Page:Tarun tapasi.pdf/78: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
अँध्यारा पैसाको जति जति बढ्यो | अँध्यारा पैसाको जति जति बढ्यो सञ्चय-कला | ||
:: | ::जगत्मा निर्धाको उति उति कठै ! शुक्दछ गला । | ||
बिकून् छोराछोरी, स्वयमपि बनोस् दास बिचरो | बिकून् छोराछोरी, स्वयमपि बनोस् दास बिचरो | ||
::कठै कल्ले देख्ने उस अबुझको दर्द गहिरो ? | ::कठै ! कल्ले देख्ने उस अबुझको दर्द गहिरो ? | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
विधाताले कैले ? किन ? कसरि ? कस्तो कुदिनमा ? | विधाताले कैले ? किन ? कसरि ? कस्तो कुदिनमा ? | ||
::विषालू पैसाको अभिरुचि वृथा | ::विषालू पैसाको अभिरुचि वृथा मर्त्य-मनमा । | ||
भर्यो होला कोलाहल कलहको जागृति गरी | |||
::बन्यो जस्ले गर्दा मनुज बिचरो दानव सरी ॥ | ::बन्यो जस्ले गर्दा मनुज बिचरो दानव सरी ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
बिरामी लोभिन्छन् कुमतिवश जस्तो कुपथमा | बिरामी लोभिन्छन् कुमतिवश जस्तो कुपथमा | ||
::दुरुस्तै त्यै ढाँचासित मनुज ती | ::दुरुस्तै त्यै ढाँचासित मनुज ती भ्रान्ति-पथमा । | ||
भुलेको देख्नाले हरबखत पैसाकन जपी | भुलेको देख्नाले हरबखत पैसाकन जपी | ||
::कठै आँशू मेरा पनि चुहुन थाले तपतपी ॥ | ::कठै ! आँशू मेरा पनि चुहुन थाले तपतपी ॥ | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
मुटूमा पैसाको प्रबल | मुटूमा पैसाको प्रबल मुहुनी-मन्त्र ननिको | ||
::गड्यो जस्को, उस्को सनक अति सन्कन्छ मनको । | ::गड्यो जस्को, उस्को सनक अति सन्कन्छ मनको । | ||
न ता | न ता दायाँ-बायाँ, न तलतिर त्यो हेर्दछ रति | ||
::कठै त्यो के देख्थ्यो उस कलुषको दुष्परिणति ? | ::कठै ! त्यो के देख्थ्यो उस कलुषको दुष्परिणति ? | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
कुनै भोका शोकाऽऽकुल विकल काकाकुल सरी | कुनै भोका शोकाऽऽकुल विकल काकाकुल सरी | ||
::कुनै | ::कुनै पोकै-पोका लिइ सयल गर्ने जुनिभरी । | ||
अहो कत्रो | अहो ! कत्रो पैसा-जनित जनमा यो विषमता ? | ||
::यसैमा टिक्ला के जुग जुग कठै यो मनुजता ? | ::यसैमा टिक्ला के जुग जुग कठै ! यो मनुजता ? | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
बली, बाठा, टाठा, मनुजहरु | बली, बाठा, टाठा, मनुजहरु चातुर्य-दहमा | ||
::जमाई अर्काका गरम पसिना भित्रि तहमा । | ::जमाई अर्काका गरम पसिना भित्रि तहमा । | ||
डुबी गोता लिन्छन् अबुझहरु गोताकन खपी | डुबी गोता लिन्छन् अबुझहरु गोताकन खपी |
Latest revision as of 14:54, 15 June 2025
२१
अँध्यारा पैसाको जति जति बढ्यो सञ्चय-कला
जगत्मा निर्धाको उति उति कठै ! शुक्दछ गला ।
बिकून् छोराछोरी, स्वयमपि बनोस् दास बिचरो
कठै ! कल्ले देख्ने उस अबुझको दर्द गहिरो ?
२२
विधाताले कैले ? किन ? कसरि ? कस्तो कुदिनमा ?
विषालू पैसाको अभिरुचि वृथा मर्त्य-मनमा ।
भर्यो होला कोलाहल कलहको जागृति गरी
बन्यो जस्ले गर्दा मनुज बिचरो दानव सरी ॥
२३
बिरामी लोभिन्छन् कुमतिवश जस्तो कुपथमा
दुरुस्तै त्यै ढाँचासित मनुज ती भ्रान्ति-पथमा ।
भुलेको देख्नाले हरबखत पैसाकन जपी
कठै ! आँशू मेरा पनि चुहुन थाले तपतपी ॥
२४
मुटूमा पैसाको प्रबल मुहुनी-मन्त्र ननिको
गड्यो जस्को, उस्को सनक अति सन्कन्छ मनको ।
न ता दायाँ-बायाँ, न तलतिर त्यो हेर्दछ रति
कठै ! त्यो के देख्थ्यो उस कलुषको दुष्परिणति ?
२५
कुनै भोका शोकाऽऽकुल विकल काकाकुल सरी
कुनै पोकै-पोका लिइ सयल गर्ने जुनिभरी ।
अहो ! कत्रो पैसा-जनित जनमा यो विषमता ?
यसैमा टिक्ला के जुग जुग कठै ! यो मनुजता ?
२६
बली, बाठा, टाठा, मनुजहरु चातुर्य-दहमा
जमाई अर्काका गरम पसिना भित्रि तहमा ।
डुबी गोता लिन्छन् अबुझहरु गोताकन खपी
क्षुधाको ज्वालामा जनमभर जल्छन् धपधपी ॥