Page:Shakuntala.pdf/19: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
हँसीलो चाला ती जलधितिर पाषाणपथमा । | हँसीलो चाला ती जलधितिर पाषाणपथमा । | ||
कुरा मीठो गर्दै रविकिरण टिप्दै प्रगतिमा ॥ | ::कुरा मीठो गर्दै रविकिरण टिप्दै प्रगतिमा ॥ | ||
भजी पारावाराप्रकृतिकन भन्दी 'चल चल' । | भजी पारावाराप्रकृतिकन भन्दी 'चल चल' । | ||
थिइन् | ::थिइन् बास्ना फुल्दी मुनिमन-लतातुल्य असल॥ | ||
( | {{pcn|(२३)}} | ||
त्यहाँ | |||
लिई निद्रा मीठो कलकल कुराका महलमा ॥ | त्यहाँ सुत्थे सुन्दै चिरसमय पाषाणपथमा । | ||
::लिई निद्रा मीठो कलकल कुराका महलमा ॥ | |||
त्यसै | त्यहाँ 'धानी' भयाउ च्यवन ऋषिकाे झै छ गहना । | ||
(२४) | ::त्यसै भुल्थे आफ्नो परुषपन ती झङ्क्रित बनी॥ | ||
{{pcn|(२४)}} | |||
हजारौं बन्थे ती कति झलक खेली वरिपरि ॥ | |||
सधैँ झल्कन्थे ती दिनकर त्यहाँ ईश्वरसरी । | |||
::हजारौं बन्थे ती कति झलक खेली वरिपरि ॥ | |||
अँध्यारै ओर्लेमा जगतभर ताराहरु झरी । | अँध्यारै ओर्लेमा जगतभर ताराहरु झरी । | ||
सधैं स्वर्गै खेल्थ्यो हृदयतलमा कल्कल गरी ॥ | ::सधैं स्वर्गै खेल्थ्यो हृदयतलमा कल्कल गरी ॥ | ||
(२५) | {{pcn|(२५)}} | ||
सुधा | |||
सुधा झर्थ्यो मीठो शशिवदनको शीतलतम । | |||
सुषुम्ना | ::हवा सुत्थ्याे पातै पनि अचल बन्दै हरदम ॥ | ||
बने जस्तै चल्थ्यो परतिर महाशून्य तल त्यो॥ | सुषुम्ना झैं बाङ्गो जलपथ कुनै नागरमणि । | ||
(२६ | ::बने जस्तै चल्थ्यो परतिर महाशून्य तल त्यो॥ | ||
{{pcn|(२६)}} | |||
पुगी बग्दै टाढा कठिन पथमा शोणितनदी । | पुगी बग्दै टाढा कठिन पथमा शोणितनदी । | ||
नदी देखी भज्दी खुश दिल बनी | ::नदी देखी भज्दी खुश दिल बनी ब्रह्मजलधि | ||
दुवै आँखा चिम्ली | दुवै आँखा चिम्ली दिवस र निशातुल्य सुचिर । | ||
बसे ध्यानी राजा सुरपुर गराई थरहर ॥ | ::बसे ध्यानी राजा सुरपुर गराई थरहर ॥ | ||
(२७) | {{pcn|(२७)}} | ||
न हिल्थ्यो यौटा रौं अणु अणु थिए शान्त अचल । | न हिल्थ्यो यौटा रौं अणु अणु थिए शान्त अचल । | ||
::पलेँटी मार्थे ती तरूमनि चुनी शीतल थल ॥ | |||
दुवै आँखा फर्की युगल-भृकुटी-केन्द्र छविमा । | |||
उदाएका देख्छन् शशिवदन पीयूष-करमा ॥ | ::उदाएका देख्छन् शशिवदन पीयूष-करमा ॥ | ||
( | {{pcn|(२८)}} | ||
</poem>}} |
Latest revision as of 08:46, 20 June 2025
हँसीलो चाला ती जलधितिर पाषाणपथमा ।
कुरा मीठो गर्दै रविकिरण टिप्दै प्रगतिमा ॥
भजी पारावाराप्रकृतिकन भन्दी 'चल चल' ।
थिइन् बास्ना फुल्दी मुनिमन-लतातुल्य असल॥
(२३)
त्यहाँ सुत्थे सुन्दै चिरसमय पाषाणपथमा ।
लिई निद्रा मीठो कलकल कुराका महलमा ॥
त्यहाँ 'धानी' भयाउ च्यवन ऋषिकाे झै छ गहना ।
त्यसै भुल्थे आफ्नो परुषपन ती झङ्क्रित बनी॥
(२४)
सधैँ झल्कन्थे ती दिनकर त्यहाँ ईश्वरसरी ।
हजारौं बन्थे ती कति झलक खेली वरिपरि ॥
अँध्यारै ओर्लेमा जगतभर ताराहरु झरी ।
सधैं स्वर्गै खेल्थ्यो हृदयतलमा कल्कल गरी ॥
(२५)
सुधा झर्थ्यो मीठो शशिवदनको शीतलतम ।
हवा सुत्थ्याे पातै पनि अचल बन्दै हरदम ॥
सुषुम्ना झैं बाङ्गो जलपथ कुनै नागरमणि ।
बने जस्तै चल्थ्यो परतिर महाशून्य तल त्यो॥
(२६)
पुगी बग्दै टाढा कठिन पथमा शोणितनदी ।
नदी देखी भज्दी खुश दिल बनी ब्रह्मजलधि
दुवै आँखा चिम्ली दिवस र निशातुल्य सुचिर ।
बसे ध्यानी राजा सुरपुर गराई थरहर ॥
(२७)
न हिल्थ्यो यौटा रौं अणु अणु थिए शान्त अचल ।
पलेँटी मार्थे ती तरूमनि चुनी शीतल थल ॥
दुवै आँखा फर्की युगल-भृकुटी-केन्द्र छविमा ।
उदाएका देख्छन् शशिवदन पीयूष-करमा ॥
(२८)