Jump to content

Page:Champa.pdf/39: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "छलछाम लुकाउन कोसिसले गरेको अप्रकृतिक स्वामीजीको सामुन्ने छाइरहेको थियो । चम्पा बिलकुल लाटीजस्तो भएर, खसक्क परेर, पतिदेवको अगाडि जमिनमा आँखा झुकाएर रहिन् । उनको मनको मुटुले समाल..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
छलछाम लुकाउन कोसिसले गरेको अप्रकृतिक स्वामीजीको सामुन्ने छाइरहेको थियो ।
छलछाम लुकाउनको कोशिशसले गरेको अप्राकृतता स्वामीजीको  
सामुन्ने छाइरहेको थियो ।


चम्पा बिलकुल लाटीजस्तो भएर, खसक्क परेर, पतिदेवको अगाडि जमिनमा आँखा झुकाएर रहिन् ।
चम्पा बिलकुल लाटीजस्ती भएर, खसक्क परेर, पतिदेवको अगाडि  
जमिनमा आँखा झुकाएर खडा रहिन् ।


उनको मनको मुटुले समालोचना गरिरहेको थियो जस्तो रोबर्ट मन्टगोमेरीको समालोचना लार्ड मेकालेले गरेका छन् तर उनी बाहिरबाट खुसुक्क परेर परिस्थितिको श्रेष्ठतालाई मान्य सम्झी उद्योगमा खडा रहेकी थिइन् । स्वामीजीले पोसाक राखे । उनको हातबाट एक, एक पोसाकका थान उनले पक्रँदै उचित ठाउँ मेचमा खुटीमा तन्दुरुस्त राखिदिइन् । तब अब आफ्नो बढ्ता काम या सेवाको आवश्यकीयता होवैन होला भनेजस्तो प्रश्नात्मक ढाँचाले द्वारको पलेँटातर्फ अधराजी पयर चालेजस्तो देखिइन् ।
उनको मनको मुटुले समालोचना गरिरहेको थियो जस्तो  
‌‌रोबर्ट मन्टगोमेरीको समालोचना लार्ड मेकालेले गरेका छन्
तर उनी बाहिरबाट खुसुक्क परेर परिस्थितिको श्रेष्ठतालाई मान्य सम्झी  
उद्योगमा खडा रहेकी थिइन् । स्वामीजीले पोशाक राखे । उनको  
हातबाट एक, एक पोशाकका थान उनले पक्रँदै उचित ठाउँ मेचमा,
खुट्टीमा तन्दुरुस्त राखिदिइन् । तब आफ्नो बढ्ता काम या सेवाको  
आवश्यकीयता होवैन होला भनेजस्तो प्रश्नात्मक ढाँचाले द्वारको  
पलेँटातर्फ अधराजी पयर चालेजस्तो देखिइन् ।


जान लागेको देखेर रामकान्तले भने, "चम्पा ! किन ? कहाँ जान लाग्या ? बस न एकछिन । मसँग रिसाएर को कि ? किन ? आज केही पनि नबोलेकी "
जान लागेको देखेर रामकान्तले भने, "चम्पा ! किन ? कहाँ  
जान लाग्या ? बस न एकछिन । मसँग रिसाएर हो कि ? किन आज केही  
पनि नबोलेकी ?"


चम्पाले फर्केर मसिनो स्वरले भनिन्- "नबोल्दा त यस्तो छ अर्कालाई । म जाउँ क्यार !"
चम्पाले फर्केर मसिनो स्वरले भनिन्, "नबोल्दा त यस्तो छ  
आर्कालाई । म जाऊँ क्यार !"


रामकान्तले आफ्नो पत्नीको सौन्दर्य र शीलको मनमन प्रशस्त कदर गरिरहेका थिए । चम्पा यस्तो निर्दोष, यति सुन्दरी, यति बेकसुर बाला छिन् । के यिनी कोहीभन्दा कम छिन् त ? ठकुरीकी छोरी भन्नु मात्र हो मेरो आदर्श च्यान्टा भए पनि यिनी कमसे कम उच्च सौन्दर्य विशेषज्ञको आदर्श मूर्ति छन् । मेरो आर्दशमा मेरै च्यान्टावनाको प्रभाव अड्ढित छ । यो उनको भूल होइन । तर टी.बी. ………. हा ! पाहुना टी.बी. …….. तँ मेरो सर्वस्व खान आएर कर-बल आतिथ्यको उपदेश दिइरहिछस् । अब त मैले तेरोउपर विजय प्राप्त गरेँ । तँ मलाई अब मार्न सक्तैनस् ।
रामकान्तले आफ्नी पत्नीको सौन्दर्य र शीलको मनमन प्रशस्त  
कदर गरिरहेका थिए— "निर्दोष, यति सुन्दरी, यति बेकसूरवाला छिन्  
! ठकुरीकी छोरी भन्नु मात्र हो, मेरो आदर्श च्यान्टा भए पनि यिनी  
कमसेकम उच्च सौन्दर्य हुन सक्ने मूर्ति छिन् । मेरो आदर्शमा
मेरै च्यान्टापनाको प्रभाव अङ्कित छ । यो उनको भूल होइन । तर  
टि.बी. हो पाहुना । टि.बी. ! तँ मेरो सर्वस्व खान आएर करबल
आतिथ्यको उपदेश दिइरहिछस् । अब त मैले तेरो उपर विजय  
प्राप्त गरेँ । तँ मलाई अब मार्न सक्तैनस् ।"


