका स्वरहरु ! "बाघिनी, बाघिनी ...
तब आए खिसीटेप्लीका स्वरहरू ! "बाघिनी, बाघिनी… कस्तो भुस्याहा
कस्तो भुस्याहा कुक्कुर हुँदा रहेछन् बा ! नेपालमा कसाहीटोलमा मासु खुवाएर  
कुक्कुर हुँदा रहेछन् बा ! नेपालमा कसाहीटोलमा मासु खुवाएर  
पालेको ता दी !"
पालेको दी !"


"कल्लाई भन्या" ?.... खूँ... खूँ... खूँ... खूँ... खिर... खिर ।"
"कल्लाई भन्या ?… खूँ… खूँ… खूँ… खूँ… खिर… खिर ।"


"कसैलाई पनि होइन, साँच्चिकै बाबै ! अस्ति बज्यै र म  
"कसैलाई पनि होइन, साँच्चिकै बाबै ! अस्ति बज्यै र म  
जाँदा झम्टेर कस्तो । ठिक्क ! कोही कोही मान्छेजस्तो ।  
जाँदा झम्टेर कस्तो । ठिक्क ! कोही कोही मान्छेजस्तो ।  
खिर..खिर....खिर...खिर... ।"
खिर… खिर… खिर… खिर… ।"


एक कानदेखि आर्को कानसम्म हाँस्दा मुख च्यातिने गँड्याही  
एक कानदेखि आर्को कानसम्म हाँस्दा मुख च्यातिने गँड्याही  
वसुन्धरी फलाक्न थाली ।
वसुन्धरी फलाक्न थाली ।


"छिः आजकलका बुहारी ता भो । ...सासुको ता चेक्टा पो लुछ्ने  
"छिः आजकलका बुहारी ता भो । …सासुको ता चेक्टा पो लुछ्ने  
रै"छ । कस्तो जिभ्रो ए ! कस्तो लाग्ने छुराजस्तो !"
रै छ । कस्तो जिभ्रो ए ! कस्तो लाग्ने छुराजस्तो !"


"गँड्याहीसमेत आइलागेकी बाबा ! म पनि सक्तिनँ यस्तो घरमा  
"गँड्याहीसमेत आइलागेकी बाबा ! म पनि सक्तिनँ यस्तो घरमा  
Line 21: Line 21:


त्यसपछि सब आफ्नो कोठातिर लागे । वसुन्धरीले मात्र सुइँक्क  
त्यसपछि सब आफ्नो कोठातिर लागे । वसुन्धरीले मात्र सुइँक्क  
गर्दै सासूको पिंडौलामा घिउ घस्न लागेको आवाज सुनिन्थ्यो—  
गर्दै सासूको पिँडौलामा घिउ घस्न लागेको आवाज सुनिन्थ्यो—  
कठबारले छेकेको पल्लो कोठाबाट ।
कठबारले छेकेको पल्लो कोठाबाट ।


झगडा एक प्रकाशन हो । यो रोग होइन । रोगको लक्षण  
झगडा एक प्रकाशन हो । यो रोग होइन । रोगको लक्षण  
मात्र हो । झगडाको पूर्वरुप जो मनको वैमनस्य हुन्छ त्यही वास्तविक  
मात्र हो । झगडाको पूर्वरूप जो मनको वैमनस्य हुन्छ त्यही वास्तविक  
रुपको गन्दा खराबी हो । जस्तो लडाइँ खराब होइन केवल राष्ट्रको  
रूपको गन्दा खराबी हो । जस्तो लडाइँ खराब होइन केवल राष्ट्रको  
वैमनस्यको र प्रतियोगिताको फुटान मात्र हो ।
वैमनस्यको र प्रतियोगिताको फुटान मात्र हो ।


"अच्छा ! म पनि यस छानामुनि घोरमुखासँग एकै घरमा बस्दिनँ  
"अच्छा ! म पनि यस छानामुनि घोरमुखासँग एकै घरमा बस्दिनँ  
रे ! बस्छु कहाँ त ? ..."
रे ! बस्छु कहाँ त ? "


त्यो थियो साँच्चिकैको समस्या माइतमा त !
त्यो थियो साँच्चिकैको समस्या माइतमा त !


