Page:Champa.pdf/40: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
मसँग कुरा गरिरहनको | मसँग कुरा गरिरहनको सल्लाहनियताउपर चिन्तित छन् ।" | ||
यी विचारले चम्पा तुरुन्त ढोकाको | यी विचारले चम्पा तुरुन्त ढोकाको फग्ल्याँटो उघारेर खरुक्क | ||
बाहिर निस्किहालिन्, जस्तो ती | बाहिर निस्किहालिन्, जस्तो ती युवतीहरु गर्दछन् जो स्वामीलाई | ||
कहिलेकहिले निराश पार्न या कज्याउन चाहन्छन् । | |||
"ए ! ए | "ए ! ए चम्पा !" सचेत रामकान्तले गालीको टोनले बोलाए– | ||
मानौँ टेबिलको मसलदार तरुवा माछो टिपेर हिँडेको बिरालोलाई | |||
हप्काएझैँ | हप्काएझैँ, तब उनी फेरि गौडदार बने । | ||
बैँस | "बैँस मीठो मूर्ति हुन्छ । सौन्दर्य एक विचित्र गुण हो । | ||
तर मेरो अवस्था खराब छ । | तर मेरो अवस्था खराब छ । हुनत आमाले भन्नुभएको कुरा | ||
बेमुनासीब | बेमुनासीब होइन— ब्रह्मचर्यपालन । त्यसैमा ऋषिमुनि र धर्मको | ||
जोड छ । तर, तर ती चम्पा | जोड छ । तर, तर ती चम्पा त्यति राम्री, त्यति सुकुमारी, त्यति फुकेकी, | ||
फुलेकी, त्यति ललित र त्यति लाल । | फुलेकी, त्यति ललित र त्यति लाल । मानौं उनको पुष्पसदृश विकासमा | ||
केवल माहुरी र भँवराको | केवल माहुरी र भँवराको खोजको सिवाय नक्कलझक्कल नै थिएन । | ||
पोशाक उनको सँगी थियो । राम्रो हुनु धर्म, शृङ्गार उनको कला, | |||
आकर्षण उनको जीवन । | आकर्षण उनको जीवन । मानौँ प्रत्येक स्नायु रमरमाएर बोल्दथ्यो, | ||
जीवन ! | "जीवन ! जीवन ! प्रेममय जीवन !" | ||
यदि उनी मरेका भए ? बिलकुल सिलटिम्मुर खाएका भए ? | यदि उनी मरेका भए ? बिलकुल सिलटिम्मुर खाएका भए ? त्यस | ||
बेलासम्म चम्पा सेती, मैली, गोधूलि र आँशुकी तारा हुँदी हुन् । | |||
उनलाई इन्द्रेणीका सातै रङ्गले त्याग गर्दथे । रातोको हत्यारो | |||
मिठास– मारूँ, मारूँ नीलोको मधुर त्रासको गाढापन, पहेँलोको | |||
धनी | धनी वासन्तिकता, इत्यादि, इत्यादि शृङ्गार जो स्त्रीको आत्मा थियो उनीबाट | ||
दूर रहन्थे । उनी | दूर रहन्थे । उनी अर्धमुर्दा भएर आफ्नो बैँसलाई गिज्याएर | ||
निन्याउरिन्थिन् । तिनका मुगा सिसा हुँदै खिया लाग्दै जान्थे । तिनका | निन्याउरिन्थिन् । तिनका मुगा सिसा हुँदै खिया लाग्दै जान्थे । तिनका | ||
आँखा निराशले झुक्दथे । तिनका | आँखा निराशले झुक्दथे । तिनका मुन्डाहरु मरेका नागिनीझैँ अजीव | ||
रहन्थे । तिनमा केवल बिजोगको चिसो जिउँदो मर्दो मूर्ति | रहन्थे । तिनमा केवल बिजोगको चिसो जिउँदो मर्दो मूर्ति | ||
संसारलाई | संसारलाई गिज्याउँन खडा रहन्थ्यो । | ||
