Page:Champa.pdf/45: Difference between revisions
→Not proofread: Created page with "{{c|{{larger|'''अध्याय ४'''}}}} पर्सिपल्ट बिहानदेखिन् घरमा अलि खलबल मच्चिन लाग्यो- रामकान्त किन घर आएनन् । साथी भाइहरूकहाँ खबर पठाइयो । कतै कसैको दक्षिणकालिका जाने कार्यक्रम थिएन । सब जना ताजुब..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''अध्याय ४'''}}}} | {{c|{{larger|'''अध्याय ४'''}}}} | ||
पर्सिपल्ट बिहानदेखिन् घरमा अलि खलबल मच्चिन लाग्यो— | |||
रामकान्त किन घर आएनन् ? साथीभाइहरूकहाँ खबर पठाइयो । कतै | |||
कसैको दक्षिणकालीमा जाने कार्यक्रम थिएन । सब जना ताजुबी प्रकट | |||
गर्दथे, "के रामकान्त घरमा छैन ?…" | |||
आखिर सुस्तसुस्त यथार्थ कुरा खुल्न गयो । रामकान्त | |||
अवश्यमेव भागेर बेतत्ता भएका थिए । चम्पाले पाँचौं दिनका दिन | |||
आफूलाई लेखिएको पत्र फेला पारिन्, जसमा तल लेखिएबमोजिमका | |||
शब्दहरु भरिएका थिए— | |||
म जान्दछु म | "चम्पा ! मलाई ईश्वरको प्रेरणा यस्तै भयो । म तिमीबाट | ||
डराएर भागिरहेछु । तिमी भयानक वस्तु छ्यौ । पहिले त म तिमीमा | |||
होमिऊँ भनेजस्तो लाग्दथ्यो तर म बाँच्न चाहन्छु । म मर्न चाहन्नँ । | |||
तिमी मेरी मृत्यु हौ । यो पत्र तिम्रो हातमा कुनै दिन जरुर | |||
पर्नेछ । पढ्दा तिमी दुःखित हुनेछ्यौ । तर तिमी विचार गर कि | |||
मलाई स्त्री विष छ । म अभागी टि.बी.को शिकार छु । निको भएजस्तो | |||
मात्र छ । कति जना निको भएर स्त्रीको संसर्गले मरेका छन् । | |||
चम्पा ! तिमी मलाई माफ गर । म तिम्रो ज्वाला, पवित्र सुन्दर ज्वालामा | |||
होमिएर शीघ्र मर्न चाहन्नँ । | |||
म जान्दछु म तिम्रो निम्ति अयोग्य छु । सन्तान उत्पादनको | |||
लागि मेरो योग्यता खराब योग्यता छ । एक ता मनुष्यजातिमा कमजोर, | |||
कीटाणुयुक्त पैदावारी गर्नु, अर्कोतिर आत्मध्वंस, तेस्रोतर्फ | |||
तिमीलाई दुःखी बनाउनु । म यी तीनै कामबाट आफूलाई अलग राख्न | |||
चाहन्छु । सन्तान भए पनि म तिनलाई रक्षा गर्न बाँचिरहने छैनँ । | |||
पालन गर्न सामर्थ्यशील जीवन जिउन सक्नेछैनँ । तिमी एक परी छ्यौ । | |||
म तिम्रो लायक थिइनँ । म आफ्नो न्यूनतामा सचेत छु । तिम्रो | |||
बैँस ज्वलन्त छ । तिमी एक मोहिनी अवतार छ्यौ तर हाम्रो बिहा | |||
हुन जानु एक परम अभाग थियो । हाम्रो भविष्य यस्तो होला भन्ने | |||
दुवैतर्फको सपना थिएन । अब हाम्रो दाम्पत्यजीवनको निमित्त |
Latest revision as of 11:22, 20 June 2025
पर्सिपल्ट बिहानदेखिन् घरमा अलि खलबल मच्चिन लाग्यो— रामकान्त किन घर आएनन् ? साथीभाइहरूकहाँ खबर पठाइयो । कतै कसैको दक्षिणकालीमा जाने कार्यक्रम थिएन । सब जना ताजुबी प्रकट गर्दथे, "के रामकान्त घरमा छैन ?…"
आखिर सुस्तसुस्त यथार्थ कुरा खुल्न गयो । रामकान्त अवश्यमेव भागेर बेतत्ता भएका थिए । चम्पाले पाँचौं दिनका दिन आफूलाई लेखिएको पत्र फेला पारिन्, जसमा तल लेखिएबमोजिमका शब्दहरु भरिएका थिए—
"चम्पा ! मलाई ईश्वरको प्रेरणा यस्तै भयो । म तिमीबाट डराएर भागिरहेछु । तिमी भयानक वस्तु छ्यौ । पहिले त म तिमीमा होमिऊँ भनेजस्तो लाग्दथ्यो तर म बाँच्न चाहन्छु । म मर्न चाहन्नँ । तिमी मेरी मृत्यु हौ । यो पत्र तिम्रो हातमा कुनै दिन जरुर पर्नेछ । पढ्दा तिमी दुःखित हुनेछ्यौ । तर तिमी विचार गर कि मलाई स्त्री विष छ । म अभागी टि.बी.को शिकार छु । निको भएजस्तो मात्र छ । कति जना निको भएर स्त्रीको संसर्गले मरेका छन् । चम्पा ! तिमी मलाई माफ गर । म तिम्रो ज्वाला, पवित्र सुन्दर ज्वालामा होमिएर शीघ्र मर्न चाहन्नँ ।
म जान्दछु म तिम्रो निम्ति अयोग्य छु । सन्तान उत्पादनको लागि मेरो योग्यता खराब योग्यता छ । एक ता मनुष्यजातिमा कमजोर, कीटाणुयुक्त पैदावारी गर्नु, अर्कोतिर आत्मध्वंस, तेस्रोतर्फ तिमीलाई दुःखी बनाउनु । म यी तीनै कामबाट आफूलाई अलग राख्न चाहन्छु । सन्तान भए पनि म तिनलाई रक्षा गर्न बाँचिरहने छैनँ । पालन गर्न सामर्थ्यशील जीवन जिउन सक्नेछैनँ । तिमी एक परी छ्यौ । म तिम्रो लायक थिइनँ । म आफ्नो न्यूनतामा सचेत छु । तिम्रो बैँस ज्वलन्त छ । तिमी एक मोहिनी अवतार छ्यौ तर हाम्रो बिहा हुन जानु एक परम अभाग थियो । हाम्रो भविष्य यस्तो होला भन्ने दुवैतर्फको सपना थिएन । अब हाम्रो दाम्पत्यजीवनको निमित्त