Page:Tarun tapasi.pdf/79: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
अँध्यारा पैसाको अति जटिल जालोबिच परी | अँध्यारा पैसाको अति जटिल जालोबिच परी | ||
::झिँगा | ::झिँगा झैँ संसारी मनुज बिचरा भुन्भुन गरी । | ||
मडारिन्छन्, रुन्छन् हरसमय गर्छन् छटपटी | मडारिन्छन्, रुन्छन् हरसमय गर्छन् छटपटी | ||
::कठै के फुत्कन्थे तर सब तिनी प्राण नछुटी ? | ::कठै ! के फुत्कन्थे तर सब तिनी प्राण नछुटी ? | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
विषालू पैसाको विकट बढदो व्याधि सरुवा | विषालू पैसाको विकट बढदो व्याधि सरुवा | ||
::छिटो सर्दासर्दै भुवनभर सल्कन्छ मरुवा । | ::छिटो सर्दासर्दै भुवनभर सल्कन्छ मरुवा । | ||
बगैँचा ब्रह्माको सब सहज खङ्गार नगरी | |||
::कठै तेसै जाला कठिनतम यो व्याधि कसरी ? | ::कठै ! तेसै जाला कठिनतम यो व्याधि कसरी ? | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
कडा जोशी, दोषी, तमक, हठ वा | कडा जोशी, दोषी, तमक, हठ वा गर्व-गुरुता | ||
::अहन्ताको आडम्बर, भडकिलो, दम्भ, कटुता । | ::अहन्ताको आडम्बर, भडकिलो, दम्भ, कटुता । | ||
सबै हो यै पैसामय जहरको ग्याँस ननिको | सबै हो यै पैसामय जहरको ग्याँस ननिको | ||
:: | ::हर्यो जस्ले सारै सकल सहसा मर्त्य-जुनिको ॥ | ||
{{pcn|३०}} | {{pcn|३०}} | ||
सदा यै पैसाले कठिन हिमले पङ्कज सरी | सदा यै पैसाले कठिन हिमले पङ्कज सरी | ||
::थिची दैवी सम्पद् | ::थिची दैवी सम्पद् गुण-मधुरिमा सोत्तर गरी । | ||
लतारेको देख्दा अब भुवन भो सङ्कटमय | लतारेको देख्दा अब भुवन भो सङ्कटमय | ||
::भनी बाधा मानी हरबखत यो रुन्छ हृदय ॥ | ::भनी बाधा मानी हरबखत यो रुन्छ हृदय ॥ | ||
Line 28: | Line 28: | ||
भनून् अन्धा लोभी मनुजहरु पैसाकन धन | भनून् अन्धा लोभी मनुजहरु पैसाकन धन | ||
::म सम्झन्छू शा(सा)पै कुटिल विधिको त्यो सनिधन । | ::म सम्झन्छू शा(सा)पै कुटिल विधिको त्यो सनिधन । | ||
कठै जस्का लागी अबुझ दुनियाँ लाखन थरी | कठै ! जस्का लागी अबुझ दुनियाँ लाखन थरी | ||
::विपद् भोगी झुक्छन् हल न चल भै जीवनभरी ॥ | ::विपद् भोगी झुक्छन् हल न चल भै जीवनभरी ॥ | ||
{{pcn|३२}} | {{pcn|३२}} | ||
इनै पैसा उम्ली तमकसित शस्त्राऽस्त्रहरुको | इनै पैसा उम्ली तमकसित शस्त्राऽस्त्रहरुको | ||
::झिकी तीखो जिभ्रो जुग जुग कठै जीवहरुको । | ::झिकी तीखो जिभ्रो जुग जुग कठै ! जीवहरुको । | ||
गला काटी तातो रगतकन चाटी लपलपी | गला काटी तातो रगतकन चाटी लपलपी | ||
::अकालैमा कालाऽनल विकट फुक्छन् धपधपी ॥ | ::अकालैमा कालाऽनल विकट फुक्छन् धपधपी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:57, 15 June 2025
२७
अँध्यारा पैसाको अति जटिल जालोबिच परी
झिँगा झैँ संसारी मनुज बिचरा भुन्भुन गरी ।
मडारिन्छन्, रुन्छन् हरसमय गर्छन् छटपटी
कठै ! के फुत्कन्थे तर सब तिनी प्राण नछुटी ?
२८
विषालू पैसाको विकट बढदो व्याधि सरुवा
छिटो सर्दासर्दै भुवनभर सल्कन्छ मरुवा ।
बगैँचा ब्रह्माको सब सहज खङ्गार नगरी
कठै ! तेसै जाला कठिनतम यो व्याधि कसरी ?
२९
कडा जोशी, दोषी, तमक, हठ वा गर्व-गुरुता
अहन्ताको आडम्बर, भडकिलो, दम्भ, कटुता ।
सबै हो यै पैसामय जहरको ग्याँस ननिको
हर्यो जस्ले सारै सकल सहसा मर्त्य-जुनिको ॥
३०
सदा यै पैसाले कठिन हिमले पङ्कज सरी
थिची दैवी सम्पद् गुण-मधुरिमा सोत्तर गरी ।
लतारेको देख्दा अब भुवन भो सङ्कटमय
भनी बाधा मानी हरबखत यो रुन्छ हृदय ॥
३१
भनून् अन्धा लोभी मनुजहरु पैसाकन धन
म सम्झन्छू शा(सा)पै कुटिल विधिको त्यो सनिधन ।
कठै ! जस्का लागी अबुझ दुनियाँ लाखन थरी
विपद् भोगी झुक्छन् हल न चल भै जीवनभरी ॥
३२
इनै पैसा उम्ली तमकसित शस्त्राऽस्त्रहरुको
झिकी तीखो जिभ्रो जुग जुग कठै ! जीवहरुको ।
गला काटी तातो रगतकन चाटी लपलपी
अकालैमा कालाऽनल विकट फुक्छन् धपधपी ॥