Page:Tarun tapasi.pdf/72: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
न जाने मौरी वा मनुज कुन हो | न जाने मौरी वा मनुज कुन हो सञ्चय-गुरु ? | ||
:: | ::गर्यो होला दुःखी मुफत किन यो झन्झट शुरु ? | ||
यही सत्यानाशी कठिन सरुवा | यही सत्यानाशी कठिन सरुवा रोग-वश भै | ||
::सडेका छन् | ::सडेका छन् लाखौँ विकल बिचरा मानिस सबै ॥ | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
अहो कस्तो प्यारो अधम सरुवा व्याधि इनको | अहो ! कस्तो प्यारो अधम सरुवा व्याधि इनको | ||
::छुट्यो जस्ले गर्दा स्मरण मनमा | ::छुट्यो जस्ले गर्दा स्मरण मनमा रात-दिनको । | ||
जती जम्बा गर्छन् उति उति इनैको अवनति | जती जम्बा गर्छन् उति उति इनैको अवनति | ||
::कठै छुट्दा चोला नियतिवश होला कुन गति ? | ::कठै ! छुट्दा चोला नियतिवश होला कुन गति ? | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
यही अन्धो लोभी | यही अन्धो लोभी मनुज-पशुबाटै बढि बढी | ||
::वृथा जम्बा गर्ने नरकमय विद्याकन पढी । | ::वृथा जम्बा गर्ने नरकमय विद्याकन पढी । | ||
अत्यासैमा मूसा जुनिभर अँध्यारो विवरमा | अत्यासैमा मूसा जुनिभर अँध्यारो विवरमा | ||
::गरी | ::गरी चीँ चीँ मर्छन् मनुजहरुकै खेत-घरमा ॥ | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
Line 26: | Line 26: | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
विधाताले | विधाताले लाखौँ अमृतमय दैवी गुण सब | ||
::भरेका छन् जस्को मगजबिच, त्यै मानव अब । | ::भरेका छन् जस्को मगजबिच, त्यै मानव अब । | ||
फसी तृष्णारूपी विकट सुरसाको वदनमा | फसी तृष्णारूपी विकट सुरसाको वदनमा | ||
Line 33: | Line 33: | ||
{{pcn|३०}} | {{pcn|३०}} | ||
यही जम्बा गर्ने अधम सरुवा व्याधि विकट | यही जम्बा गर्ने अधम सरुवा व्याधि विकट | ||
::सरोस् वा सल्कोस् ता जलदबिच वा | ::सरोस् वा सल्कोस् ता जलदबिच वा सूर्य-निकट । | ||
धरित्रीको सारा मधुर रसधारा | धरित्रीको सारा मधुर रसधारा खिँचिकन | ||
::पलामा पार्नेछन् भुवन उनले | ::पलामा पार्नेछन् भुवन उनले भस्म-भवन ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:18, 15 June 2025
२५
न जाने मौरी वा मनुज कुन हो सञ्चय-गुरु ?
गर्यो होला दुःखी मुफत किन यो झन्झट शुरु ?
यही सत्यानाशी कठिन सरुवा रोग-वश भै
सडेका छन् लाखौँ विकल बिचरा मानिस सबै ॥
२६
अहो ! कस्तो प्यारो अधम सरुवा व्याधि इनको
छुट्यो जस्ले गर्दा स्मरण मनमा रात-दिनको ।
जती जम्बा गर्छन् उति उति इनैको अवनति
कठै ! छुट्दा चोला नियतिवश होला कुन गति ?
२७
यही अन्धो लोभी मनुज-पशुबाटै बढि बढी
वृथा जम्बा गर्ने नरकमय विद्याकन पढी ।
अत्यासैमा मूसा जुनिभर अँध्यारो विवरमा
गरी चीँ चीँ मर्छन् मनुजहरुकै खेत-घरमा ॥
२८
ठगी, चोरी, डाँका, हरकिसिमको झेल, बखडा,
कुटामारी, गाली, कपट, कटुता, वैर, झगडा ।
घृणा, ईर्ष्या, हत्याप्रभृति जति छन् दुर्गुण कडा
सबैको मूलैमा अधम सरुवा सञ्चय खडा ॥
२९
विधाताले लाखौँ अमृतमय दैवी गुण सब
भरेका छन् जस्को मगजबिच, त्यै मानव अब ।
फसी तृष्णारूपी विकट सुरसाको वदनमा
गयो देख्दादेख्दै अतिशय नराम्रो पतनमा ॥
३०
यही जम्बा गर्ने अधम सरुवा व्याधि विकट
सरोस् वा सल्कोस् ता जलदबिच वा सूर्य-निकट ।
धरित्रीको सारा मधुर रसधारा खिँचिकन
पलामा पार्नेछन् भुवन उनले भस्म-भवन ॥