Page:Champa.pdf/42: Difference between revisions
→Not proofread: Created page with "उपनिषद् पढ्न लागे । साधुमहात्माको सभातर्फ जाने गर्न लागे । कम बोल्न लागे । उनले महात्मा गान्धीको जीवनका पाना पल्टाएर बराबर स्नान गर्ने आदत बसाले । एक दिन रमादेवीले थाहा पाइन् । धा..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
उपनिषद् पढ्न लागे । साधुमहात्माको सभातर्फ जाने गर्न लागे । कम बोल्न लागे । उनले महात्मा गान्धीको जीवनका पाना पल्टाएर बराबर स्नान गर्ने आदत बसाले । | उपनिषद् पढ्न लागे । साधुमहात्माको सभातर्फ जाने गर्न लागे । | ||
कम बोल्न लागे । उनले महात्मा गान्धीको जीवनका पाना पल्टाएर बराबर | |||
स्नान गर्ने आदत बसाले । | |||
एक दिन रमादेवीले थाहा पाइन् । धारामा गएर कोही मानिस | एक दिन रमादेवीले थाहा पाइन् । धारामा गएर कोही मानिस बार्ह | ||
बजे राति नुहाउन लागिरहेछ । यो के गजव ! रहेछ आफ्नो छोरो । | |||
हप्काइन्— "बदमाश ! उल्लु ! के गरिरहेको यस बेला ? उनी मरेकी | |||
थिइन् र ? माउसुलीले छोयो रे ? फटाहा ! अवश्य यसले देवीको | |||
साधना गर्न लागेको हुनुपर्दछ ।" | |||
बदमाश बैँस, जसलाई फेरि उनले कहिल्यै बोलाएनन्, | बदमाश बैँस, जसलाई फेरि उनले कहिल्यै बोलाएनन्, | ||
रामकान्तको निमित्त कस्तो छापको ज्वालाजस्तो थियो । कति राम्रो, | |||
कति छिटो, कति मिठो ! आँखाले गिज्याउँथ्यो हाँसोको पहिलो | |||
बाग मात्र नानीको चमचमिलो चमकबाट छोडेर । बराबर मेनका | |||
नाचेझैं वस्तुहरुको घरेलु वनमा नाचेर हिँड्दथ्यो । उसको | |||
लचक, उसको लोचन, उसको पुष्टता हाँकदार विकचता । कति बेसरम | |||
रमाइलो मिठास ! मानौँ मनुष्य उसको बागमा फूल थिई— शिखर | |||
सौन्दर्यमा— र त्यही रुपको पुनरुत्पादन र अमरत्वको सङ्केतका | |||
निमित्त त्यसको पूर्ण आत्मविकासका सजीव क्रिया चलिरहन्थे— मानौँ | |||
पुष्पवनमा । | |||
एक दिन रामकान्तले टेनिसनको एक कवितात्मक पङ्क्ति पढे, "एकबाजि प्रेम गरेको हुनु र गुमाएको हुनु कहिले पनि प्रेममा नपरेको हुनुभन्दा उत्तम छ ।" | एक दिन रामकान्तले टेनिसनको एक कवितात्मक पङ्क्ति पढे, | ||
"एकबाजि प्रेम गरेको हुनु र गुमाएको हुनु कहिले पनि प्रेममा | |||
नपरेको हुनुभन्दा उत्तम छ ।" | |||
उनका भावनालहरी फेरि प्रेमतर्फ लहसिन लागे "वैरागीहरूको | |||
फुस्रो आँसु यस दुनियाँको प्रकृतिक्रियाउपर ! उनको अस्वाभाविक | |||
कामनिन्दा ! कामदेव नै संसारको सच्चा राजा हो जब प्रथम कामको | |||
स्पन्दनमै ब्रह्माबाट पनि संसार रचना भएन । प्रेम प्रकृतक्रिया हो । | |||
भाले–पोथी, पोथी-भाले यहाँभन्दा दुनियाँमा अर्को के छ ? | |||
…पशुपति–गुह्येश्वरी, गुह्येश्वरी–पशुपति । कि जाने | |||
शङ्कराचार्यले जीवनको रहस्य कि जाने सिग्मन्ड फ्रायडले । लिङ्ग | |||
दर्शन संसारको उच्चातिउच्च दर्शन हो । के हरेक मनुष्य यौनमूर्ति | |||
होइन ? पर्दाभित्र आत्मा भनेकै त्यही हो । जीवन संवर्द्धनको क्रियाको |
Latest revision as of 10:23, 20 June 2025
उपनिषद् पढ्न लागे । साधुमहात्माको सभातर्फ जाने गर्न लागे । कम बोल्न लागे । उनले महात्मा गान्धीको जीवनका पाना पल्टाएर बराबर स्नान गर्ने आदत बसाले ।
एक दिन रमादेवीले थाहा पाइन् । धारामा गएर कोही मानिस बार्ह बजे राति नुहाउन लागिरहेछ । यो के गजव ! रहेछ आफ्नो छोरो । हप्काइन्— "बदमाश ! उल्लु ! के गरिरहेको यस बेला ? उनी मरेकी थिइन् र ? माउसुलीले छोयो रे ? फटाहा ! अवश्य यसले देवीको साधना गर्न लागेको हुनुपर्दछ ।"
बदमाश बैँस, जसलाई फेरि उनले कहिल्यै बोलाएनन्, रामकान्तको निमित्त कस्तो छापको ज्वालाजस्तो थियो । कति राम्रो, कति छिटो, कति मिठो ! आँखाले गिज्याउँथ्यो हाँसोको पहिलो बाग मात्र नानीको चमचमिलो चमकबाट छोडेर । बराबर मेनका नाचेझैं वस्तुहरुको घरेलु वनमा नाचेर हिँड्दथ्यो । उसको लचक, उसको लोचन, उसको पुष्टता हाँकदार विकचता । कति बेसरम रमाइलो मिठास ! मानौँ मनुष्य उसको बागमा फूल थिई— शिखर सौन्दर्यमा— र त्यही रुपको पुनरुत्पादन र अमरत्वको सङ्केतका निमित्त त्यसको पूर्ण आत्मविकासका सजीव क्रिया चलिरहन्थे— मानौँ पुष्पवनमा ।
एक दिन रामकान्तले टेनिसनको एक कवितात्मक पङ्क्ति पढे, "एकबाजि प्रेम गरेको हुनु र गुमाएको हुनु कहिले पनि प्रेममा नपरेको हुनुभन्दा उत्तम छ ।"
उनका भावनालहरी फेरि प्रेमतर्फ लहसिन लागे "वैरागीहरूको फुस्रो आँसु यस दुनियाँको प्रकृतिक्रियाउपर ! उनको अस्वाभाविक कामनिन्दा ! कामदेव नै संसारको सच्चा राजा हो जब प्रथम कामको स्पन्दनमै ब्रह्माबाट पनि संसार रचना भएन । प्रेम प्रकृतक्रिया हो । भाले–पोथी, पोथी-भाले यहाँभन्दा दुनियाँमा अर्को के छ ? …पशुपति–गुह्येश्वरी, गुह्येश्वरी–पशुपति । कि जाने शङ्कराचार्यले जीवनको रहस्य कि जाने सिग्मन्ड फ्रायडले । लिङ्ग दर्शन संसारको उच्चातिउच्च दर्शन हो । के हरेक मनुष्य यौनमूर्ति होइन ? पर्दाभित्र आत्मा भनेकै त्यही हो । जीवन संवर्द्धनको क्रियाको