घरफाला बुहारीको माइत भाउज्यू–बुहारी नामका दन्तदार, आँखादार  
घरफाला बुहारीको माइत भाउज्यू–बुहारी नामका दन्तदार, आँखादार  
दुम्सीहरुको काँडो फेंकाइको झन् विष्टे खेर हुन्छ ।
दुम्सीहरूको काँडो फेँकाइको झन् विष्टे खेर हुन्छ ।


जे भए पनि उनलाई बरु माइतै बेस हुने थियो । दुई चार  
जे भए पनि उनलाई बरु माइतै बेस हुने थियो । दुई चार  
महिना त हेरुन् । नभए भान्से लाग्ने थिइन् दरबारमा, कतै । कतै भएन  
महिना त हेरून् । नभए भान्से लाग्ने थिइन् दरबारमा, कतै । कतै भएन  
भने देखाजायगा । यत्रो संसारमा एक ठाउँ कसो न कसो नमिल्ला ? घमण्डी  
भने देखाजायगा । यत्रो संसारमा एक ठाउँ कसो न कसो नमिल्ला ? घमण्डी  
भ्रष्ट साधु, झोधिनी, दलित, ज्वलित चम्पाले त्यो रातभर नसुतिकन पोकापन्तरा  
भ्रष्टसाधु, क्रोधिनी, दलित, ज्वलित चम्पाले त्यो रातभर नसुतिकन पोकापन्तरा  
ठिक पारिन् । भोलिपल्ट झिसमिस हुँदा कसैलाई थाहा नदिइकन नोकर्नी  
ठिक पारिन् । भोलिपल्ट झिसमिस हुँदा कसैलाई थाहा नदिईकन नोकर्नी  
वसुन्धरीकी छोरी पानमतीसँग बाग्मतीपारि माइतीको बाटो रमाना भइन् ।
वसुन्धरीकी छोरी पानमतीसँग बाग्मतीपारि माइतीको बाटो रमाना भइन् ।

Latest revision as of 11:59, 20 June 2025

This page has been proofread

बुहारी मुर्मरिँदै आफ्नो कोठाभित्र पसिन् ।

तब आए खिसीटेप्लीका स्वरहरू ! "बाघिनी, बाघिनी… कस्तो भुस्याहा कुक्कुर हुँदा रहेछन् बा ! नेपालमा कसाहीटोलमा मासु खुवाएर पालेको त दी !"

"कल्लाई भन्या ?… खूँ… खूँ… खूँ… खूँ… खिर… खिर ।"

"कसैलाई पनि होइन, साँच्चिकै बाबै ! अस्ति बज्यै र म जाँदा झम्टेर कस्तो । ठिक्क ! कोही कोही मान्छेजस्तो । खिर… खिर… खिर… खिर… ।"

एक कानदेखि आर्को कानसम्म हाँस्दा मुख च्यातिने गँड्याही वसुन्धरी फलाक्न थाली ।

"छिः आजकलका बुहारी ता भो । …सासुको ता चेक्टा पो लुछ्ने रै छ । कस्तो जिभ्रो ए ! कस्तो लाग्ने छुराजस्तो !"

"गँड्याहीसमेत आइलागेकी बाबा ! म पनि सक्तिनँ यस्तो घरमा दिनरातको रडाको !" चम्पा मुर्मुरिन लागिन् भन्भन् ।

त्यसपछि सब आफ्नो कोठातिर लागे । वसुन्धरीले मात्र सुइँक्क गर्दै सासूको पिँडौलामा घिउ घस्न लागेको आवाज सुनिन्थ्यो— कठबारले छेकेको पल्लो कोठाबाट ।

झगडा एक प्रकाशन हो । यो रोग होइन । रोगको लक्षण मात्र हो । झगडाको पूर्वरूप जो मनको वैमनस्य हुन्छ त्यही वास्तविक रूपको गन्दा खराबी हो । जस्तो लडाइँ खराब होइन केवल राष्ट्रको वैमनस्यको र प्रतियोगिताको फुटान मात्र हो ।

"अच्छा ! म पनि यस छानामुनि घोरमुखासँग एकै घरमा बस्दिनँ रे ! बस्छु कहाँ त ? …"

त्यो थियो साँच्चिकैको समस्या माइतमा त !

घरफाला बुहारीको माइत भाउज्यू–बुहारी नामका दन्तदार, आँखादार दुम्सीहरूको काँडो फेँकाइको झन् विष्टे खेर हुन्छ ।

जे भए पनि उनलाई बरु माइतै बेस हुने थियो । दुई चार महिना त हेरून् । नभए भान्से लाग्ने थिइन् दरबारमा, कतै । कतै भएन भने देखाजायगा । यत्रो संसारमा एक ठाउँ कसो न कसो नमिल्ला ? घमण्डी भ्रष्टसाधु, क्रोधिनी, दलित, ज्वलित चम्पाले त्यो रातभर नसुतिकन पोकापन्तरा ठिक पारिन् । भोलिपल्ट झिसमिस हुँदा कसैलाई थाहा नदिईकन नोकर्नी वसुन्धरीकी छोरी पानमतीसँग बाग्मतीपारि माइतीको बाटो रमाना भइन् ।