उनको तरङ्गका मूक क्षणमा चम्पादेवीले खुब तिखो नजर लगाइन् । उनले अपलक अभ्यस्त आँखाले पुरुषको चेहरा जाँचेर मुखरेखाको अन्तर्भाव खुब पढ्न खोजिन् । उनले सम्झिन्- यी पुरुष चिन्तनशील छन् आज- सायद आफ्नो बिरामीको विषयमा सायद उनलाई आमा चिढ्याउन देखि डर लागिरहेछ । सायद उनी मलाई यहाँ राखेर
उनका तरङ्गका मूक क्षणमा चम्पादेवीले खूब तीखो नजर  
लगाइन् । उनले अपलक अभ्यस्त आँखाले पुरुषको चेहरा जाँचेर  
मुखरेखाले अन्तर्भाव खूब पढ्न खोजिन् । उनले सम्झिन्— "यी  
पुरुष चिन्तनशील छन् आज सायद आफ्नो बिमारीको विषयमा सायद उनलाई  
आमा चिढ्याउनदेखि डर लागिरहेछ । सायद उनी मलाई यहाँ राखेर

Latest revision as of 10:09, 20 June 2025

This page has been proofread

छलछाम लुकाउनको कोशिशसले गरेको अप्राकृतता स्वामीजीको सामुन्ने छाइरहेको थियो ।

चम्पा बिलकुल लाटीजस्ती भएर, खसक्क परेर, पतिदेवको अगाडि जमिनमा आँखा झुकाएर खडा रहिन् ।

उनको मनको मुटुले समालोचना गरिरहेको थियो जस्तो ‌‌रोबर्ट मन्टगोमेरीको समालोचना लार्ड मेकालेले गरेका छन् । तर उनी बाहिरबाट खुसुक्क परेर परिस्थितिको श्रेष्ठतालाई मान्य सम्झी उद्योगमा खडा रहेकी थिइन् । स्वामीजीले पोशाक राखे । उनको हातबाट एक, एक पोशाकका थान उनले पक्रँदै उचित ठाउँ मेचमा, खुट्टीमा तन्दुरुस्त राखिदिइन् । तब आफ्नो बढ्ता काम या सेवाको आवश्यकीयता होवैन होला भनेजस्तो प्रश्नात्मक ढाँचाले द्वारको पलेँटातर्फ अधराजी पयर चालेजस्तो देखिइन् ।

जान लागेको देखेर रामकान्तले भने, "चम्पा ! किन ? कहाँ जान लाग्या ? बस न एकछिन । मसँग रिसाएर हो कि ? किन आज केही पनि नबोलेकी ?"

चम्पाले फर्केर मसिनो स्वरले भनिन्, "नबोल्दा त यस्तो छ आर्कालाई । म जाऊँ क्यार !"

रामकान्तले आफ्नी पत्नीको सौन्दर्य र शीलको मनमन प्रशस्त कदर गरिरहेका थिए— "निर्दोष, यति सुन्दरी, यति बेकसूरवाला छिन् त ! ठकुरीकी छोरी भन्नु मात्र हो, मेरो आदर्श च्यान्टा भए पनि यिनी कमसेकम उच्च सौन्दर्य हुन सक्ने मूर्ति छिन् । मेरो आदर्शमा मेरै च्यान्टापनाको प्रभाव अङ्कित छ । यो उनको भूल होइन । तर टि.बी. हो पाहुना । टि.बी. ! तँ मेरो सर्वस्व खान आएर करबल आतिथ्यको उपदेश दिइरहिछस् । अब त मैले तेरो उपर विजय प्राप्त गरेँ । तँ मलाई अब मार्न सक्तैनस् ।"

उनका तरङ्गका मूक क्षणमा चम्पादेवीले खूब तीखो नजर लगाइन् । उनले अपलक अभ्यस्त आँखाले पुरुषको चेहरा जाँचेर मुखरेखाले अन्तर्भाव खूब पढ्न खोजिन् । उनले सम्झिन्— "यी पुरुष चिन्तनशील छन् आज सायद आफ्नो बिमारीको विषयमा सायद उनलाई आमा चिढ्याउनदेखि डर लागिरहेछ । सायद उनी मलाई यहाँ राखेर