उनले जीवन पुनः प्राप्त गरेका थिए । सुन्दरी चम्पा फेरि | उनले जीवन पुनः प्राप्त गरेका थिए । सुन्दरी चम्पा फेरि | ||
बाँचेर फुल्न लागेकी थिइन् तर यस प्रफुल्लतामा उनी | बाँचेर फुल्न लागेकी थिइन् । तर यस प्रफुल्लतामा उनी आफूका | ||
निम्ति एक महान् प्रहसन थियो । खै | निम्ति एक महान् प्रहसन थियो । खै तिम्रो पुरुषार्थ ? खै तिम्रो | ||
योग्यता, त्यस | योग्यता, त्यस कर्मको लागि जो प्रजननको पवित्र तथा अविरल कर्मको |
Latest revision as of 10:14, 20 June 2025
मसँग कुरा गरिरहनको सल्लाहनियताउपर चिन्तित छन् ।"
यी विचारले चम्पा तुरुन्त ढोकाको फग्ल्याँटो उघारेर खरुक्क बाहिर निस्किहालिन्, जस्तो ती युवतीहरु गर्दछन् जो स्वामीलाई कहिलेकहिले निराश पार्न या कज्याउन चाहन्छन् ।
"ए ! ए चम्पा !" सचेत रामकान्तले गालीको टोनले बोलाए– मानौँ टेबिलको मसलदार तरुवा माछो टिपेर हिँडेको बिरालोलाई हप्काएझैँ, तब उनी फेरि गौडदार बने ।
"बैँस मीठो मूर्ति हुन्छ । सौन्दर्य एक विचित्र गुण हो । तर मेरो अवस्था खराब छ । हुनत आमाले भन्नुभएको कुरा बेमुनासीब होइन— ब्रह्मचर्यपालन । त्यसैमा ऋषिमुनि र धर्मको जोड छ । तर, तर ती चम्पा त्यति राम्री, त्यति सुकुमारी, त्यति फुकेकी, फुलेकी, त्यति ललित र त्यति लाल । मानौं उनको पुष्पसदृश विकासमा केवल माहुरी र भँवराको खोजको सिवाय नक्कलझक्कल नै थिएन । पोशाक उनको सँगी थियो । राम्रो हुनु धर्म, शृङ्गार उनको कला, आकर्षण उनको जीवन । मानौँ प्रत्येक स्नायु रमरमाएर बोल्दथ्यो, "जीवन ! जीवन ! प्रेममय जीवन !"
यदि उनी मरेका भए ? बिलकुल सिलटिम्मुर खाएका भए ? त्यस बेलासम्म चम्पा सेती, मैली, गोधूलि र आँशुकी तारा हुँदी हुन् । उनलाई इन्द्रेणीका सातै रङ्गले त्याग गर्दथे । रातोको हत्यारो मिठास– मारूँ, मारूँ नीलोको मधुर त्रासको गाढापन, पहेँलोको धनी वासन्तिकता, इत्यादि, इत्यादि शृङ्गार जो स्त्रीको आत्मा थियो उनीबाट दूर रहन्थे । उनी अर्धमुर्दा भएर आफ्नो बैँसलाई गिज्याएर निन्याउरिन्थिन् । तिनका मुगा सिसा हुँदै खिया लाग्दै जान्थे । तिनका आँखा निराशले झुक्दथे । तिनका मुन्डाहरु मरेका नागिनीझैँ अजीव रहन्थे । तिनमा केवल बिजोगको चिसो जिउँदो मर्दो मूर्ति संसारलाई गिज्याउँन खडा रहन्थ्यो ।
उनले जीवन पुनः प्राप्त गरेका थिए । सुन्दरी चम्पा फेरि बाँचेर फुल्न लागेकी थिइन् । तर यस प्रफुल्लतामा उनी आफूका निम्ति एक महान् प्रहसन थियो । खै तिम्रो पुरुषार्थ ? खै तिम्रो योग्यता, त्यस कर्मको लागि जो प्रजननको पवित्र तथा अविरल कर्मको